वाशिङगटन, ३० चैत – अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई ‘यौनकर्मी’ भनेवापत् बेलायतको डेली मेल अखबारले ३० लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । अखबारले मेलानियाको मोडलिङ करिअरका बारेमा प्रकाशित गरेको लेखमा उनी कुनै समय यौनकर्मी (एस्कर्ट) का रुपमा काम गर्ने गरेको उल्लेख गरिएको थियो ।
गतवर्षको राष्ट्रपति निर्वाचनका बेला प्रकाशित उक्त लेखलाई डेली मेलले पछि हटाएको थियो । उक्त लेख प्रकाशित भएपछि मेलानियाले १५ करोड डलर क्षतिपूर्तिको माग गर्दै गत सेप्टेम्बरमा अदालतमा मुद्धा दायर गरेकी थिइन् । तर, पछि ३० लाख डलरमा सहमति भएको थियो ।
लण्डनस्थित उच्च न्यायालयमा भएको सुनुवाईका क्रममा मेलानियाले अखबारका तर्फबाट मागिएको माफी र क्षतिपूर्तिलाई स्वीकार गरेकी थिइन् ।
अखबारले ‘मेलानियाप्रति लगाइएका आरोप सत्य नभएको’ स्वीकारेको छ । ४६ वर्षीय मेलानिया स्लोभेनियामा जन्मिएकी थिइन् । सन् १९९० मा एक मोडलका रुपमा अमेरिका आएकी उनले सन् २००५ मा डोनाल्ड ट्रम्पसंग बिहे गरेकी थिइन् । बीबीसी
Previous Article‘धौलागिरि अञ्चल’ १२ वर्षपछि भिडियोमा
Next Article भवानी राणाले सार्वजनिक गरिन् महत्वाकांक्षी योजना