कृष्णप्रसाद शर्मा
यदि एउटा बिदेशी मान्छे सगरमाथामा हरायो भने बिदेशीले उद्दारका लागी जहाजै पठाउँछ । यसको अर्थ कति जिम्मेवार छ राज्य हरेक जनता प्रतिको भन्ने नै हो । हाम्रो समाज आर्थिक सम्पन्ताको आधारमा बिभाजित छ । मान्छे मरेपछि लाश हुने कि पार्थिव शरिर यो समाजले निर्धारण गर्दछ । नेपालमा सडक र हवाई दुर्घटनाका खबर बारम्बार आईरहन्छन् तर हवाई दुर्घटनामा जति मान्छेहरू प्रति जति संवेदनशील र श्रृद्दाञ्जली व्यक्त गर्छन त्यती सडक दुर्घटनामा गर्दैनन् किन कि सडक दुर्घटनामा प्रायः निम्न आर्थिक हैसियत भएकै चढ्छन् ।
यदि १० बर्षे जनयुद्व र यो बीचको सवारी दुर्घटनाको तथ्याङ हेर्ने होभने सडक दुर्घटनाबाट अझै धेरै मरेको भेट्छौ तर हामी यो मृत्युको संख्यालाई सामान्य लाईरहेका छौ किन कि यो बन्दुकको गोली मरेका छैनन् । हरेक बर्ष बाढी, पहरीले जस्तै सवारी दुर्घटनाबाट पनि मानिसहरू मरेका मरैछन् तर हामीलाई एक दुई दिनमात्र यसो बहस भन्ने त्यसपछि कसैलाई मतलब छैन ।
नेपालका अधिकांश सडकहरूको अवस्था नाजुक छ । कच्ची सडकले नै धेरैको ज्यान लिएको छ तरपनि सडकबाहेक अन्य धेरै कारण जसले हाम्रो दुर्घटनामा मृत्यु संख्या थपेको छ । सडकमा दुर्घटना हुन नदिन राज्यले खेल्नु भुमिका प्रथम हो तर नागरिक सचेत नभएसम्म यसको न्युनिकरण संभव छैन । बिकसित राष्ट्रहरू एक बर्षमा कति सावारी साधनलाई सडकमा ल्याउने एउटा निश्चित संख्या र मापदण्ड हुन्छ तर हामी कहाँ कति संख्या भन्ने केही छैन ।
बाटोको स्तर हेरेर सवारी अनुमति दिने गरिन्छ तर हामी कहाँ कच्ची र पक्कीको कुनै भेद छैन । सडकमा पुराना गाडीहरू चल्न दिनु हुँदैनथ्यो तर बषौं देखीका थोत्रा गाडीहरूले हाम्रो प्रमुख सवारीका साधन बनेका छन् । लामो दुरीमा केवल एउटा मात्रै चालक राख्दा कति दुर्घटनाहरू भई रहेका छन् तर राज्यको अनुगमन निकायले दुई चालक अनिवार्य गरेर छड्के गर्न सक्नु पर्छ । उदाहरणको लागी बेलायतमा करीब ५ घण्टाको लामो यात्रामा नेशनल एक्सप्रेस जस्ता बसहरूमा एउटा चालकले करीब आधीबाटो चलाए पछि अनि अर्को चालकले चलाउँछ तर हामी कहाँ १२ घण्टाको लामो समय पनि एउटै चालकले बस चलाएको देखिन्छ ।
नेपालका अधिकांश जिल्लामा सवारीमा सिन्डिकेट छ यो नै आजको प्रमुख कारण पनि हो । हामी बेलाबेलामा देख्छौ दुई तीन बस व्यवसायीहरूको पक्षमा मारामार हुन्छ । यो तोड्ने काम राज्यको हुनुपर्छ तर बिडम्बना राज्यकै मान्छेहरू कतिपय यातायातमा लगानी छ । उनीहरू सिण्डिकेट हटाएर आफ्नो लुट प्रवृतीलाई रोक्न चाहन्न । अघिल्लो साता काभ्रेमा भएको दुर्घटनामा बसको क्षमताभन्दा बढी यात्रुहरू र छतमा अत्याधिक सामानहरू रहेको बुझिन्छ । दिनभरमा त्यो बाटोमा एउटा मात्रै बस चल्न भएपछि यात्रु त्यसैलाई कुर्छन अनि दुर्घटनाको एउटा प्रमुख कारण भारको अन्तुलन नै हो । राज्यले यो रोक्न सकेपनि धेरै दुर्घटना कम हुन्छ तर राज्यले सकेको छैन । सवारीका साधन छिन–छिनमा पाईने ठाउँमा पनि दुर्घना हुन्छन् जहाँ यात्रुले अर्को बस कुर्न सक्छन् र पनि । तर अधिकांश हाम्रो मानसिकता बसमा अटिनअटि चढी हाल्ने गर्छौ । यसमा हामी आँफै सचेत नभएसम्म दुर्घटाको कारण अरूलाई थोपारेर मात्रै पनि हुँदैन ।
नेपालमा सबैभन्दा धेरै दलाली हुने ठाउँ यातायात र मालपोत हो । यातायात बिभागमा लाईसेन्सका लागी जसलाई सहज छ यदि बाहिरको दलाललाई चिन्नु भएको छभने । एकपटक दृष्ट्रिबिहिनलाई समेत लाईसेन्स दिएको थियो यातायात बिभागले यो सबै दलालीले गर्दा हो । ट्रायलमा फेल भएर पनि ९८ प्रतिशतले लाईसेन्स पाउँछन् यो पनि दुर्घटनाको अर्को कारण हो । यदि हामी गाडी चलाउन सक्षम नभएका घुस तिरेर बनाएको लाईसेन्सधारीको गाडीमा छौभने कसरी सुरक्षित हुन्छौ वा हामी आँफै घुसका भर लाईसेन्स बोकेर गाडी हाक्छौ भने खासमा दोषी को ?
यात्रा गर्दा हामी कति सभ्य छौ त्यो पनि सोचौ । चाहे पैदलयात्री हौ वा गाडी चालक हामीले आफ्नो रुटबाट बाहेक पनि हिड्छौ । पैदलयात्रीहरूको बाटो कटाई हेनुस् त हरेक पुलमा भन्दा पुलमुनी ट्राफिक पुलिस राख्नु पर्छ । हामी कहाँ ट्राफिक लाईट देखाउन पुलिस बसेको देख्छौ यो कसको कारण हो अनि दोष केवल राज्यलाई मात्रै लगाउँछौ ।
गाडीहरूको चेकजाँच पनि त्यति प्रभावकारी छैन । केही वर्ष पहिला थानकोटमा एउटा चेकजाँचमा बस चालकलाई लाईसेन्स नभएको भनेर गाडी रोकेर झारियो, बसको पछाडी लगेर घुस स्वरुपको केही रकम दिए पछि त्यही चालकले बर्षको यात्रा गरायो । यो भएपछि यात्रामा यात्रु मात्रै अनुशासित भएर नपुग्ने देखिन्छ । ग्रामिण सडक निर्माणमा हरेक गाउँमा बासँका गराला पसारेर पैसा उठाएका हुन्छन र भन्छन् यो पैसा सडक सुधारका लागी हो तर खोई हामीले त्यो पैसा प्रयोग गरेर सडक सुधारेको देखेका छौ ? यसरी पनि सडक कमजोर हुँदै जान्छन् र दुर्घटना भएका छन् ।
अन्त्यमा, सडक दुर्घटनाको कारण कुनै एउटा बिशेष नभएपनि सिण्डिकेट प्रमुख होभने हामी सबैको लापरवाही, घुसखोरी र नियम मिचाहा प्रवृती अन्य कारण रहेको हुँदा । जनता सबै सचेत हुन जरुरी छ । यो सबैको पहलमा मात्र न्युन हुन सक्छ नत्र एकले अर्कोलाई दोष लगाएर मात्रै बसे जनतालाई मार्ने ज्यानमाराको सबै मतीयारबाहेक केही हुन सक्दैनौ !