युवा ज्यो. सूर्य पौडेल
मेष– पारिवारिक साथ राम्रो प्राप्त, स्वास्थ्यमा नकारात्मक परिवर्तन, आशातीत ठाउँबाट अनपेक्षित व्यवहार ।
बृषः यत्रतत्र ख्याति फैलने, मनमा शान्ति मुहारमा कान्ति, विवादको विषय बनिने सम्भावना उच्च ।
मिथुनः मानसिक अशान्ति, पछाडि बसेर खुट्टा तान्नेहरु आफै पछारिने, थालेका कार्य सफलतान्मुख ।
कर्कटः स्वजनसँगै वैचारिक द्वन्द्व, यात्रामा विध्नबाधा, यत्रतत्र यश कीर्ति बढ्ने ।
सिंहः अर्थलाभसँगै कार्यसिद्धिको योग, स्वजनसँगै मनमुटाव, घरवाहिरको बसाईमा कष्ट ।
कन्याः मानसिक असन्तोष, आरोग्यतामा थप वृद्धि हुने, विवादबाट बच्चु उचित ।
तुलाः सामाजिक स्थानमा बृद्धि, आर्थिक कारोबारमा क्षति हुने, मनमा भने प्रसन्नता नै छाउने ।
वृश्चिकः विश्वासपात्रबाटै घातप्रतिघात, नयाँ कार्यक्षेत्रको लगानी शुभ, मनमा असन्तोष ।
धनुः अनायासै आर्थिक लाभको योग, विश्वासपात्रबाट विश्वासघात हुने, मान सम्मानमा वृद्धि ।
मकरः सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ, आफन्तजनसँग भेटघाट नसोचेको ठाउँमा धननाश ।
कुम्भः व्यापारमा असन्तुलनता, आँटेका कार्य अधुरै रहने, सातान्तमा प्रियजनसँग मिलन ।
मिनः विवादको दलदलमा फसिने, व्यवसायमा नोक्सानी, सोचेका कार्यमा विध्नबाधा ।