बागलुङ, १४ भदौ – कवि एवम् पत्रकार ओमप्रसाद घायललाई ‘स्मृति युवा सम्मान–२०७३’ प्रदान गरिने भएको छ । नेपाली भाषा, साहित्यको उत्थान र प्रवद्र्धनमा निर्वाह गरेको भूमिकाको कदर गर्दै घायललाई सम्मान गर्न लागिएको स्मृति प्रकाशन बागलुङका सचिव राम थापा अविरलले बताए । प्रकाशनका अध्यक्ष काजी रोशनका अध्यक्षतामा सोमवार बसेकोे बैठकले सो निर्णय गरेको हो ।
जिल्लाको पैयुँपाटा–३ मा जन्मेर हाल पर्वतलाई कर्मथलो बनाउनुभएका घायल पत्रकारिकतासँगै साहित्य रचनामा पनि उत्तिकै क्रियाशील छन। घायलको ‘कुरुक्षेत्रको पर्खालभित्र–२०५८’ र ‘शोकधुनको बाँकी अंश–२०५९’ कविता कृति प्रकाशित छन्। घायल पर्वतस्थित रेडियो शालिग्रामका स्टेशन म्यानेजर हुन। मोती जयन्तीका अवसर पारेर बिहीबार घायललाई सो सम्मान प्रदान गरिने अध्यक्ष रोशनले बताए ।