काठमाडौं, १६ वैशाख – तीव्र गतिमा अघि बढिरहेको निजी वायुसेवा कम्पनी हिमालय एयरलाईन्सले काठमाडौँ र दुबईबिच आफनो पहिलो प्रत्यक्ष उडान सेवा सफलतापूर्वक सम्पन्न गरेको छ ।
उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट १०ः४० (स्थानिय समय) मा प्रस्थान गरि दुबईको अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थलमा १३ः२५ (स्थानिय समय) मा अवतरण गरेको छ ।
साताको ३ दिन सोमवार, बुधवार र शुक्रवार उडान गर्ने हिमालय एअरलाइन्सले तीन वटा एअरवस ए–३२०–२१४ मध्थे एउटा एयर बस यस मार्गमा सच्चालन गर्ने जनाएको छ । जसमा ८ वटा विजनेस क्लास र १ सय ५० वटा इकोनोमी क्लास नियमित आधारमा विभाजित गरेको छ ।
हिमालय एयरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठले दुबईको दैनिक उडान प्रारम्भ गर्नु हिमालय एयरलाईन्सको लागि एक महत्वपूर्ण उपलब्धि भएको वताए । एयरलाईन्सले मध्य(पूर्व क्षेत्रबाट पर्यटकहको आगमन र बहिगर्मनमा थप बढावा प्रदान गर्ने उनको भनाइ छ । काठमाडौँ-दुबईबीच निरन्तर सेवा प्रदान गर्ने पूर्वनिर्धारित लक्ष्य सफल भएको उनको भनाइ छ ।
उक्त कम्पनीले काठमाडौ-दुबई-काठमाडौकालागि आकर्षक टिकटदर कायम गरेको छ । एअरलाईन्सले फिस्टेल ट्राभल एण्ड टुरिजम एलएलसी दुबईलाई युनार्ईटेड अरव अफ इमिरेट्सका लागि जेनरल सेल्स एजेन्ट छनोट गरेको छ । जेनरल सेल्स एजेन्टका रुपमा यसले एअरलाईन्सको बजार विस्तार, रिजर्भेसन र टिकट सेवाको प्रतिनिधित्व गर्ने जनाइएको छ ।
Previous Articleप्याजको चिया पिउनुको फाइदै फाइदा, यसरी बनाउनुस्
Next Article कविता – आलाप