बिक्रम सुनार
हाम्रा होइन राम्रा सृजनाको सम्मान तथा प्रोत्साहन गर्नुपर्छ यो भनाई सर्जक तथा संचारकर्मी राजेन्द्र ढकालको हो । विगत ९ वर्ष देखि धौलागिरी एफ एम बागलुङमा संचारकर्मीको रुपमा काम गर्दै आएका ढकाल बागलुङ वलेवाको नाराणस्थापनमा जन्मिएका हुन ।
पछिल्लो समयमा उनी साहित्य तर्फ विभिन्न मुक्तक,गजल तथा लोक दोहोरी गीतको शब्द रचना गर्ने कुशल व्यक्तिको नाममा बाट परिचित पनि छन । हाल सम्म ७ वटा लोक दोहोरी गीतमा शब्द रचना गरेको उनले बताएका छन । यसै क्रममा नेपाली लोक गीत संगितको बजारमा आएको विकृति,विसंगति प्रति उनको चरम गुनासो छ ,हुन त गीत संगित प्रति झुकाव एमव् गीत संगित बुझेका प्रायको उत्तिकै गुनासो पाइन्छ ।
दोहोरि दोहोरो भन्ने शब्द बाट आएको हो । दोहोरो भनेको दुइ तर्फ बाट ब्भन्ने बुझिन्छ । तसर्थ दोहोरी गीतमा दुइ तर्फबाट आएका सँगीतमा अन्त्यानुप्रास मिलाएर आएका सवाल जवाफ भन्ने बुझिन्छ । विशेष गरेर दोहोरी गीत तत्काल सृजना गरिन्छ कुनै एउटा भाकामा आधारित रहेर तथापी पछिल्लो पटक दोहोरी रिकर्ड गरेर पनि बजारमा आएका छन् र अहिले त्यसरी आएका गीतहरूले बजार लीइरहेका छन् । त्यस्ता गीतहरूमा केवल एकजना गीतकारले केटा र केटी दुवैको सवाल जवाफ समेटेका हुन्छन् जसलाई गाएक गायीकाले त्यही अनुसार गाउने गर्दछन् । दोहोरी विशेष गरेर नेपालको मौलीक गीत हो । लोक भाका, गाँउका, दुँखका वेदनाका, प्रेमका वा समाज, वातावरण लगायतका सवै कुराहरूलाई समेटेर गीत सृजना गरिएका हुन्छ लोक गीतमा । अनि त्यही लोकगीतलाई जव सवाल जवाफ वा दोहोरो तर्फबाट गाइन्छ त्यस्ता गीतलाई लोक दोहोरी गीत भनिन्छ । दोहोरीमा विभिन्न पाटा हरू समेटिएका हुन्छन् । सोरठी, ठाडो भाका, कौडा, झ्याउरे, देउडा लगायत विभिन्न नेपालका भू–भागहरूका गीत सँगित दोहोरी शैलीमा रहेका हुन्छन् अर्थात केटा अनि केटिका सवाल जवाफ हरू । यद्धपी प्रत्यक्ष(लाईभ( खेलीने दोहोरीमा हुने मजा रेकर्ड गरिएका दोहोरीमा नहुन पनि सक्छ । अनि सधै जुन सुकै अवस्थामा प्रत्यक्ष दोहोरी समेटीन पनि सम्भव हँुदैन जसको फलस्वरूप रेकर्ड गरीएका गीत हरूको वजार राम्रो रहेको हुन्छ । लोक गायकहरू, शव्द संकलकहरु जस्तै कल्याण शेरचन, धर्मराज थापा, कुमार वस्नेत, बम वहादुर कार्की, एकनारायण भण्डारी अनि राजु परियार र विष्णुमाझी सम्म आइ पुग्दा नेपालको दोहोरीले ठूलो फड्को मारेको छ । दोहरीगीत युवा(युवती वीचको गीतहरूको सवाल जवाफ हो । प्रायजसो नेपालका सबै ठाउँमा दोहरी गीत गाएको देख्न पाइन्छ । मेला, पाखा, रोदी , चौतारी, विवाह आदी उत्सवहरूमा युवा युवतीहरू मादल, बाँसुरी आदि बाजाहरूको तालमा दोहरी गीत गाउने गर्दछन ्। दोहरीगीत नेपालीहरूको परम्परा पनि हो । तर आज भोलिको नयाँ पुस्ता जमनामा यो प्रथामा केही कमि आएको देखिन्छ । दोहरीगीत सबै भाषामा र सबै ठाउँका मान्छेहरूले गाउने गर्छन् ।
यहि बदलिएको दोहोरी गीत संगीतको पछिल्लो बजार देखेर राजेन्द्र ढकाल पनि त्यति खुशी छैनन् । अहिले विभिन्न मेला तथा महोत्सव जसको आयोजक संग पहुँच छ त्यो नै कलाकारको रुपमा स्टेज उत्रिने गर्छ ढकाले भने । परिवार संगै वसेर सुन्न मिल्ने गीत आउन छोड्यो तर त्यस्तै किसिका गीत गाउने मान्छे लोक गायक वरिष्ठ कलाकारको बर्दि बोकेर हिड्ने गर्छन । पछिल्लो लोक गीत विस्तारै पप भनौ फास्ट ट्रयाकमा गाउने गर्दछन ढकालले भने जुन गीतमा न कुनै भाव, वेदना वोकेको हुन्छ । तर समयको माग होकि पछिल्लो समय युवा युवतीले पनि त्यस्तै रुचाउने गर्दछन । राजेन्द्र ढकाल त्यति पुरानो व्यक्ति त होइनन् तर पनि उनको यस्तो विश्लेषण फरक छ ।
उनले भन्छन आज भोलि एक÷दुई वटा गीत गाउछन अनि आफुलाई नै कलाकार भनेर हिड्ने गर्दछन ।
उनको पहिलो गीत “तर्किएर तिमी टाढा हुँदा” जसमा स्वर रविन्द्र लामिछाने र सरस्वती लामिछानेको दिएका छन ।
दिल भित्र की रानी घनश्याम र पुर्णकला विसीको आवाजमा सजिएको छ भने एउटा ठाँउ छ दिपेन्द्र हमाल र संगिता शर्माले सुमधुर आवाज दिएका छन ।
चैत्ते दशै मेला जुन अहिले सम्म अत्याधिक मन पराएको युटुवमा पनि सबै भन्दा बढि भ्युअर रहेको छ । जस्मा स्वर राजेश वर्देवा र रिता केसीले आवाज दिएका छन ।
ढकाल रोइला गीत लेख्न पनि बढि नै अब्बल तथा सीपालु देखिन्छन त्यस्तै उनले पहिलो रोइला गीत रचना गर्ने क्रममा कहाँ थियौँ र सानु हो । जुन रोइला गीतमा राजन कार्की र जुना श्रीसले आवाज दिएका छन ।
त्यस्तै कहाँ थियौँ र सानुको अपार सफलता पछि दास्रो रोइला गीत नाकमा लाउने बुलाकी जस्मा ज्ञानेन्द्र त्रिपाठी र देवी घर्तिले आवाज दिएको गीत पछिल्ले समयमा पश्चिमाञ्चल उत्तिकै प्रख्यात छ । पछिल्लो समयमा बजारमा निकै मन पराइएको ढकालको उत्कृष्ट शब्द रचना स्वरुप तेस्रो रोइला गोठै भरि गाईको बथान हो । जसमा चर्चित गायिका देवी घर्ति मगर र संचारकर्मी विक्रम सुनारले आवाज दिएका छन । आफ्नो सृजना प्रति सन्तुष्ट भएको बताउदै ढकाले लोक तथा दोहोरी संगै गजल विधामा कलम चलाएको छु उनले भने अव छिटट्ै बजार आउदै छ ।
पछिल्लो बजारमा आउने गीत राम्रो नराम्रो भन्दा पनि मिडियामा पहुँच भएका केही कलाकार तथा संचारकर्मीहरुले राम्रो लाई भन्दा हाम्रो स्थान दिने गरेका उनले बताए । संस्थागत भन्दा पनि व्यक्तिगत सहकार्यले गर्दा कुशल स्रजक तथा गायक ओझेल पर्ने गरेका उनको गुनासो छ ।
(लेखक सुनार सञ्चारकर्मी हुन् ।)
Previous Article२०७३ चैत ८ देखि १४ गतेसम्मको साप्ताहिक राशिफल
Next Article गर्भनिरोधका स्थायी तथा अस्थायी विधि