कृष्ण प्रसाद शर्मा
हाम्रो समाजको संरचना यस्तो छ कि घर परिवारका अधिकाशं झगडा अशं र वंशमा पर्दछन् । पैत्रिक सम्पति भनेको छोरालाई हक पाउने कानुनी व्यवस्था थियो अहिले छोरीले पनि पाउने हक कायम गरिदिएको छ । म यहाँ चाहे छोरा होस् चाहे छोरी बाबु आमाको पैत्रिक सम्पत्तिमा कसैको हकले होईन बाबु आमाका ईच्छाले पाउने हुनुपछकक भन्छु । यो कुरा आजबाट होईन धेरै बषकक देखी लेख्दै र बोल्दै आएको छु तर यो पितृसतात्मक देशमा यस्ता कुरा हावादारी कहलिन्छन ।
बाबु आमाको सम्पत्तिमा स्वत हक लाग्ने भए पछि त्यो सन्तानले सम्पत्ति देखेरै बाबु आमाको हेरचाह गछकक भन्ने वीज्ञमा पनि छन् भने झन स्वाच्छाचारी हुन्छन भन्ने अर्का पनि छन् । तर माया ममता सम्पत्ति सगँ जोडेर कसैले लालनपालन गछकक भने त्यो सन्तान होईन । आफ्ना बाबुआमाको पालन पोषण गनेकक सम्पत्तिको लोप पनि गर्दैन । यहाँ खासमा सम्पत्तिकै लागी आत्मियता देखाएर पछि अलपत्र पार्नेहरूलाई जोडन खोजेको छु । अहिले वृद्धाश्राम खुलेकाखुलै छन । समाजमा आफ्नो बाबु आमालाई वृद्धाश्रम छोडेका डाक्टर ईन्जिनियर भएर हिडेका मानवहरू समेत छन । गाउँ मै एक जना महिला हुनु हुन्थ्यो उहाँको श्रीमानले दुईवटा विवाह गनुकक भयो । आफ्नो तिर सन्तान भएन तर सौता तिर एउटा छोरा भयो । श्रीमानको मृत्यु भयो । सौता तिरको छोराले पाल्छ होला भनेर सम्पति दिईन । छोराले सम्पति पाए पछि बेचेर आफ्नो श्रीमति लिएर शहर पस्यो अहिले आमा सडकमा छन । अब सन्तानलाई सम्पति दिँदैमा सुरक्षित भईन त ति आमा ? ।
यदि तपाई काठमाण्डौको कुनै पनि वृद्धाश्रममा जानु भयो भने त्यहाँ हुने अधिकाश बुवा आमा सम्पन्न परिवारकाबाट हुनुहुन्छ । अझ कतिपय त छोरा डाक्टर छोरी ईन्जिनियर बिदेशमा काम गर्ने भन्ने पनि छन् । काठमाण्डौ की एक वृद्ध आमाले भन्नु भयो बाबु श्रीमानलाई छली छली पैसा जम्मा पारेर बनाएको सुन माईतीले दिएको भने पछि बुढाले सुन बेचौ र जग्गा किनौ भने पछि नाइ भन्न सकिन अहिले छोराले जग्गा बेचेर बिदेश पस्यो मैले बैशंभरी बुच्चै बसेकोमा पछुतो छ । यो अर्को शहरीया उदाहरण हो । मानवअधिकारका ठूला ठूला कुरा गर्ने देशमा उच्च पदमा काम गर्नेले हकवालाको आधारमा सम्पति बेचेर बिदेशीयको पाईन्छ । विदेशी किताब पढ्दा पढिन्थ्यो कि बिदेशीहरू खास गरी पश्चिमाहरूले अशंमा हकदारको हिसाबले होईन ईच्छाका आधारमा दिन्छन भन्ने त्यो अहिले यहाँ आए पछि झन थाहा लाग्यो । यहाँ सम्पत्ति कुकुर विरालाका नाममा हुन्छ पछि त्यो च्यारिटीमा जान्छ । हुन त नेपालमा पनि कुकुर बिरालाका नाममा हुन्छन जुन भ्रष्ट्रचारबाट बँच्नको लागी मात्र ।
जुन देशमा दुख पर्दा वृद्धवृद्धालाई राज्यले नै हेर्दछ त्यहाँ छोराछोरीलाई सम्पत्ति दिए पनि नदिए पनि खासै अर्थ छैन तर हामी कहाँ जहाँ पछिल्लो समय मात्र वृद्धवृद्धाको लागी केही मात्रमा भत्तामा वृद्धी भएको छ जुन मनमोहनको पालामा ल्याएको सबै भन्दा राम्रो कार्यक्रम थियो । त्यो बाहेक वृद्ध असक्तलाई राज्यको कुनै पनि निकायमा खासै स्थान छैन । यो युग द्रब्यको युग हो, कलियुगका महादेव घर भित्रै प्रशस्तै छन । यसैले अहिले अण्डा अदालतमा अशंका कारण हत्या भएका मुद्धा छाप्पछ्याप्ति छन । हक लाग्ने सम्पत्ति सजिलै दिन नमान्दा हत्या गरिन्छ भने हक छुटाए झन मारामार त हुँदैन भन्ने आशंका आउला तर नियममा नपाउने भनेपछि त्यसको वैधानिकताले कसैले वलजफ्तीगरेर हुँदैन ।
महिला पछाडी पर्नुको कारण आर्थिक पनि एक हो भनिन्छ तर हकदाबीमा आएको सम्पत्तिमा होईन परिश्रमले ल्याएको सम्पत्तिले अझै दरिलो बनाउँछ । सम्पत्ति भनेको एक प्रकारले सुरक्षा हो कि जब सम्पत्ति छ भने वृद्धावृद्धा आश्रममै पुग्नु पर्दैन भलै व्यवसायीक हिसावले खोलेका क्यार होम किन नहोस् तिनिहरूको जीवन वृद्धाआश्रमको चिसो सिडीमा बिताउनु त पर्दैन । सम्पत्ति कमाउन नसकेका बाबु आमालाई छोराछोरीले नहेर्न सक्छन भन्ने तर्क पनि आउला तर माथी नै भनिसकिएको छ । बाबुआमा पाल्ने भनेको सम्पत्तिको हक होईन पाल्ने हकका रुपमा सन्तान सम्झे यो कुनै लफडा हुँदैन पनि । छोरीलाई सम्पत्ति बाबुआमाले बिना हक ईच्छाले पाए त्यहाँ छोराले हकदाबीको कुरा गनकक नमिल्ने गरी कानुनी व्यवस्था गनुकक पर्छ । घरको मुली नै छोरी भएर हेरेका अधिकांश उदाहरण छन जसलाई हक नलाग्ने भएकै आधारमा सम्पत्ति नपाउने बनाईयो तर अहिले दिने बनाईको छ । चाहे छोरी चाहे छोरा जो कोहीले पनि पैत्रिक सम्पत्तिको हक लाग्नु हुँदैन । ईच्छाए छिमेकीले पाउन सक्छ तर छोरा वा छोरीले नपाएर केही हुँदैन । बाबु आमाले जसले पाल्ने जस्तो लाग्छ उसैलाई दिन्छन त्यो अधिकार उनिहरूकै हुनु पर्छ ।
राज्यले वृद्धवृद्धाका लागी छुट्टै कानुन बनाएर उनिहरूको सम्मान गर्नु पर्छ । मेरो चाहाना यो छ कोही वृद्धवृद्ध आश्रममा बस्न न परोस् समाजसेवा बरु अरू कुनै ठाउँमा गर्न पाउँ तर आश्रममा बस्नै नपर्ने बनाउँ । जसका लागी उनिहरूको सम्पत्ति कुनै आवारा छोरीछोरीको हकदावी नलागोस् । वृद्द वृद्दाको अशंमा एक होईन अब छोराछोरीको सम्पत्तिमा हक लगाउने गराउनु पर्छजहाँ सम्पतिको मातले छोडने सन्तानको नाकमा मुद्रि लागोस्!