काठमाडौं, २९ फागुन – सप्तरी घटनापछि पहिलो पटक प्रधानसेनापति राजेन्द्र क्षत्री सर्लाही, सप्तरी र धनुषामा रहेका गणको निरीक्षण भ्रमणमा निस्किएका छन्।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार आईतबार प्रधानसेनापति क्षत्रीले सर्लाही जिल्लामा रहेको रणशेर गण, सप्तरी जिल्लाको एक नम्बर वन तथा पर्यावरण गणको अमाह पोष्ट र धनुषा जिल्लाको गोरखनाथ गणको निरीक्षण भ्रमण गरेका हुन्।
पूर्वी तराईको भित्री भागमा रहेका यी गणहरुको स्तर उन्नतिको प्रस्ताव सेनाको पुर्नसंरचना प्रतिवेदनमा उल्लेख छ।
निरीक्षण भ्रमणमा प्रधानसेनापति क्षत्रीले गण तथा पोष्टको स्थलगत वस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए।
यस्तै सर्लाही जिल्लाको रणशेर गणको हाताभित्र नवनिर्मित परिवार आवास गृहको क्षत्रीले उद्घाटन समेत गरे।
धनुषा जिल्लाको गोरखनाथ गणको वार्षिकोत्सव कार्यक्रमका लागि गएका क्षत्रीले मधेशका अन्य गणको अवस्थाका बिषयमा समेत स्थलगत भ्रमण गरेका हुन्। प्रधानसेनापति क्षत्री सोमबार काठमाडौं फर्कने छन् ।
तराईको अवस्था बुझ्न प्रधानसेनापति क्षत्री धनुषामा
Previous Articleहोली मनाउँदै हिँडेका एक युवकको मृत्यु
Next Article फोहोरको डंगुरमा पहिरो, १५ जनाको मृत्यु