युवा ज्यो. सूर्य पौडेल मेष: मानसिक अशान्ति हुने, यद्यपि ख्याति फैलने, सातान्तमा अनुकूल समय रहेको छ । बृषः यात्रामा अनेकानेक विध्नबाधा खडा हुने, घरमा नवीन चहलपहल छाउने, आर्थिक लाभ प्राप्त हुने । मिथुनः आरोग्यतामा थप वृद्धि हुने, स्वजनसँगै वैचारिक द्वन्द्व उत्पन्न हुने, चिन्ता बढ्ने समाचार सुन्नुपर्ने । कर्कटः आर्थिक कारोबारमा घाटा व्यर्होनुपैर्ने, कार्यमा सिद्धि, पेट वा कम्मार पीडा हुने । सिंहः नयाँ कार्यक्षेत्रको लगानी शुभ, मानसिक असन्तोष हुने, आरोग्यतामा वृद्धि हुने । कन्याः आफन्तबाटै घातप्रतिघात, स्वास्थ्यस्थिति अनूकुल, आर्थिक कारोबारमा घाटा व्यहोर्नुपर्ने । तुलाः आफन्तजनसँग रमाइलो भेटघाट हुने, नसोचेको ठाउँमा धननाश हुने, पारिवारिक साथ प्राप्त । वृश्चिकः आँटेका कार्य अधुरै रहने, शुभ समाचार सुन्न पाइने, सामाजिक स्थानमा खलबलब आउने ।…
Author: Amrit Baskune
बागलुङ, १४ भदौ – कवि एवम् पत्रकार ओमप्रसाद घायललाई ‘स्मृति युवा सम्मान–२०७३’ प्रदान गरिने भएको छ । नेपाली भाषा, साहित्यको उत्थान र प्रवद्र्धनमा निर्वाह गरेको भूमिकाको कदर गर्दै घायललाई सम्मान गर्न लागिएको स्मृति प्रकाशन बागलुङका सचिव राम थापा अविरलले बताए । प्रकाशनका अध्यक्ष काजी रोशनका अध्यक्षतामा सोमवार बसेकोे बैठकले सो निर्णय गरेको हो । जिल्लाको पैयुँपाटा–३ मा जन्मेर हाल पर्वतलाई कर्मथलो बनाउनुभएका घायल पत्रकारिकतासँगै साहित्य रचनामा पनि उत्तिकै क्रियाशील छन। घायलको ‘कुरुक्षेत्रको पर्खालभित्र–२०५८’ र ‘शोकधुनको बाँकी अंश–२०५९’ कविता कृति प्रकाशित छन्। घायल पर्वतस्थित रेडियो शालिग्रामका स्टेशन म्यानेजर हुन। मोती जयन्तीका अवसर पारेर बिहीबार घायललाई सो सम्मान प्रदान गरिने अध्यक्ष रोशनले बताए ।
काठमाडौं, १४ भदौ – ‘प्यान्जेया पोयट्री स्ल्याम’ मा नेपाली कवि रुपेश भट्टराई विजेता बनेका छन्। युट्युबमार्फत् आयोजना गरिएको यस अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालसहित फ्रान्स, बेलायत र अमेरिकाका चार कवि पनि विजेता घोषित भएका छन्। एक महिनाभित्र चारवटा कविता भिडियोसहित युट्युबमा अपलोड गर्नुपर्ने यस प्रतियोगिताको नियम हुन्छ। युट्युबमा भएको भ्युज र लाइकको आधारमा जुरीले उत्कृष्ट १० छान्छन् र अन्तिममा पाँच जना विजेता बन्छन्। जसमा रुपेश पाँचमध्ये एक विजेता कवि हुन्। बेलायतबाट सञ्चालित हालसालै सम्पन्न प्रतियोगितामा विजेता बनेका भट्टराईले तीन सय पाउन्ड पुरस्कार पाउनेछन्। प्रतियोगिताका लागि संसारका थुप्रै देशका कविले भाग लिएका थिए। नेपालबाट पनि रुपेशबाहेक केही कवि सहभागी भएका थिए तर प्रतियोगिताको नियमअनुसार…
तत्काल साढे ८८ अर्ब लगानी गर्न तयार विकास थापा काठमाडौं, १४ भदौ – विभिन्न वित्तसंस्था र ठूला कोष रहेका संस्थाले आन्तरिक पुँजीबाट तत्काल ६ सय मेगावाटबराबरको आयोजनामा लगानी गर्न सकिने जानकारी सरकारलाई दिएका छन् । उनीहरूले तत्काल ८८ अर्ब ६० करोड रुपैयाँ जलविद्युत्मा लगानीका लागि तयारी अवस्थामा रहेको बताएका छन् । यी संस्थाले हरेक वर्ष जलविद्युत्मा मात्रै ५४ अर्ब ६० करोड रुपैयाँका दरले थप लगानी गर्न सकिने विवरण ऊर्जामन्त्री जनार्दन शर्मालाई दिएका हुन् । यो रकमबाट हरेक वर्ष ३६० मेगावाटको आयोजना निर्माण गर्न पुग्छ । चार सय मेगावाटको जलाशययुक्त नलसिंह गाड जलविद्युत् आयोजनाको कुल लागत ६४ अर्ब हुने प्रक्षेपण गरिएको छ…
सरकार स्थानीय निर्वाचन नगराउने खेलमा लागेको एमाले आरोप काठमाडौं, १३ भदौ-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार स्थानीय निर्वाचन नगराउने खेलमा लागेको आरोप लगाएको छ । ‘पूर्ववर्ती सरकारले साविक स्थानीय निकायको अन्तरिम चुनाव गर्न खोज्दा तत्कालिन प्रतिपक्ष (कांग्रेस) ले स्थानिय निकाय पुर्नसंरचना गरेरमात्र नयाँ स्थानीय तहको चुनाव गर्नुपर्छ भन्यो,’ संसदको बैठकमा सोमबार विशेष समयमा बोल्दै एमाले सांसद रविन्द्र अधिकारीले भने- ‘आज फेरी स्थानिय तहको होइन, साविक स्थानिय निकायको चुनाव गरौ भन्न थालिएको छ । यो चुनावै नगराउने खेल हो । यसले संविधान कार्यान्वयनमा व्यवधान खडा गर्छ ।’ राजनीतिक अस्थिरता र खिचातानीका कारण स्थानिय चुनाव नभएको १९ वर्ष भइसकेको छ । १८…
काठमाडौं, १३ भदौ -संचारकर्मी एवं गायिका सुष्मा राईले ‘नबाँडन त्यो मन’ गीत सांगीतिक बजारमा ल्याएकी छन्। आफ्नै गीत र स्वरमा बाहिर आएको सो गीतको भिडियोको निर्देशनका साथै मोडलिङ पनि आँफैले गरेकी सुष्माको गीतमा अव्यक्त प्रेमको भाव समेटिएको छ । नयाँ प्रविधिबाट निर्मित गीत ‘इलेक्ट्रो पप’ शैलीको हो। यसमा पश्चिमा संगीत र नेपाली स्थानीय सारंगीका साथै तबला मिसाएर फ्युजन गरिएको छ। इमेज एफएम ९७.९ की आरजे सुष्माले पहिलो गीतबाट आँफू निकै उत्साही भएको र यसले आगामी दिनमा संगीतमा लाग्न अझ ठूलो प्रेरणा मिलेको बताइन् । ‘संगीत मेरो नसानसामा छ। कार्यक्रम पनि संगीतकै बढी हुने भएकाले आफूले किन नगाउने भनेर गाएकी हुँ,’…
जान आउन बिजनेस क्लास टिकट, दैनिक ३ सय अमेरिकी डलर भत्ता काठमाडौं १३ भदौ – सरकारले पूर्वराष्ट्रपति डा.रामवरण यादबलाई अमेरिकामा थप उपचार गर्न ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ। यो बाहेक उनलाई अमेरिका जान आउन बिजनेस क्लास टिकट, दैनिक ३ सय अमेरिकी डलर भत्ता दिने निर्णय गरेको छ। सरकारले पूर्वराष्ट्रपति यादबका तीन सहयोगीहरुलाई समेत सुविधा दिने निर्णय गरेको छ। तीन जना सहयोगीलाई दैनिक १५० डलर भत्ता तथा टिकट खर्च दिने निर्णय भएको छ। सरकारले थप ६० लाख रुपैयाँ दिने निर्णय गरेको हो । यो रकम पेश्की मात्र हो । यादवको सबै उपचार खर्च सरकारले नै व्यहोर्नेछ । चिकित्सकहरुका अनुसार यादवको…
पत्रकार महासंघ शाखा एशोसियट पदाधिकारी भेला काठमाडौं १३ भदौ – सरकारले साउन १ गतेदेखि पत्रकारको हालै बृद्धिभएको न्यूनतम पारिश्रमिक कार्यान्वयन भएको बताए पनि अधिकांश पत्रकारले बृद्धि भएको तलब सुविधा आफुले प्राप्त नगरेको बताएका छन् । निजी सञ्चारमाध्यममा कार्यरत पत्रकारसँगै सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारले समेत सो सुविधा नपाएको गुनासो गरे । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, काठमाडौं उपत्यकास्थित जिल्ला शाखा, प्रतिष्ठान शाखा तथा एशोसियट संस्थाका पदाधिकारीहरूसँगको भेलामा पत्रकारले त्यस्तो गुनासो गरेका हुन् । भेलामा सहभागी शाखा तथा एशोसियट संस्थाका पदाधिकारीहरूले गरेको रिपोर्टिङ समेतका आधारमा भेलाले अधिकांश सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार ऐनले निर्दिष्ट गरेका श्रमजीवी पत्रकार,…
बागलुङ, १३ भदौ – नेपाल पत्रकार महासंघले अगाडि सारेको सूचना केन्द्र निर्माणको अभियानलाई महासंघका सदस्य तथा पत्रकार अर्जुन लामिछानेले सहयोग गरेका छन् । रोजगारीका लागि जापान गएका लामिछानेले आफ्नो जन्म दिनको अवसरमा गर्ने खर्च जोगाएर २० हजार रुपैयाँ महासंघलाइ सहयोग गरेका हुन् । उनले सहयोग स्वरुप संकलन गरेर पठाएको रकमलाइ लामिछानेकी बहिनी लक्ष्मीले नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीलाइ एक कार्यक्रमका बिच हस्तान्तरण गरेकी थिइन् । उक्त अवसरमा उनले रोजगारीका लागि विदेशमा भएपनि महासंघको अभियानमा सहयोग गर्ने प्रतिवद्धता जनाएर पठाएको रकमलाइ हस्तान्तरणका लागि ल्याएको बताइन् । कार्यक्रममा अध्यक्ष राजभण्डारीले सुविधा सम्पन्न सूचना केन्द्र बनाएर पत्रकारलाइ नियमित समाचार पठाउने व्यवस्था समेतमा सहयोग गर्ने…