Author: Amrit Baskune

चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरला नाकामा औद्योगिक क्षेत्र विकास गर्न नेपाल चीन सरकारसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले २०२५ देखि ०२९ सम्मका लागि विभिन्न विकास योजना सम्बन्धी हुने सम्झौतामा मुस्ताङ र तिब्वतको सिमानामा रहेको नाकाको नेपालतर्फ पनि औद्योगिक क्षेत्र बनाउने महत्वपूर्ण प्रस्तावमा हस्ताक्षर गर्ने खवरले उत्साहित भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए । अहिलेसम्म नेपालतर्फ पूर्वाधार न्यून रहेको अवस्थामा चिन सरकारको सहयोगले पूर्वाधार विस्तार सहित थप आर्थिक कारोबार बढ्नेमा मुस्ताङी आशाबादी छन् । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रमणमा हुने सम्झौता सहित महत्वपूर्ण जानकारी…

Read More

म्याग्दी– राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीले कपडा बैंकलाई लत्ताकपडा सहयोग गरेको छ । बेनी नगरपालिका–६ नम्बर वडाले आफ्नो वडामा गरिब तथा विपन्न समुदायलाई लक्षित गरेर स्थापना गरेको कपडा बैंकमा जाडो र गर्मी समयका लागि उपयुक्त हुने कपडाहरु हस्तान्तरण गरिएको हो । लोकदोहोरीगीत प्रतिष्ठान म्याग्दीको वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले व्यक्तिगत सहयोगमा कार्यालयमा उपलब्ध गराएको कपडालाई शनिवार बालाचतुर्दशी पर्वको अवसर पारेर बेनी नगरपालिका ६ नम्बर वडालाई हस्तान्तरण गरिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष धुर्व जिसीले बताउनुभयो । उक्त कपडाहरु वडा अध्यक्ष कृष्णसिङ बानियाँलाई हस्तान्तरण गरिएको छ । बेनपा–६ मा खोलिएको कपडा बैंकमा जाडोका लागि न्यानो कपडाहरु ज्याकेट, कोट, थर्मोसेट,…

Read More

अस्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय साइटहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गर्दै बिहीबार १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियमहरू पारित गरेका छन् । विधेयकलाई अब दुवै संसदीय सदनहरूलाई द्विदलीय समर्थनका साथ पारित गरेको छ र सामाजिक सञ्जाल कम्पनीहरूले चाँडै युवा किशोरहरूलाई खाता खोल्नबाट रोक्न ‘उचित कदम’ चाल्ने अपेक्षा गरिएको छ । ऐनको पालना नगरे पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिबाना तिर्नुपर्ने कम्पनीहरूले ऐनलाई ‘अस्पष्ट’, ‘समस्याग्रस्त’ र ‘हतार’ भनेर वर्णन गरेका छन् । विधेयक बुधबार संसद्को तल्लो सदनबाट र बिहीबार साँझ सिनेटबाट पारित भएको छ । अब यो कानून बन्ने निश्चित छ । केन्द्र–वाम प्रधानमन्त्री…

Read More

 हिमाली जिल्ला म्याग्दीमा गत आर्थिक वर्ष २०८०–८१ मा पाँच जनामा एचआइभी संक्रमण पुष्टि भएको छ । गत वर्ष दुई हजार दुईसय जनाको नमुना परीक्षण गर्दा पाँच जनामा मात्र संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सदरमुकाम बेनीमा एचआइभी एड्ससम्बन्धी लान्छना र भेदभाब विषयक अभिमुखिकरणमा बिहीबार सरोकारवालासँग अभिमुखीकरणका क्रममा उक्त जानकारी गराइएको थियो । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजना र स्वास्थ्य कार्यालय म्याग्दीको समन्वयमा भएको अभिमुखीकरण जिल्लामा एचाआइभी संक्रमितको तथ्य जानकारी गराइएको थियो । साथै एचआईभी एड्स संक्रमितलाई समाजमा गरिने अपमान, भेदभाव र दुव्र्यवहारको विश्लेषण गर्न, दुव्र्यवहार र मानव अधिकारको सम्बन्ध तथा स्थानीयस्तरमा हुने गरेका…

Read More

लायन्स क्लब अप बेनी लभ्लीहिलको आयोजनामा शुरु भएको अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताको पहिलो दिन चार खेल सकिएको छ । पहिलो दिनको खेलमा प्रकाश माध्यमिक विद्यालयलाई शुन्यका बिरुद्ध दुई गोलले पराजित गर्दै न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालय दोश्रो चरणमा प्रवेश गरेको छ । त्यस्तै दोश्रो खेलमा म्याग्दी एकेडेमी सिंगालाई दुई शुन्य गोलअन्तरले पराजित गर्दै बेनी सामुदायीकले दोश्रो चरणमा पुग्दा लिटिल गार्डेन एकेडेमीलाई तीन शुन्य गोलअन्तरले पराजित गर्दै धौलागिरी माध्यमिक विद्यालय सिंगा अगाडी बढेको छ । बिहीबार भएको अन्तिम खेलमा गलेश्वर आदर्श बोर्डीङलाई तीन शुन्यले पराजित गर्दै बेनी बोर्डीङले आफ्नो दोश्रो चरणको ढोका खोलेको छ । छात्राहरुको फुटबल…

Read More

अमृत बास्कुने म्याग्दीको बेनीमा अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताको औपचारीक उद्घाटन भएको छ । छात्राहरुको फुटबल खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय(कक्षा १० सम्म) छात्रा रनिङ शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन भएको हो । फुटबल प्रतिभाको पहिचान गर्ने उद्देश्यले लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३–१५ सम्म हुने प्रथम लायन्स कप अन्तर माध्यमिक विद्यालय(कक्षा १० सम्म) छात्रा रनीङ शिल्ड फुटबल प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच म्याग्दीका प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गर्नुभएको हो । जिल्ला भित्रका १० विद्यालयका छात्राहरुको सहभागिता रहेको उक्त प्रतियोगिताको उद्घाटन गर्दै गर्बुजाले खेलकुद क्षेत्रका विकासको लागि आफ्नो सँधै पहल…

Read More

अमृत बास्कुने वि.सं. २०६० को दशकमा नेपाली सेनाले बेनी–जोमसोम सडक खण्डको पाइलट ट्रयाक खोले सँगै धेरै सम्भावनाहरु पनि खुल्दै आए । यही क्षेत्रमा काम खोज्दै आएकाहरु आफै मालिक बन्दै काम दिने हैसियत सम्ममा पुग्नु भएको छ । पर्यटन तथा यातायातको क्षेत्रमा सहयोगीको भूमिका निर्वाह गरेर थालेको पेशा अहिले अरुलाई रोजगारी दिने अवस्था सम्मको व्यवसाय बन्न पुगेको छ । २०५३ भदौ १३ गते १३ वर्षकै उमेरमा कामको खोजीमा मुस्ताङको घाँसा हुँदै लेतेमा पुग्नुभएका टंकलाल श्रेष्ठको अहिले बेनी नगरपालिका–९ गलेश्वरमा होटल ताजमहल लज एण्ड रेष्टुरेन्ट सञ्चालनमा रहेको छ । नमोबुद्ध नगरपालिका–५ काभ्रेका श्रेष्ठले गलेश्वरमा आफ्नै लगानीमा घर निर्माण गरी व्यवसाय थालेको पनि…

Read More

म्याग्दीको बेनीबजारमा अवस्थित माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले विद्यार्थीलाई चारित्रिक दीप्ति,नैतिक बल र व्यवहारिक ज्ञान प्रदान गर्ने अभियान अन्तर्गत विभिन्न किसिमका कार्यक्रम संचालन गरेको छ । छात्रवासमा रहेका विद्यार्थीहरुलाई दैनिक रुपमा बिहान ५ बजे विद्यालयको हलमा योगा ध्यान सिकाइनुका साथै विभिन्न धार्मिक,ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरुको भ्रमण गराउँदै आएको विद्यालयले विद्यार्थीहरुलाई नैतिक र व्यवहारिक ज्ञान प्रदान गर्नका लागि थप कार्यक्रमहरु आयोजना गर्न लागिएको जनाएको छ । म्याग्दीको शैक्षिक तथा सामाजिक क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल विद्यालयले नियमित पठनपाठन र अतिरिक्त क्रियाकलाप बाहेकका अन्य जीवनोपयोगी र सीपमूलक कार्यक्रमहरु पनि संचालन गर्न लागिएको प्रिन्सिपल राजु केसीले बताउनुभयो । “माउन्ट एभरेष्टको गर्बिलो इतिहासलाई थप…

Read More

अमृत बास्कुने म्याग्दीको पवित्र तिर्थस्थल गलेश्वरधाम सम्म पुग्ने बेनी–गलेश्वर सडक किनारमा लगाइएका बिरुवामा गलेश्वरका युवाले पानी हाल्न थालेका छन् । वर्षा सकिएर हिउँद शुरु भए पछि सुख्खा यामले गर्दा बिरुवा सुक्ने खतरा बढ्न थालेको अवस्थामा युवाहरुले पानी ओसारेर बिरुवामा हालेका हुन् । गलेश्वरमा रहेको होटल याक बेनी प्रालिका बासुदेव सुवेदी र हरि कँडेलले आइतबार बिहान देखि बिरुवामा पानी हाल्न थाल्नु भएको हो । बेनी गलेश्वर सडक किनारमा हरियाली बनाउने उद्देश्य सहि तगत वर्ष म्याग्दी कोरला यातायात प्रालिका चालक काठमाडौंका रुद्र अधिकारीले झण्डै एक लाख रुपियाँको लागतमा तीन सय बिरुवा लगाउनु भएको थियो । करिब एक लाख रुपियाँ लागतमा बिरुवा ल्याए…

Read More

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइतबारदेखि माध्यमिक विद्यालय स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा सुरु भएको प्रतियोगितामा गाउँपालिका भित्रका ११ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रछात्रा तर्फ एथलेटिक्स, कबड्डी र भलिबलको ३० वटा इभेन्टमा ९० वटा पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष भारतकुमार पुनले विद्यालय स्तरमा खेल प्रतिभाको पहिचान र नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाले विद्यालय स्तरमा खेल पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनुभयो । प्रतियोगितामा विजयी हुनेले रनिङ शिल्ड, ट्रफी…

Read More