इथियोपिया, २९ फागुन – इथियोपियामा फोहोरको डंगुरमा पहिरो जाँदा १५ जनाको ज्यान गएको छ । राजधानी एडिस अब्बा नजिकै रहेको फोहोर फाल्ने ठाउँ अर्थात् ल्याण्डफिल्ड साइटमा पहिरो जाँदा अरु केही हराइरहेका बिबिसीले जनाएको छ ।
फोहोरको पहाडमा पहिरो जाँदा त्यहाँ अस्थायी घर बनाएर बसेका मजदुरहरु हराइरहेका हुन् । पहिरो गएका बेला त्यहाँ झण्डै डेढ सय मानिस थिए । यो ल्याण्डफिल्ड साइटमा गएको ५० वर्षदेखि फोहोर फालिँदै आइएको छ ।
ल्याण्डफिल्ड साइट नजिकै सरकारले फोहोरबाट उर्जा निकाल्ने केन्द्र बनाइरहेको छ । राजधानीबाट निस्किएको फोहोरलाई जलाएर विद्युत उत्पादन गर्ने केन्द्र स्थापना गर्न लागिएको हो ।
Previous Articleतराईको अवस्था बुझ्न प्रधानसेनापति क्षत्री धनुषामा
Next Article भैरहवामा एमालेको सभा, अहिलेसम्मकै ठूलो उपस्थिति