चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरला नाकामा औद्योगिक क्षेत्र विकास गर्न नेपाल चीन सरकारसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने भएको छ ।
आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले २०२५ देखि ०२९ सम्मका लागि विभिन्न विकास योजना सम्बन्धी हुने सम्झौतामा मुस्ताङ र तिब्वतको सिमानामा रहेको नाकाको नेपालतर्फ पनि औद्योगिक क्षेत्र बनाउने महत्वपूर्ण प्रस्तावमा हस्ताक्षर गर्ने खवरले उत्साहित भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए । अहिलेसम्म नेपालतर्फ पूर्वाधार न्यून रहेको अवस्थामा चिन सरकारको सहयोगले पूर्वाधार विस्तार सहित थप आर्थिक कारोबार बढ्नेमा मुस्ताङी आशाबादी छन् । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रमणमा हुने सम्झौता सहित महत्वपूर्ण जानकारी गराएका हुन् ।
हालसम्म चिन तर्फ भब्य संरचना भएपनि मुस्ताङतर्फ न्यूनतम पूर्वाधार समेत नहुदाँ समस्या भइरहेको छ । मुस्ताङको लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, थासाङ, लोघेकर र दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा तिब्बतको नेचुङ–लिचीसम्म व्यापार गर्न नियमित रूपमा आवतजावत गर्ने गरेपनि भौतिक पूर्वाधार सहित नेपाल सरकारको प्राथमिकतामा नपरेको भन्दै गुनासो गर्ने गरेका थिए ।