बागलुङ, १६ वैशाख – तपाईंले आजसम्म साधारण चिया पिउँदै आउनु भएको होला, के तपाईंले प्याजको चियाबारेमा सुन्नु भएको छ ? शायद तपाईंको जवाफ होला छैन ।
आज हामी तपाईंलाई प्याजको चियाका बारेमा जानकारी दिदै छौं । तपाईं आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन चाहनुहुन्छ भने सधैं प्याजको चिया पिउने गर्नुहोस् ।
१. यदी तपाईमा निन्द्र नआउे समस्या छ भने तपाईले प्याजको सेवन गर्नु फाइदाजनक हुन्छ । निन्द्रा नआउने समस्या समाधानको लागि प्याजको चिया अचुक औषधि हो ।
२. प्याजको चियामा फाइटोकेमिकल्स तथा भिटामिन सी भरपूरु मात्रामा पाइन्छ । जसले हाम्रो शरीरमा रोगको प्रतिरोधात्मक क्षमता बढाउँछ ।
३. प्याजको चियामा क्रोमियम नामक तत्व पाइन्छ र यसको सेवनले हामूो शरीररको व्लड शुगर नियन्त्रित रहन्छ । प्याजको चियामा एन्टी इफ्लेमेटरी तत्व पाइन्छ जो हाम्रो शरीरलाई आगोबाट भएको पीडा टाढाँ लाख मद्दत गर्छ । यदी तपाई यस्तो समस्याबाट पीडित हुनुन्छ भने प्याजको चिया सेवन गर्नुहोस् ।
५. प्याजको चिया पिउनाले व्लड कोलेस्ट्रोलको लेभल पनि नियन्त्रित हुन्छ । प्याजको चियामा क्वेरसेटिन नामक तत्व पाइन्छ जसले क्यान्सरबाट टाढा राख्छ ।
प्याजको चियाले पेटमा पाचन प्रक्रियालाई तन्दुरुस्त राखन सहयोग पुग्छ । प्याजको चिया खाना पचाउन पनि प्रभावकारी हुन्छ । प्याजको चियाले हाम्रो शरीरमा व्लड प्रेसर नियन्त्रित गर्छ । खासगरेर उच्च रक्त चाप भएकालाई प्याजको चियाले फाइदा पुग्छ ।
कसरी बनाउने प्याजको चिया
सवैभन्दा पहिला चिया पकाउने भाडोमा पानी हाल्नुस् र केही टुक्रा प्याज राख्नुहोस् । पानीलाई उमाल्नुहोस् र त्यसमा कागतीको रस र ग्रीन टी व्याग हाल्नुहोस् । अब यसलाई छान्नुहोस् र आफ्नो इच्छा अनुसार यसलाई पिउनुहोस् ।
Previous Articleसंशोधन नगर्ने र निर्वाचन एकै चरणमा गर्नुपर्ने एमाले अडान
Next Article हिमालय एयरलाईन्सको दुबई उडान शुरु