बागलुङ, २३ फागुन – नेकपा एमालेले मेची-महाकाली अभियान तीन दिनका लागि स्थगित गरेको छ। सप्तरीमा बसेको स्थायी कमिटीको आकस्मिक बैठकले तीन दिन बैठक स्थगित गर्ने निर्णय गरेको सचिव गोकर्ण बिष्टले बताए।
त्यसपछि भने पूर्वनिर्धारित तालिकाअनुसार नै अभियान चल्ने बैठकले निर्णय गरेको छ। ‘जनता-जनताबीचको सद्भाव पहिलो प्राथामिकता हो, तर अभियान रोकिएको भने होइन’, विष्टले भने।
प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष आग्रह गरेपछि तीन दिनका लागि अभियान स्थगित गरिएको हो। मोर्चाका कारण राजविराजमा अकल्पनीय क्षति भएको भन्दै एमालेले यसमा गहिरो दुःखसमेत व्यक्त गरेको छ।
राजविराजको औद्यौगिक क्षेत्रमा एमाले सभा चल्दै गर्दा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको थियो। सभा विथोल्ने पुगेका मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपमा प्रहरीले गोली चलाएको थियो।
यसलगत्तै एमालेले स्थायी कमिटी बैठक बोलाएर अभियान तीन दिनका लागि स्थगित गरेको छ। यसअघि कञ्चनपुरमा राखिएको सभा समेत रद्ध गरिएको थियो। शनिबारबाट एमालेले शुरु गरेको १५ दिने मेची-महाकाली अभियान अन्तर्गत एमाले सप्तरी आइपुगेको हो।
एमालेको मेची-महाकाली अभियान तीन दिनलाई स्थगित
Previous Articleकेयर होममा सयौं बच्चाको अवशेष
Next Article सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको निर्णय