उक्त स्थानमा ठूलो संख्यामा बच्चालाई गाडिएको बारेमा प्रश्न उठेपछि अनुसन्धान गर्न ‘द मदर एन्ड बेबी केयर होम्स कमिसन’ गठन गरिएको छ । आयोगले उत्खनन गर्दा ८ सयभन्दा बढी मानव अंगको अवशेष फेला परेको हो । आयोगले अक्टोबर २०१६ देखि उत्खनन सुरु गरेको थियो ।
उक्त स्थानमा फेला परेको अवशेषले आश्चर्यमा परेको आयोग अधिकारीले जनाएका छन् । १९२० को दशकदेखि १९६० को दशकसम्म यहाँ हरेक दुई सातामा एक बच्चाको मृत्यु हुने गरेको थियो । आयोग अधिकारीका अनुसार २० भूमिगत च्याम्बरमध्ये १७ वटामा मानवअंश पाइएको थियो ।
अवशेषमा ३५ साताका भ्रूणदेखि ३ वर्षका बच्चासम्म छन् । आयोगको अनुमानअनुसार १९२५ देखि १९६१ सम्म सञ्चालित उक्त केयर होमबाट प्राप्त अधिकांश अवशेष १९५० को दशकको हो । ती शवलाई यसरी गाड्नुमा को जिम्मेवार छ भन्नेबारे अनुसन्धान भइरहेको आयोगको भनाइ छ ।
Previous Articleभूतपूर्व मोडलको आत्मकथा – पत्रकारकी श्रीमती
Next Article एमालेको मेची-महाकाली अभियान तीन दिनलाई स्थगित