एजेन्सी/ गर्भनिरोध भन्नाले गर्भ रहन नदिने विधि भनेर सामान्य रुपमा बुझिन्छ । गर्भ रहन नदिँन स्थायि तथा अस्थायी साधनको प्रयोग गरीन्छ । परिवार नियोजनका साधन प्रयोग गर्नुपुर्व चिकित्सकसँग परामर्श गर्न आवश्यक हुन्छ । यस्ता विधिको उपयुक्तता मानिसको स्वास्थ्य, सामाजिक धारणा र इच्छामा निर्भर रहन्छ । तर जुनसुकै गर्भनिरोधक विधि अपनाए पनि यसको सफलता सहि प्रयोग र विधिपूर्वक प्रयोगमा निर्भर हुन्छ । कसैलाई यस्ता विधि गर्भ निरोध गर्न प्रयोग गर्छन् भने केहीले यौन सुरक्षाको लागि प्रयोग गर्छन । असुरक्षित यौन क्रियाकलापबाट एचआइभी, हेपाटाइटिस तथा यौनजन्य रोगहरु सर्ने गर्दछ । गर्भनिरोधका लागि भने गर्भधारणमा अवरोध ल्याउन शुक्राणु (वीर्य) लाई गर्भाशयमा पुग्नबाट रोक्नु पर्ने हुन्छ । यसको लागि निम्न स्थायी तथा अस्थायी विधि प्रयोग गर्न सकिन्छ ।
कण्डमको प्रयोगः कण्डम एक सुरक्षित विधि हो । यो सर्वसुलभ पनि छ । कण्डम प्रयोग गर्दागर्दै अरु गर्भनिरोधक उपाय पनि अपनाउन सकिन्छ । यौन रोग तथा एचआइभीबाट बच्न कण्डमको प्रयोग एकमात्र उपयुक्त विधि हो । यसले गर्भ निरोध गर्नुको साथै यौन सुरक्षा पनि प्रदान गर्दछ । कण्डमसँगै शुक्राणुनाशक औषधिको प्रयोग पनि गर्न सकिन्छ । आज भोलि बजारमा महिलाहरुको लागि पनि कण्डम उपलब्ध छन् । सहि तरीकाले महिला कण्डमको प्रयोग नगरेमा प्रभावकारी मानिदैन ।
हर्मोनको प्रयोगः हर्मोनको प्रयोगले डिंबको उत्पादनलाई रोक्दछ । हर्मोनले शरीरबाट इस्ट्रोजेन र प्रोजेस्टिन हर्मोनको उत्पादनमा कमी ल्याएर डिंबको उत्पादन घटाउछ । यो विधि अपनाउनु अगाडि चिकित्सकको सल्लाह अनिवार्य लिनुपर्छ । यस विधि अन्तर्गत गर्भ निरोधक चक्कि, यौनिमा लगाईने रिङ, हर्मोन सट्स र प्रत्यारोपण (इम्प्लान्ट्स) साथै अरु गर्भाशयी सामाग्रीहरु पर्दछ । चक्किको प्रयोगः गर्भनिरोधक चक्किहरु पनि चिकित्सकको परामर्श अनुसार क्रमिक रुपमा सेवन गर्न सकिन्छ । यी चक्किहरु प्रयोग गरीरहेका केही महिलाहरुको महिनावारीमा गडबड हुन सक्छ । यस्ता चक्कीहरुको नकारात्मक असरमा वाकवाकी लाग्नु, टाउको दुख्नु, डण्डीफोर आउनु, रक्तचाप बढ्नु, स्तनमा साह्रोपन हुनु, सुजन, वजन बढ्नु, उदासीनता आदि हुन सक्दछ । तर यस्ता असरहरु हरेक गर्भ निरोधक चक्कि लिने महिलामा नहुन पनि सक्छ । यस्ता चक्कि प्रयोग गरिरहेको महिलाहरुले धुम्रपान गर्नु हुदैन ।
प्याच (पट्टी) को प्रयोगः गर्भ निरोधक प्याच पातलो हुने गर्दछ । जुन पाखुरा, फिला, पेट र छातीमा प्रयोग गर्न सकिन्छ । यस्ता पट्टी हप्तामा एक पटक तीन हप्ता सम्मलाई प्रयोग गर्न सकिन्छ । चौथौ हप्तामा यसको प्रयोग बन्द गरेमा महिनावारी फेरी सुचारु रुपले हुन सक्छ । यसको असर भनेको गर्भ निरोधक चक्किहरुको जस्तै हुन्छ । पट्टी प्रयोग गरेको पहिलो २ महिनामा स्तनमा केहि अफ्ठेरो पन महशुस हुन सक्दछ । पट्टी लगाएको ठाँउमा जलन पनि हुने सम्भावना हुन्छ । पट्टी लगाउने महिलाले धुम्रपान गर्नु हुँदैन । धुम्रपानले रगत जम्न सक्दछ ।
रिङको प्रयोगः योनिमा लगाइने रिङ पातलो, गोलो र लचीलो हुन्छ । जुन योनिमा आराम साथ लगाउन सकिन्छ । यस्ता रिङ्ग योनिमा ३ हप्ता सम्म लगाइन्छ र पछि बाहिर निकालिन्छ । यो योनिको कुनै विशेष भागमा हुनुपर्छ भन्ने कुनै जरुरी हुँदैन । रिङ्ग निकालि सकेपछि महिनावारी पनि सुचारु रुपले हुने गर्दछ । महिनावारी भएको एक हप्ता पछि फेरी अर्को नयाँ रिङ्ग लगाउनु पर्ने हुन्छ । यदि सो रिङ्ग योनिबाट तीन घण्टा वा बढि समयलाई निकालियो भने फेरी लगाउदा त्यो असरदार नहुन सक्छ । सो रिङ्ग लगाएको सात दिन नहुन्जेल सम्म यौन सम्बन्ध राख्नु अगाडि गर्भ निरोधको अर्को उपायहरु अपनाउन ठिक हुन्छ । यसले योनिमा अप्ठेरोपन हुनसक्छ र यौनसम्पर्ककोबेला योनिबाट बाहिर निक्लन सक्ने हुनाले यसको प्रयोग विधि भरपर्दो मानिँदैन । यसो गर्नाले गर्भ रहन सक्दछ । सुईको प्रयोगः गर्भ निरोधक सुई पाखुरामा लगाईन्छ । यो सुई लगाउन तोकिएको स्वास्थ्य संस्थामा जानुपर्छ । एउटा सुईले कम्तिमा तीन महिनासम्म गर्भ्निरोध गर्दछ । यो सुई लगाएका महिलाहरुलाई सामान्य रुपमा टाउको दुख्ने, मनोदशा र महिनावारीमा परीवर्तन आउने समस्या हुन सक्दछ ।
इम्प्लान्टको प्रयोगः इम्प्लान्ट (प्रत्यारोपण) गर्ने विधिमा पातलो, लचिलो प्लास्टिकको प्रयोग गरीन्छ । जुन सलाईको काँटी जस्तो हुन्छ । यो महिलाको पाखुराको माथिल्लो भागमा लगाइन्छ । एक पटक यसको प्रयोगले तीन वर्षसम्म गर्भधारण हुदैन । बच्चा चाहिएको खण्डमा यो जुन सुकै बेला पनि निकाल्न सकिन्छ । यसको प्रमुख नकारात्मक असर भनेको महिनावारी समयमा नहुनु र भएको बेलामा, रगत अरु बेला भन्दा धेरै या थोरै बग्न सक्दछ । कुनै महिलाहरुमा यो लगाउन्जेल महिनावारी नै नहुन सक्दछ ।
आइयुडिको प्रयोगः आइयुडि विधिमा, सानो अंग्रेजी टि आकारको सामाग्री महिलाको गर्भाशयमा राखिन्छ । यो दुई प्रकारको हुन्छ । एउटामा तामा हुन्छ जुन नेपालमा कपर टि भनेर प्रचलित छ । अर्कोमा हर्मोन हुने गर्दछ । तामा भएको आइयुडि धेरै समय देखि बजारमा छ र एकपटकको प्रयोगले १२ वर्ष सम्म काम गर्दछ । हर्मोन भएको आइयुडि, तामा भएको भन्दा सुरक्षित हुन्छ र ५ वर्ष सम्म काम गर्दछ । आइयुडि राख्न महिनावारी भएको एक हप्ता भित्रमा नै पेल्भिस (कम्मरको हड्डी)को जाँच गराउन जानु पर्ने हुन्छ । योनि र गर्भाशय सफा गरीसकेपछि चिकित्सकले पातलो प्लाष्टिकको नलि भित्र यो सामाग्री गर्भाशयमा राखिन्छ । आइयुडिमा तार हुने गर्दछ, जुन चिकित्सकले प्रक्रिया मिलाएर काट्ने गर्छन् । आइयुडिको तार महिनैपच्छिे ठिक ठाँउमा छ छैन भनेर परीक्षण गर्नुपर्छ । महिलाहरुमा गर्भाशयले यसलाई धकेलेर ल्याउन पनि सक्दछ । यो विधिमा यदि गर्भाशय भन्दा बाहिर डिम्बमा परेको खण्डमा गर्भ रहने पनि हुन सक्दछ । साथै अरु समस्या पनि आउन सक्दछ । यसको प्रयोग बच्चा भइसकेको महिलाहरुलाई उपयुक्त मानिन्छ ।
बंध्याकरणः बंध्याकरण महिला वा पुरुषले गर्भ रहन नदिन पूर्ण रुपमा शल्यक्रिया गराउनु हो । यो बच्चा नचाहिएको खण्डमा गराउन सकिन्छ । यस प्रविधिमा महिलाका डिम्बनलिलाई बन्द गरिन्छ । जस पछि डिंब निक्लन सक्दैन । पुरुषमा शुक्रकिट नलिलाई बन्द गरिन्छ जसले गर्दा शुक्रकिट निस्कन सक्दैन । प्राकृतिक परिवार नियोजनः यस विधिमा पुरुष र महिला दुवैले महिलाको महिनावारीको समयलाई ध्यानमा राखेर यौन सम्पर्क राख्नु पर्ने हुन्छ । यी सुरक्षित दिनहरु महिनावारी भएको दिनबाट सात दिन सम्म हुन्छ र २१ औं दिन पछिबाट हुन्छ । तर यो महिनावारीको मासिक अन्तरमा आधारित हुन्छ तर यसको अनुमान गर्न गाह्रो हुने हुनाले गर्भधारण गर्ने विचार नभएको खण्डमा यस्तो विधि अपनाउन अलि जोखिमपूर्ण हुन्छ ।
Previous Articleहाम्रा होइन राम्रा सिर्जनाको सम्मान र प्रोत्साहन गरौं
Next Article पैत्रिक सम्पत्तिमा हक लाग्नु हुँदैन