तुल्सीराम पाण्डे
२००७ सालमा राणा शासन ढलेपछि बहुदल आयो । त्यसबेला जनताको चेतना नभएको वा कम भएको हुनाले बहुदल आयो अरे भन्ने थाहा भएपनि त्यो भनेको के हो कमैलाई मात्र थाहा थियो । पछि विस्तारै चेतना फैलदै गयो र अलि–अलि अधिकारका कुरा पढेका र टाठाबाठा मान्छेमा चल्न थाल्यो । त्यसैबाट सामान्य मान्छेले समेत अरु कुरा नबुझेपनि कसैले हेपेमा हेपिन नहुने र बरु लडेर जित्नुपर्ने कोशिस गर्नुपर्ने कुरा बुझेछन् । बहुदल ल्याउँदा पनि कति मान्छे मरेका हुन् अरे, ती देशका लागि मरे । अब हामी हाम्रै लागि लडौं । अन्याय सहेर नबसौं । ‘बरु लडेरै मर्नु परेपनि
मरौला’ भन्ने एक आपसमा कुरा हुन थालेछ । त्यसैगरी चेतना फैलदै गएर २०१५ सालमा संसदीय चुनाव भयो, १०९ सिटमध्ये नेपाली कांग्रेसले ७४ सिट जित्यो । वि.पि. कोइरालाको नेतृत्वमा सरकार बन्यो र देश विकास गर्न थाल्यो ।
२०१७ सालमा राजा महेन्द्रले त्यस सरकारलाई बर्खास्त गरेर पञ्चायती व्यवस्था लागु गरे । उनले नै राष्ट्रिय पञ्चायतको चुनाव गराए र त्यसको लगत्तै गाउँ पञ्चायतको पनि चुनाव गराए । २०१८ सालमा पञ्चायतमा चुनाव गराउन जाँदा धेरै जसो गाउँमा प्रधानपञ्च र अरु तोकेका पदहरुमा समेत उनै तालुकदार मुखीयाहरु निर्विरोध चुनिए । सामान्य मानिसहरु मुखीयाले गरेको अन्याय देख्दा आफु भएपनि त्यसै गर्ने हो र अरु भएपनि त्यसै गर्ने हो भनेर दरखास्त दिएनन् । कर्मचारीको नजिक पर्ने आँट कसैको आएन र प्रक्रिया पनि थाहा नभएको र मुखिया बनेमा अरुलाई अन्याय गरेर पाप बोक्नु भन्दा उनैले गरुन् र उनैले खाउन् भनेर यसो भएको
रहेछ । अलि पढेलेखेका र टाठाबाठा धेरै भएको गाउँमा मात्र निर्वाचन भएछ र नयाँ मानिसहरु प्रधानपञ्च बनेछन् ।
त्यसैगरी कसैले लगातार पञ्चायतभरी चुनाव जितेछन् भने कसैले दोस्रो वा तेस्रोपल्ट चुनाव हारेछन् । त्यसमा नयाँ मानिसहरु प्रधान बनेछन् । पञ्चायत आएपनि तालुकदार र मुखिया हुँदा खाएकाहरुले लगातार जनतालाई अन्याय गरीनै रहेछन् । पञ्चायतको शुरुबाट खेताला सघाउने र वलक लाने प्रथा अली कम भएपनि अरु काम भने रहिरहेछ । प्रधानले घर बनाउन थालेमा आफ्नो काठ काटेर आफैले लगिदिनु पर्दोरहेछ । विरोध गरेमा कताबाट अप्ठ्यारो पार्ने हुन भनेर मन अमिलो बनाएर पनि हुन्छ भन्नुपर्ने रहेछ । सबैले आफ्नो घरको खर्च खाएर एक दिन मुखियाको घरमा सघाउन जानुपर्ने रहेछ ।
त्यस्तै तेरो छोरी फलानालाई दे भनेमा २ वटी सौता माथि पनि दिनुपर्ने । मुखियाको
कुरा काटेमा अराष्ट्रिय तत्व भनेर जेल पठाउने वा अरुमा अप्ठ्यारो पारेर घाँटी अठ्याउने गर्दा
रहेछन् । त्यसै क्रममा एक जना मुखियाले घोडामाथि चढेर अर्को गाउँमा जाँदै गर्दा एक जनाको खरवारीमा ठूलै खयरको रुख देखेछन् । त्यो रुख देखेपछि उनले खयर आफुले लैजाने सोचेछन् र केही दिनपछि खयरको मालिकलाई आफ्नो घरमा बोलाएछन् । उनी डराई–डराई मुखियाको घरमा गएछन् । केही समयको कुराकानी पछि के कामले बोलाउनु भएको हो भनेर सोधेछन् । यो कुरा २०४०÷०४१ साल तिरको हो । त्यस समयमा प्रत्येक हिउँदमा मोटरबाटो खन्ने झारा लाग्यो । २०२५ सालदेखि पञ्चायतकालभरी जनश्रमदानबाट मोटरबाटो खन्ने क्रम चलिनै रह्यो । प्रधानले भनेछन्– मैले एकनाले गोठ बनाउने आँटेको छु । काठको व्यवस्था गर्न सकिएन । तिम्रो खयर मलाई दिनुप¥यो । यो कुरा सुनेपछि उनले धेरैबेर नबोली मनमनै गन्थन गरेछन् । मेरा पाँच भाई छोरालाई कसरी व्यवस्था मिलाउने थाहा छैन । अरु आयस्रोत तथा कमाई केही छैन् । गोठ बनाउने पनि हैन् । दिन्न भनेपनि हप्काएर धम्काएर लैजान्छन् भनेर अन्त्यमा सुस्केरा काटेर लौ त मैले खयर नदिए गोठ नबन्ने होभने ल्याउनुस् तनि भनेर उठेछन् ।
त्यसको केही दिनपछि २ जना खेतालालाई मुखियाले रुख पल्टाउन पठाएछन् । खेतालाले फलानाको खरबारी कहाँ हो भनेर सोध्दा उनकै छोरासँग सोधेछन् । किन हो ? कहाँबाट आयौं भनेर सोध्दा खेतालाले मुखियाले पठाएर खयर पल्टाउन आएको कुरा बताएछन् । उनी अली उमेरदार बलिया र लाहुरबाट आएका रहेछन् । यस समयमा घरमा गएर हिउँदमा झारामा जान पनि हुने र घरमा सघाउन हुने भनेर आएका रहेछन । पञ्चायत भएपनि निर्दल र बहुदलको चुनावले जनतामा आत्मबल बढाएको रहेछ । उनी पनि त्यसबेला ८ कक्षा पढ्दै गर्दा दिल्लीतिर लागेर धेरै वर्ष बिताएका रहेछन् ।
त्यो कुरा सुनेपछि उनले तिनै खेतालासँग मैले खयर दिन्न । त्यसले दुनियाँको खान्छ । हामीलाई के दिएको छ र त्यसलाई दिने । हामी ५ भाईलाई एक–एक ओटा गोठ पनि पुग्दैन । जे जानेको छ गरोस् भनेर बेसरी कराएछन् । खेतालाहरुले गएर आफुले खयर काट्न नपाएको र छोराले भनेको कुरा सुनाएछन् । त्यसको केही दिनपछि बाटो खन्ने हाक परेछ । सबै जना मोटरबाटो खन्नलाई साधन लिएर बाटोमा झरेछन् । त्यसै दिन मुखिया पनि घोडामा चढेर अर्को ठाउँमा जाँदै गर्दा खयर नदिएर आफ्ना खेतालासँग गाली गर्ने मान्छेसँग देखादेख भएछ ।
मुखियाले हुकुमी पारा देखाउँदै घोडबाट ए फलाना तैले जान्ने भएर तेरो बाउले दिएको खयर रोक्ने ? भनेको सुनेपछि उनले पनि ए फलाना फटाहा शोषक सबैका छोरी बेचा दुनियाँको आसु खाने, रगत र पसिना खाने तँलाई हाम्ले पालेका छम । हामी आफ्नै दुःख गरेर खाएका छम् । तैले जानेको गर । धेरै नबोल तलाई घोडाबाट झारेर यही लतार्छु । गए यै ज्यान जाने हो अन्याय सहेर बाँच्नु भन्दा बरु जे होला–होला भनेर
बेसरी गाउँलेहरुका अगाडी कराएछन् । कराउन थालेपछि कसैले (उनकै दाजुभाईले) खयर नदिनेलाई नकरा नकरा मात्र भनेछन् । अरु कसैले मुखियाको पनि साथ दिएनछन् र कराउनेको पनि साथ दिएनछन् । त्यसपछि मुखिया आफ्नो बाटो लागेछन् ।
त्यस घटनाले गाउँमा अरु मानिसमा पनि भित्र–भित्रै अन्याय नसहने र फलानाले झै प्रतिकार गर्ने आँट आएछ । त्यसदिन पछि त्यो
कुरा गाउँमा छिट्टै फैलिएछ र के अब फलानाको पालो गयो । कि कराउने फलानाको छोरा यति वर्षलाई जेल गयो भन्ने अनुमान गरेछन् । त्यसपछि मुखियाले पनि केही गरेनछन् र
कराउनेले पनि खुरुखुरी आफ्नो मेलोपात गरिरहेछन् । त्यसपछि जे होला भनेर दिल्ली पनि गएनछन् । पछि–पछि अरुले पनि जाती ग¥यौं बाबु भन्न थालेछन् ।
त्यसपछि २०४२ सालमा गाउँ पञ्चायतको चुनावमा उनले
हारेछन् र मणी हराएको सर्प जस्तै बनेर दिन बिताउन थालेछन् ।
कराउनेले भने राजनीतिमा नआई आफ्नो खेतीपाती मात्र गरेर दिन बिताएछन् । अरु जनताले भने फलानाले नकराएको भए अहिलेपनि उसैले चुनाव जित्थ्यो । कति अन्याय गथ्र्यो होला, अबभने ढुक्कले सास फेर्न पाइने भयो भनेर सामान्य मानिसको दिन आएको महशुस गरेछन् ।