बागलुङ, २८ वैशाख- नेपाली काग्रेस बागलुङ नगरपालिकाका मेयर तथा उपमेयरका उम्मेद्वारद्वय बसन्त कुमार श्रेष्ठ र शकुन्तला शर्माको नेतृत्वमा मतदाताको घर—घरमा चुनावी प्रचार अभियानमा व्यस्त रहेका छन । बुधबार वडा ३ को जिपपार्क, धवलागिरीचोक, लोकतान्त्रिक चोक, हल्लनचोक त्यस्तैगरी मुलपानी, ओडारचौर, कुँडुले, मालिका र काप्रेमा घरदैलो अभियान सम्पन्न भएको छ । अभियानका क्रममा मेयर पदका उम्मेद्वार बसन्त कुमार श्रेष्ठले मतदाताको जिज्ञासा तथा सुझावहरु अनुसार समृद्ध बागलुङ नगरपालिका निर्माणका लागि आफ्नो उम्मेद्वारी भएकोले नेपाली काग्रेसको चुनाव चिह्न रुखमा मतदान गरी विजयी गराउन आग्रह गरेका थिए । त्यस्तैगरी उपमेयरका प्रमुख पदका उम्मेद्वार शकुन्तला शर्माले महिलाहरुको प्रगति र आधुनिक नगर निर्माणका लागि आफु र आफ्नो टिमलाई विजयी गराउन आग्रह गरिन ।