७ भदौं २०७३, ढोरपाटन दैनिक 7 Bhadra 2073, Dhorpatan Daily
Author: Amrit Baskune
कृष्णप्रसाद शर्मा यदि एउटा बिदेशी मान्छे सगरमाथामा हरायो भने बिदेशीले उद्दारका लागी जहाजै पठाउँछ । यसको अर्थ कति जिम्मेवार छ राज्य हरेक जनता प्रतिको भन्ने नै हो । हाम्रो समाज आर्थिक सम्पन्ताको आधारमा बिभाजित छ । मान्छे मरेपछि लाश हुने कि पार्थिव शरिर यो समाजले निर्धारण गर्दछ । नेपालमा सडक र हवाई दुर्घटनाका खबर बारम्बार आईरहन्छन् तर हवाई दुर्घटनामा जति मान्छेहरू प्रति जति संवेदनशील र श्रृद्दाञ्जली व्यक्त गर्छन त्यती सडक दुर्घटनामा गर्दैनन् किन कि सडक दुर्घटनामा प्रायः निम्न आर्थिक हैसियत भएकै चढ्छन् । यदि १० बर्षे जनयुद्व र यो बीचको सवारी दुर्घटनाको तथ्याङ हेर्ने होभने सडक दुर्घटनाबाट अझै धेरै मरेको भेट्छौ तर हामी यो मृत्युको…
एमालेका नेता गोकर्ण विष्ट उर्जामन्त्री हुँदा विद्युत महशुल नतिर्ने सिंहदरबारकै विद्युत लाईन काटिएको थियो । उनले विद्युत महशुल नतिर्ने सरकारका विशिष्ठ व्यक्तिहरुको लाइन समेत काटेर एउटा सुखद कामको थालनी गरेका थिए । विद्युत महशुल नतिर्नेको धमाधम लाइन काट्न थालेपछि विष्ट जनताको नजरमा लोकप्रिय बनेका थिए । विष्टको पदचापलाई पछ्याउँदै पुष्पकमल दाहाल नेतृत्व सरकारका उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले पुर्वमुमाबडामहारानी रत्न राज्यलक्ष्मी निवास महेन्द्र मञ्जिलको विद्युत लाइन काटेर त्यसको शुरुवात गरेका छन् । पुर्वमुमाबडामहारानीको विद्युत लाइन काटेपछि त्यसको सकारात्मक र नकारात्मक दुवै टिप्पणी सामाजिक संजालमा आए । लाइन काट्ने उर्जा मन्त्रालयको निर्देशनमा फेरि नेपाल विद्युत प्राधिकरणले जडान गरिदिएको छ । विशिष्ट व्यक्तिलाई आजिवन सुविधाको व्यवस्था गर्दै आएको सरकारले…
बागलुङ, ७ भदौं – विद्यामन्दिर पुस्तकालय बागलुङमा सञ्चालित बाल विकास केन्द्रको व्यवस्थापन समिति पुर्नगठन भएको छ । सोमवार बसेको अभिभावक भेलाले पुस्तकालय अध्यक्ष राजेशचन्द्र राभजण्डारीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ । जसको उपाध्यक्षमा केन्द्रका सहजकर्ता रीता शर्मा रहेका छन् । सदस्यमा उमा सुवेदी, रामप्रसाद उपाध्यय, राम थापा ‘अविरल’, रामचन्द्र शर्मा, गोविन्दप्रसाद वझा, मञ्जु केसी, कृष्णप्रसाद गौतम, पुष्पा सापकोटा, शान्ता पौडेल र शर्मिला पन्त रहेका छन् । सो अवसरमा केन्द्रका बालबालिकालाई ‘टिफिन बक्स’ समेत वितरण गरिएको थियो । भेलामा बोल्दै अध्यक्ष राजेशचन्द्र राजभण्डारीले केन्द्रमा बालमैत्री वातावरण निर्माणको लागि यथाशक्य प्रयासहरु गरिएको बताए । उनले बालबालिकालाई गुणस्तीय सिकाइको अवसर दिन पुस्तकालयले केन्द्रको व्यवस्थापनलाई प्राथमिकतामा राखेको धारणा…
डा. प्रवीन श्रेष्ठ कस्तो टाउको दुखिरहेको छ’ भन्ने मानिस हाम्रा वरपर प्रसस्त भेटिन्छन् । सायदै मान्छे होलान् जसको कहिल्यै टाउको नदुखेको होस् । टाउको दुख्नुका विभिन्न कारण हुन सक्छन् । कुनै कारण सामान्य हुन्छन् त कुनै जटिल । ‘टाउको दुखेको त हो नि’ भनेर लापरबाही कहिल्यै नगर्नु होला । कहिलेकाहीँ तनावले टाउको दुख्नु सामान्य नै हो । तर, टाउको दुख्ने समस्यालाई सधैँ सामान्य ठानेर बस्दा यसले पछि जटिल समस्या पनि निम्त्याउन सक्छ । सामान्य रूपको टाउको दुखाइको समय परिवर्तन हँुदै गयो भने चिकित्सकको सल्लाह लिनुपर्छ । जस्तै, बिहान मात्र दुख्ने टाउको बेलुका पनि दुख्न थाल्यो, कम दुख्ने टाउको बढी दुख्न थाल्यो भने सावधानी अपनाउनुपर्छ । निरन्तर टाउको दुख्ने समस्या…
पर्वत, ७ भदौं – जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालन हुँदै आएका सवारी साधनमा रोक लगाइएको छ । यातयात व्यवस्था विभागबाट जारी सूचना अनुरुप पर्वतका ग्रामीण क्षेत्र जोड्ने सवै सडक सञ्जालमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । सर्वजनिक सवारी सञ्चालन आचारसंहिता अन्तर्गत सञ्चालन नभएको भन्दै यी सडकहरुमा सवारी साधनमा रोक लगाइएको हो । सवारी साधन रोक लगाइएपनि अर्को व्यवस्था जारी नभएसम्मका लागि अत्यावश्यक स्थानमा सवारी सञ्चालन गर्न अनुमति दिने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासेनीले जानकारी दिए । पर्वत सदरमुकाम कुश्माबजारबाट विभिन्न ३३ ग्रामीण सडकहरुमा विना इजाजत सवारी सञ्चालन हुँदै आएका छन् । सोमबार प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासेनीको अध्यक्षतामा बसेको जिल्ला यातयात व्यवस्थापन समितिको बैठकले यातयात…
काठमाडौं, ७ भदौ – सरकारले आगामी चैतभित्रै स्थानीय निकाय निर्वाचन गर्ने बताइरहे पनि स्थानीय निकाय पुनर्संरचनालगायत विषयमा प्रमुख राजनीतिक शक्तिबीच मतभेद चुलिँदा चुनाव झन्झन् अनिश्चित बन्दै छ। प्रमुख शक्ति मानिएका कांग्रेस, एमाले, माओवादी र मधेसी दल कोही पनि स्थानीय निकाय पुनर्संरचना आयोगको सिफारिसप्रति सहमत छैनन्। उनीहरुले आ–आफ्ना अडान तेर्स्याउन थालेका छन्। यसले चैतभित्रै निर्वाचन गर्ने भन्ने सरकारको भनाइ र दलहरुको निर्वाचनप्रतिको समर्थन दिनप्रतिदिन ‘हावादारी’ साबित हुँदै गएको छ। सबै दल र शक्ति पुनर्संरचनाको एउटै बिन्दुमा सहमत नभएसम्म चुनाव अनिश्चित भएको निर्वाचन आयोगले औंल्याउँदै आएको छ। दलहरुबीच भने अहिलेसम्म यस मुद्दामा कुनै सहमति हुन सकेको छैन। स्थानीय निर्वाचन गर्नुअघि नै स्थानीय तहको पुनर्संरचना…
काठमाडौं, ७ भदौ – रियो ओलम्पिक सुरु हुन अगाडिसम्म धेरैको आशंका थियो, सायद यसपटकको खेलकुद महाकुम्भ पटक्कै सम्झन लायक हुने छैन । डर थियो, कमजोर तयारी र धेरै खाले समस्या कारण रियो ओलम्पिक वास्तवमै ‘खराब उदाहरण’ हुन सक्नेछ । तर यस्तो भएन् । आगामी ओलम्पिक जापानमा आयोजना हुने घोषणासँगै भव्य कार्यक्रमबीच आज बिहान रियो ओलम्पिक टुंगिएको छ । भलै समापन समारोहमा भरिभराउ दर्शक देखिएनन्, पानीले पनि बाधा पुर्यायो । तर जति बेला ओलम्पिक ज्योति निभाइयो, सबैले माने, अपेक्षा गरेभन्दा सफल रह्यो, रियो ओलम्पिक २०१६ । ब्राजिलको सबैभन्दा ठूलो सहर रियो डे जेनेरियो आफ्नो साख जोगाउन सफल रह्यो । त्यसो त…
काठमाडौं, ७ भदौ – चिनियाँ हिरोइन समेत राखेर निर्माण भइरहेको सुपरस्टार सलमान खानको फिल्म ‘टयूबलाईट’ चर्चामा त छ नै, नयाँ खुलास सँगै विवादमा पनि तानिएको छ । गत बर्ष निर्माण भएको हलिउड फिल्म ‘लिटिल ब्वाई’को स्क्रिप्ट चोरी गरी त्यसकै कथामा केही तोडमोड गरी ‘टयूबलाईट’ बनाइएको आरोप र हल्ला भारतीय संचारमाध्यममा छाएको छ । ‘सुल्तान’, ‘बजरंगी भाइजान’, ‘एक था टाइगर’ लगायतका फिल्ममा जमेको सुपरस्टार सलमान र निर्देशक कविर खानको केमेस्ट्रीका कारण पनि निर्माणकै क्रममा प्रतिक्षित फिल्ममा गनिएको ‘टयूबलाईट’ को चर्चा स्क्रिप्ट चोरी प्रकरणले अझै चुलिएको छ । यद्यपि निर्माता/निर्देशकले यो आरोपमाथि कुनै प्रतिक्रिया जनाइसकेका छैनन् । सलमान खानले केही दिनअघि मात्रै…
काठमाडौं, ७ भदौ – नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिस्तरमा चर्चित सुन्दरी प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल’ को आयोजना हुने भएको छ । मेरो लुक्स प्रालिको आयोजनामा आज (मङ्गलबार) होटल ह्यात रिजेन्सीमा उक्त प्रतियोगिता हुने भएको हो । संस्थाले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा ‘मिस ग्रान्ड इन्टरनेसनल–२०१५’ का विजेता क्यायर एलिजावेथ पार्करले नेपालमा पहिलोपटक हुन लागेको यस प्रतियोगितामा आफू निर्णायकका रुपमा सहभागी हुन पाउँदा खुसी लागेको बताए । संस्थाका निर्देशक अनिल बस्नेतले पहिलोपटक आयोजना गर्न लागेकाले प्रतियोगिताको सम्पूर्ण खर्च आयोजक आफैँले बेहोर्न लागेको जानकारी दिए । उक्त प्रतियोगितामा उपाधि जित्ने विजेताले यही अक्टोबरमा अमेरिकाको लस भेगासमा हुने ‘मिस ग्रान्ड इन्टरनेसनल–२०१६’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छन्…