काठमाडौं, ३० चैत – नेपाल उद्योग वाणिज्य महासंघकी पहिलो महिला अध्यक्ष भवानी राणाले बुधवार पदवहाली गरेकी छन्। महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले पद तथा गोपनीयताको सपथ खुवाई महासंघको पिन हस्तान्तरण गरेपछि उनले अध्यक्षको पदभार ग्रहण गरिन्।
राणाले महासंघको अध्यक्ष पदको जिम्मेवारी लिदैं गर्दा आफुलाई निकै जिम्मेवारी बोध भएको राणाले बताइन्। ‘५० वर्ष इतिहास बोकेको नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व मैले समाल्न गइरहेको छ। यस्तो जिम्मेवारी काँधमा आउदाँ निकै गम्भीर पनि भएको छु। सबै सदस्य तथा पूर्व अध्यक्षहरुको सल्लाह र सुझाव लिएर काम गर्नेछु,’ राणाले भनिन्।
उनले अध्यक्षको पदबहाली गरेपछि आफ्ना भावी योजना सार्वजनिक गरिन्। सरकारसँग मिलेर सातै प्रदेशमा ग्रिन सिटी निर्माण गर्नेदेखि रोजगारी अभिवृद्धी गर्ने समेतका महत्वाकांक्षासहित उनले आफ्ना योजना सार्वजिनक गरेकी छिन्।
के हुन राणाका योजना ?
निवर्तमान तथा पूर्व अध्यक्षले सुरु गरेका कार्यक्रमहरुलाई निरन्तरता दिने।
युवा जनशक्तिलाई देशभित्र कामको अवसर सिर्जना गर्नुका साथै श्रम अभिवृद्धीका लागि विभिन्न निकायहरुसँग मिलेर ७ वटै प्रदेशमा टेक्निकल स्कुल खोल्ने।
नेपाल-भारत सिमानामा व्यापारिक समस्या समधान गर्नको लागि दुतावाससँगको मिलेर काम गर्ने।
सरकारसँग मिलेर देशका ७ प्रदेशमा स्मार्ट सिटी निर्माण गर्ने। केही महिनामा नै काठमाडौंबाट यो काम सुरु गरिने।
प्रादेशिक अवधारणामा उद्योग वाणिज्य महासंघलाई अघि बढाउने।
नेपाल उद्योग वाणिज्य महासंघ विज्ञ कमीटी गठन गर्ने।
महिला उद्यमशिलता विकासका कार्यक्रम अघि बढाउने।
पूँजीँगत खर्च बृद्धिका लागि सरकारसँग मिलेर विकास निर्माण क्यालेण्डरको बनाउने र त्यही अनुसार काम गर्न गराउन अभियान चाल्ने। सरकारसँगको सहकार्यलाई थप बलियो बनाउने।
जाँदाजाँदै पशुपति मुरारका
नेपाल उद्योग वाणिज्य महासंघमा डेढ वर्षमा अध्यक्षको रुपमा कार्यकाल सम्हालेका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले अध्यक्षको जिम्मेवारी राणालाई सुम्पिएपछि आफुले फुर्सदिलो महसुस गरेको बताए।
छोटो अवधिको कार्यकाल सम्हाल्ने क्रममा उनले लामो समय देखि थाँती रहेको महासंघको विधान संसोधन गरेका थिए। मुरारकाले आफ्नो कार्यसमितिका पदाधिकारी तथा कर्मचारीको सहयोगबाट आफूलाई काम गर्न निकै सहयोग पुगेको बताए।
नेपाल उद्योग वाणिज्य महासंघमा कार्यरत २५ जना कर्मचारीलाई उनले मायाको चिनो छोडेका छन्। तर तीन जना कर्मचारी विदुर लामिछाने, अनुप श्रेष्ठ र प्रिती खड्कालाई भने मञ्चमै बोलाएर मायाको चीनो प्रदान गरे। भवानी राणालाई अध्यक्षको कुर्सी हस्तान्तरण गरेपछि उनले विदाई लिए।
भवानी राणाले सार्वजनिक गरिन् महत्वाकांक्षी योजना
Previous Articleडेली मेलले तिर्ने भो ३० लाख डलर क्षतिपूर्ति
Next Article पार्वतीलाई ‘हे कान्छी’ भन्दै बोलाएपछि ….