कतिले भर्खरै दाम्पत्य जीवन सुरु गरेका छन् । दाम्पत्य जीवनलाई कसरी सुखमय राख्ने वा सफल बनाउने भन्ने कुरामा त ख्याल गरेकै हुन्छन् । तर, बिवाहअघि यौन जीवन वा सुरक्षित यौनको बारेमा पनि जान्नु आवश्यक हुन्छ । अक्सर दम्पती बिवाह लगत्तै नै ‘फेमेली प्लान’ गर्छन्, अर्थात बालबच्चा कति जन्माउने, कहिले जन्माउने भन्ने कुराको तय गर्छन् । त्यसैले यसबेला गर्भनिरोधकको बारेमा पनि जानकारी लिनुपर्छ । किनभने गर्भ रोक्नका लागि अनेकन विधी छन् । त्यसमध्ये कुने पूर्ण सुरक्षित मानिन्छ भने कुनै असुरक्षित पनि । त्यसो त गर्भ निरोधका लागि कन्डोम निकै राम्रो बिकल्प मानिन्छ । यसले महिलाको शरीरमा हर्मोनल परिवर्तन पनि ल्याउँदैन । तर, यो पूर्ण सुरक्षित भने हुँदैन । कहिले कहि कन्डोम फुट्ने भय रहन्छ । सावधानी ः गर्भ निरोधक चक्की महिलाले चिकित्सकको परामर्श बिना नै सेवन गर्न पनि सक्छन् । तर, यसमा उल्लेख गरिएको विधी भने अनुसरण गर्नुपर्ने हुन्छ । यदि कुनै महिला मधुमेह, उच्च रक्तचाप, थाइराइड जस्ता समस्यले ग्रसित छन् भने उनीहरुले आफुखुसी गर्भ निरोधक चक्की सेवन गर्नु हुन्न । त्यसका लागि चिकित्सकको परामर्श आवश्यक हुन्छ । कम्बिनेसन चक्की ः गर्भ रोक्नका लागि धेरैजसो महिला कम्बिनेसन चक्की लिने गर्छन् । यसमा एस्ट्रोजन र प्रोजेस्टेरन हुन्छ, जो फिमेल हर्मोन हो । मिनी पिल्स ः मिनी पिल्समा केवल प्राजेस्टेरन हर्मोन हुन्छ । यसलाई प्रोजेस्टेरन पिल्स पनि भनिन्छ । यसको २८ चक्कीको एउटा प्याक हुन्छ, जसमा २१ दिनको चक्कीमा प्रोजेस्टेरन हर्मोन हुन्छ र बाँकी ७ चक्कीमा कुनै हर्मोन हुँदैन । अहिले त्यो अन्तिम ७ चक्कीमा आइरन हुन्छ, ताकि शरीरमा यसको कमी हुन नपाओस् । इमर्जेन्सी पिल्स ः अनिच्छित गर्भ रहन गएमा यो चक्की प्रयोग गर्न सकिन्छ । यद्यपी यसको प्रभावकारीता लामो समय हुँदैन । यौन सम्र्क गरेको केवल ७२ घण्टाभित्र यो चक्की सेवन गरिसक्नुपर्छ ।
यसैगरी, मासिक श्रावको बेला सबैको निम्ती स्यानिटरी प्याड सहज उपलव्ध हुँदैन । खासगरी शहरी वा सुगम क्षेत्रमा सजिलै पाइएपनि कति ग्रामिण भेगमा यसको अभाव हुन्छ । हुन त स्यानिटरी प्याड सुरक्षित र आरमदायक मानिन्छ । यसको प्रयोग पनि सजिलो एवं छरितो हुन्छ । तर, जहाँ स्यानिटरी प्याडको अभाव हुन्छ, त्यहाँ पुरानो कपडा प्रयोग गर्ने गरिएको छ । पुरानो साडी, बेडकभर आदिलाई प्याडको रुपमा प्रयोग गरिन्छ । के पुरानो कपडाको प्याड प्रयोग गर्नु सहि हो त ? पुरानो कपडाको प्याड बनाएर लगाउँदा अतिरिक्त खर्च हुँदैन । स्यानिटरी प्याड खरिद गर्ने झन्झट पनि हुँदैन । तर, यो स्यानिटरी प्याड जति सजिले र सुरक्षित भने हुँदैन । साथै विभिन्न किसिमको संक्रमणको भय पनि रहन्छ । यद्यपी ढंग पुर्रुयाएर सावधानीपूर्वक प्रयोग गर्ने होभने पुरानो कपडाको प्याड बनाएर प्रयोग गर्दा कुनै हानी हुँदैन । पुरानो कपडाको प्याड बनाएर प्रयोग गर्दा त्यसको सरसफाईमा भने ध्यान दिनुपर्छ । अलि थोरै थोरै समयमा बदलिरहनु पर्छ । पुरानो कपडाको प्याड बनाउने हो भने सूती या कटनको कपडा सहि हुन्छ । यसले प्राइभेट अंगमा हावा आउजाउ गर्न पनि सहज हुन्छ । धेरै पुरानो कपडा भने प्रयोग नगरेकै राम्रो हो । किनभने यसले तपाईलाई एलर्जी हुनसक्छ । कपडाको प्याड धेरैबेर ओसिलो राख्नु हुँदैन । यसले संक्रमणको खतरा बढाउँछ । प्राइभेट अंगका साथै कपडाको सफाईमा ध्यान दिनुपर्छ । कपडाले बनाएको प्याडलाई साबुन, डिर्टजेन्टले राम्ररी धुनुपर्छ । र, घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नुपर्छ । –एजेन्सीको सहयोगमा
Previous Articleयस्तो छ एमालेको समृद्धि र विकासको २५ वर्षे योजना
Next Article खोक्रिएको पञ्चायत र जन्मदै गरेको बहुदल