राष्ट्रिय परीक्षा बोर्डले विक्रम संम्बत २०५६ सालदेखि कक्षा ११ र १२ का विभिन्न विषयमा अनुत्तीर्ण भई बसेका विद्यार्थीहरुका लागि अन्तिम पटक मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले ५६ सालदेखि ७७ सम्म रजिष्ट्रेसन फारम भएर पनि उत्तिर्ण हुन नसकेर बसेका विद्यार्थीहरुलाई अन्तिम पटक पुन: एक पटक परीक्षा दिन पाउने व्यवस्था गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले २०८१ कार्तिक २३ गते एक सुचना प्रकाशन गरेर अङ्कन प्रणालीमा अनुत्तीर्ण वा अनुपस्थित र अक्षराङ्कन प्रणाली (ग्रेडिङ सिस्टम)मा तोकिएको ग्रेड ल्याउन नसकेका विद्यार्थीहरुले सुचना प्रकाशित मितिले ३५ दिन भित्र अर्थात् यही आउँदो मंसिर २७ गतेभित्र आवेदन फाराम भर्न पाउने व्यवस्था गरेको जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आफ्नो वेवसाइट आधिकारीक वेवसाइटमा परीक्षा दिन पाउने सम्बन्धी सुचना प्रकाशन गरेर उक्त जानकारी गराएको छ ।