Author: Amrit Baskune

काठमाडौं, १६ भदौ – प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जापानका विदेश राज्यमन्त्री नोबु किसाइले बुधबार प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गरे । सो अवसरमा प्रधानमन्त्री दाहालले जापानले गर्दै आएको सहयोगको सरहाना गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका थिए । प्रधामन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले नेपाल संविधान जारी गरेसँगै मुलुक स्थिरता र विकासको बाटोमा अगाडि बढेको उल्लेख गर्दै विकास निर्माणमा सघाउन आग्रह गरेका थिए । प्रधानमन्त्री दाहालले काठमाडौँ–नौबिसे सुरुङ मार्ग निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले त्यसमा जापान सरकारको सहयोगको अपेक्षा गरेका थिए । जापानका राज्यमन्त्री नोबु किसाइले नेपालले संविधान घोषणा गरेकोमा बधाई ज्ञापन गर्दै…

Read More

चेतना भया भरत बागलुङे कहिलेकाहिँ स्तम्भ लेख्न बस्दा किन किन किबोर्डमा औँलाहरु चल्नै मान्दैनन् । ती स्थिर र थप्प बसिदिन्छन् । मनमा उठेका विचारका सुनामीहरु ती एकाएक हराउन पुग्छन् र पीडाका उफानहरु उठ्न पुग्छन् । पीडाले आक्रान्त हुन पुग्छ मन र आँखा अगाडि सादृष्य हुन आउँछन् अथाह दुःखले व्याकुल ती मान्छेहरु जो पुर्खौली दुःख र आँसुको इतिहास बनाएर यो धरामा मुक्तिको आशामा बाँचिरहेका छन् । शासकका खुशी नै तिनका खुशी । शासकका पीडा नै तिनका पीडा ती जीवनका नाउँमा यातना भोगी रहेका छन् । जीवनको नाउँमा ती दुःख र पीडा खेपी रहेका छन् । साँच्चि एकबारको नाथे चोला तिनको लागि बाँच्नु पनि अपराध र मर्नु पनि अपराध…

Read More

बागलुङ बजारमा अहिले सवारी साधनको चाप निकै बढ्दो छ । बढ्दो सवारीको चापसंगै ट्राफिक व्यवस्थापनमा समस्या भएको छभने पैदल यात्रुलाई समेत आवतजावतमा समस्या सिर्जना भएको छ । यातायात व्यवसायीबीच बढ्दै गएको प्रतिष्पर्धा र सवारी साधनप्रति नागरिकको आर्कषण बढ्दा साँघुरो बागलुङ नगरमा यातायातका साधन बढ्दै गएका छन् । ट्राफिक जामकै कारण यात्रुले तनाव झेल्नुका साथै पैदलयात्रुलाई समेत हैरानी हुने गरेको छ । ट्राफिक जामको समस्या पूर्णरूपमा नियन्त्रण गर्न निकै कठिन हुने भएपनि केही सरल उपाय अपनाएमा निकै हदसम्म यो समस्याबाट मुक्ति पाउन सकिन्छ । ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउनको लागि बजारमा ट्राफिक संकेतको व्यवस्था गरेपनि त्यसको पुर्ण रुपमा पालना गरेको भने देखिदैन । बजारमा सुविधा सम्पन्न पार्किङको व्यवस्था…

Read More

बागलुङ, १६ भदौ – पश्चिम क्षेत्रकै अग्रणी सहकारी संस्थाका रुपमा स्थापित पोखरा रोयल सहकारी संस्था लिमिटेड कास्की पोखराले स्थापना गरेको रोयल क्षेत्रीय सहकारी पत्रकारिता पुरस्कार २०७२ बाट बागलुङका पत्रकार रामबहादुर जि.सी. पुरस्कृत हुने भएका छन् । पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको विकासमा पु¥याएको योगदान कदर गर्दै जिसीलाई रोयल क्षेत्रीय सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको संस्थाले जनाएको छ । संस्थाको साउन २७ गते सम्पन्न सञ्चालक समितिको बैठकले यस वर्षको सहकारी पत्रकारिता पुरस्कार जिसीलाई प्रदान गर्ने निर्णय गरेको संस्थाका सचिव तथा प्रवन्ध सञ्चालक भीमबहादुर गुरुङले जानकारी दिए । भदौ २५ गते शनिवार आयोेजित पोखरा रोयल सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभामा नगद ५ हजार ५…

Read More

बागलुङ, १६ भदौ – अमर आदर्श आवसिय उमावि बागलुङले उत्कृष्ट जीवनका लागि खेलकुद भन्ने नाराका साथ भदौ २४ देखि अमर आदर्श स्पोर्टस ट्रफी २०७३ गर्ने भएको छ । विद्यार्थीहरुको शारिरिक एवं चारित्रिक विकासका अतिरिक्त विद्यार्थीहरु र विद्यालयहरु विच सुसम्बन्ध कायम गर्ने उद्देश्यले उक्त प्रतियोगिता सुरु गरेको विद्यालयका भाइस प्रिन्सिपल कमल पन्तले बताए । उनले जिल्लामा राम्रा फुटबल खेलाडी उत्पादन गरी राष्ट्रिय प्रतियोगितामा बागलुङ जिल्लालाई बलियो टिम निर्माण गर्नमा सहयोग प¥याउने बताए । उक्त प्रतियोगिताको विजेता टिमलाई १२ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेतालाई ६ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्रले पुरस्कृत गरिने भएको छ । यस्तै उक्त…

Read More

ज्यो. सूर्य पौडेल २०७३ भाद्र १६ बिहीबार, कुशे औशी १ सेप्टेम्बर २०१६ तपाईको आज मेष– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने । वृष– स्वजनसँगै वैचारिक द्वन्द्वपर्ने । मिथुन– मनमा प्रसन्नताको बहार छाउने । कर्कट– आँखामा कष्ट वा कुनै समस्या देखिने । सिंह– आदर–सत्कार प्राप्त हुने । कन्या– आफन्तबाटै घातप्रतिघातको योग । तुला– धन, जमिन लाभको योग । वृश्चिक– स्वास्थ्यस्थिति अनुकूल प्रायः रहने । धनु– व्यापार व्यवसायमा असन्तुलनता । मकर– अनायासै स्वास्थ्यमा प्रतिकूलता । कुम्भ– मनमा शान्ति, मुहारमा कान्ति छाउने । मीन– बस्त्र, उपहार, धनलाभको योग ।

Read More

काठमाडौं, १६ भदौ – प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज (बिहीबार) देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । दिवङ्गत पितालाई तर्पण, सिदादान र श्राद्ध गरेर एवम् पिताप्रति आदर सम्मान साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइँदैछ । दिवङ्गत पिताका नाममा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदादान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए । गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुराली तर्फका तीन–तीन पुस्ताका पितृले मोक्ष पाउने…

Read More

गोपीकृष्ण ढुंगाना  काठमाडौं,१६ भदौ – सरकारले भारतसँग सीमा जोडिएका जिल्लाका सदरमुकाम भएका १८ नगरपालिकालाई आर्थिक एवं व्यावसायिक केन्द्रका रूपमा विकास गर्ने भएको छ । चालू आर्थिक वर्षदेखि सुरु गर्न लागिएको सघन सहरी विकास कार्यक्रम सञ्चालन गरी पूर्वाधारमा विशेष विकास गर्न यो कार्यक्रम ल्याइएको हो । यसका लागि सरकारले पहिलो वर्ष ५० करोड रुपैयाँका दरले ९ अर्ब र चार वर्षभित्र ३६ अर्ब रुपैयाँ खर्चिन लागेको हो । नगरपालिका घोषणा गरिएका तराई मधेसका जिल्ला सदरमुकाम भद्रपुर, विराटनगर, इनरुवा, राजविराज, सिराहा, जनकपुरधाम, मलंगवा, जलेश्वर, गौर, कलैया, वीरगन्ज, परासी, सिद्धार्थनगर, तौलिहवा, नेपालगन्ज, गुलरिया, धनगढी र महेन्द्रनगरलाई आर्थिक र व्यावसायिक केन्द्रका रूपमा विकास गर्न लागिएको…

Read More

काठमाडौं,१६भदौ – नेपाली सेना पुन:संरचना गर्न गठित कार्यदलले सेनाको हालको संख्या ५ वर्षसम्म यथावत् राख्न प्रस्ताव गरेको छ । सेनामा हाल ९६ हजार ६ सय १५ दरबन्दी छ । पूर्वरक्षा सचिव वामनप्रसाद न्यौपाने नेतृत्व कार्यदलले ५ वर्षसम्म संख्या यथावत् राख्ने र ५ वर्षभित्र गरिने सामरिक सुरक्षा पुनरावलोकनपछि मात्र संगठनात्मक सुधारका कार्य गर्न सरकारलाई सुझाएको हो । कार्यदलले ४ महिनाअघि सरकारलाई बुझाएको सेना पुन:संरचनाको खाकामा ‘सुरक्षा संवेदनशीलताकोविद्यमान अवस्थाका कारण नेपाली सेनाको हाल कायम दरबन्दी ५ वर्षसम्म नघटाउने/नबढाउने’ उल्लेख गरिएको छ । कार्यदलले नेपालको संविधान २०७२ पूर्ण रूपमा कार्यान्वयन नभएसम्म राजनीतिक स्थायित्व प्राप्त हुने सम्भावना कम रहेकाले राष्ट्रिय सुरक्षामा चुनौतीहरू बढ्ने क्रम…

Read More