नेपाली कांग्रेसले पार्टीकी नेतृ एवम् गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ती जारी गरी गण्डकी प्रदेशसभाका सदस्य एवम् नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका सदस्य ६३ वर्षीया विमला गौचनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । पार्टीको भ्रातृ संस्था नेपाल महिला सङ्घ म्याग्दीकी पूर्वअध्यक्षसमेत रहेकी गौचनको डेँगीको उपचारका क्रममा काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा गएराती निधन भएको थियो । उनी राजनीतिसँगै सफल पर्यटन व्यवसायीसमेत हुन् । गौचनले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । गौचनको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी महिला…
Author: Amrit Baskune
म वेश्य मेरो शरीर किनेर उपभोग गर्ने उनी म वेश्या कहलिएँ उनी आदर्श पुरुष । आदर्शबादी समाजकोkalpana खोक्रो आदर्शभित्र परिभाषित म जस्ता वेश्याहरुको बाध्यता र पीडा पढ्न नसक्नेहरुले बहिष्कार गरेको मेरो अस्तित्व म चरित्रहिन कहलिएँ उनी आदर्श पुरुष । जब-जब म हेर्छु आफैलाई ऐनामा ठोकिन्छन् आफ्नै अनुहारमा समाजका प्रतिबिम्बहरु , लुछ्न मनलाग्छ चिथोर्न मनलाग्छ ती नकाबधारीहरुलाई मुखौटो भित्रको मुखौटो चिरेर । खुलेआम घुमिरहेका छन् भोकाएका गिद्दहरु चारैतिर उनका भोकसंग साटिएका मेरा बाध्यताहरु उनका रहरसंग साटिएका मेरा आँशुहरु आफैसंग बिथोलिएका मेरा सपनाहरु पल-पल चिथोरिन्छ पल-पल मर्छ गिद्दहरुको पंजाले लुछेको मेरो शरीर । पैसासंगको सम्झौंतालाई स्विकार्न बाध्य म सोच्दै होलाउ पैसाले के…
अमृत बास्कुने बेनीमा रहेको लोकदिप सहकारीले आफ्नो शेयर सदस्यहको सुविधाका लागि शुरु गरेका डिजिटल भुक्तानी सेवा प्रभावकारी बन्दै गएको संस्थाले जनाएको छ । लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रवन्धक नेत्रराज सुवेदीका अनुसार हाल सहकारीबाटै रकम बैंक तथा वित्तिय संस्थामा ट्रान्सफर, मोबाइल रिचार्ज, बिद्युतको बिल भुक्तानी, टिभि तथा इन्टरनेटको बिल भुक्तानी जस्ता कारोबार पनि मोबाइल एपबाटै हुने गरेको छ । दैनिक रुपमा १५ देखि २० लाख रुपियाँ सम्म भुक्तानीको काम मोबाइल एपमार्फत् नै भै रहेको उहाँको भनाई छ । आफ्नै घरमा बसेर आर्थिक कारोवार गर्न पाउँदा आफूहरुमा उत्साह थपिने सहकारीका कोषाध्यक्ष भीमनाथ शर्माको भनाई छ । वैदेशिक रोजगारीका लागि…
अजम्बरी बुटी खै कसले बेरेर आयो र दुइदिने चोला खै कसले फेरेर आयो र मनको धोको फेर्नेहरुको बन्द छन् आँखा आफैलाई ऐनामा खै कसले हेरेर आयो र ।
पछिल्लो सयम चर्चामा रहेको घरबास हो बागलुङ भकुण्डेको अतिथि सत्कार घरबास– घरबासमा पछिल्लो समय स्वदेशी मात्रै नभएर विदेशी पर्यटकसमेत आउने गरेका छन् । प्राकृतिकरुपमा विविधीकरणका कारण भकुण्डेले विदेशी पर्यटकलाई मोहनी लगाएको छ । घरबासमा पुगेका विदेशी पर्यटकले अर्गानिक खानाका परिकारसँगै हिमाल हेर्न पाउने भएपछि भकुण्डे पुग्ने जो कोही पर्यटकले घरबासको प्रशंसा गरेकै हुन्छन् । केही पर्यटक हेलिकोप्टरमार्फत घरबासमा आएका छन् । तर पाँच वर्षदेखि नियमित रुपमा भकुण्डे आइरहने विदेशी पर्यटक भने विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छन् । बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा अहिले युकेका पाँच जना र अमेरिकाका एक गरी छ जना विदेशी पर्यटक पुगेका छन् । उनीहरुले यहाँबाट देखिने…
कालिगण्डकी कोरिडोरमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानी कुण्ड मुस्ताङ यात्राको चिसो फाल्ने स्थलका रूपमा विकास भएको छ । कालिगण्डकी नदी किनारमा रहेका दुई वटा तातोपानीका कुण्ड यतिखेर मुस्ताङ भ्रमण गरेर फर्किएका पर्यटकले भरिभराउ भएको छ । दैनिक रूपमा पाँच सय देखि सात सय जना पर्यटकले कुण्डमा स्नान गर्ने गरेका छन् । बिहान ६ बजे देखि बेलुका ९ बजे सम्म नै तातोपानी कुण्डमा स्नान गरेर चिसो फाल्ने र थकान मेटाउने पर्यटकको अहिले निकै भिडभाड छ । दसैँ पछिका दिनहरूमा मुस्ताङ भ्रमण जाने पर्यटक सङ्ख्यामा उल्लेख्य वृद्धि भएकाले तातोपानीमा पर्यटकको चाप बढेको तातोपानी कुण्ड सञ्चालक अमृतमान शेरचनले बताउनुभयो । उहाँले…
जनताको धुरीबाट धुवाँ नपुत्ताएसम्म आफूले नखाने राष्ट्रप्रमुख रहेको इतिहास पढेको नेपाली समाजमा अचेल जनप्रतिनिधिदेखि राष्ट्रसेवक कर्मचारी वा समाजका अगुवाले अवसर वा सेवा प्राप्तिको पहिलो दाबी गर्छन् तर मुस्ताङको मार्फामा भने त्यस्तो छैन । यहाँ हैसियत वा पहुँचका आधारमा कसैले पनि सेवाको प्राथमिकता पाउँदैनन् र पाउनु पर्छ भनेर कसैले दाबी पनि गर्र्दैनन् । मार्फामा अझै समानताको सामाजिक बन्दोबस्त कायमै छ । मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फा बस्तीमा हरेक वर्ष स्याउको ‘सिजन’ मा जुस बनाउने गरिन्छ । यस पटक गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनको जुस बनाउने पालो अन्तिम दिनमा परेको छ । मार्फा गाउँ समाजले आफ्नो जुस फ्याक्ट्रीमा स्याउको जुस पेल्न गोलाप्रथाबाट दिन निकालेको थियो । असोजको २९ गतेबाट सुरु…
राष्ट्रिय परीक्षा बोर्डले विक्रम संम्बत २०५६ सालदेखि कक्षा ११ र १२ का विभिन्न विषयमा अनुत्तीर्ण भई बसेका विद्यार्थीहरुका लागि अन्तिम पटक मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले ५६ सालदेखि ७७ सम्म रजिष्ट्रेसन फारम भएर पनि उत्तिर्ण हुन नसकेर बसेका विद्यार्थीहरुलाई अन्तिम पटक पुन: एक पटक परीक्षा दिन पाउने व्यवस्था गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले २०८१ कार्तिक २३ गते एक सुचना प्रकाशन गरेर अङ्कन प्रणालीमा अनुत्तीर्ण वा अनुपस्थित र अक्षराङ्कन प्रणाली (ग्रेडिङ सिस्टम)मा तोकिएको ग्रेड ल्याउन नसकेका विद्यार्थीहरुले सुचना प्रकाशित मितिले ३५ दिन भित्र अर्थात् यही आउँदो मंसिर २७ गतेभित्र आवेदन फाराम भर्न पाउने व्यवस्था गरेको…
अमृत बास्कुने सामान्यतया नाम चलेका व्यक्तिहरुलाई हरेक स्थानमा शुरुमा पालो दिने गरिन्छ । निर्वाचनहरु हुने समयमा देशका वरिष्ठतम् व्यक्तीहरुले शुरुमै मतदान गर्ने चलन छ । त्यस्तै हरेक प्रकारका कार्यक्रमहरुमा पनि उनीहरुलाई शुरुमै पालो दिइन्छ । तर मुस्ताङको मार्फामा भने कसैले पनि पहुँचको आधारमा शुरुमा पालो पाउने भन्ने हुँदैन । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा बस्तीमा हरेक वर्ष स्याउको सिजनमा जुस बनाउने काम हुन्छ र उक्त काम गर्नका लागि गाउँपालिका अध्यक्ष मोहन सिंह लालचनको अन्तिम दिनमा पालो परेको छ । मार्फा गाउँ समाजले आफ्नो जुस फ्याक्ट्रीमा स्याउको जुस पेल्नका लागि गोलाप्रथाबाट दिन निकालेको थियो । असोजको २९ गते बाट शुरु भएको जुस…
आइसिसी महिला यु–१९ विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको छ। सुरुमा ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा १३० रन बनाएको थियो।१३१ रनको लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा २२ रन बनाउँदै अलआउट भएको हो। कुवेतविरुद्धको खेलमा नेपालका लागि पूजा महतोले ३८ बलमा ४३ रन बनाउनुभयो।साना प्रभिनले २५ रन जोड्दा ज्योत्सनिका मरासिनीले २३ र अलिशाकुमारी यादवले १५ रन जोड्नुभयो।कुवेतका लागि इकवाल पेवेकरले दुई विकेट हात पार्दा जेफा जिलियानी र अमिषा रामले एक-एक विकेट लिनुभयो। जवाफी ब्याटिङ गरेको कुवेतका ओपनर जेफा जिलियानीले १२ रन जोड्नुभयो भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। नेपालकी रचनाकुमारी चौधरी र सीमा केसीले समान…