Author: Amrit Baskune

एजेन्सी/पाकिस्तानका वहाब रियाज एकदिवसीय क्रिकेटमा रन खर्चिने मामिलामा एसियाली देशका सबैभन्दा महंगा बलर बन्न पुगेका छन् । गत मंगलबार इङ्ल्यान्डविरूद्धको तेस्रो एकदिवसीयमा उनले १० ओभरको पूर्ण स्पेलमा १ सय १० रन खर्चिएपछि उनी एसियाको सबैभन्दा महंगो बलर साबित भएका हुन् । यसअघि यो कीर्तिमान भारतका तीब्र बलर भुवनेश्वर कुमारको नाममा थियो। गत वर्ष २५ अक्टुबरमा दक्षिण अफ्रिकाविरूद्ध मुम्बईमा सम्पन्न खेलमा भुवनेश्वरले १० ओभरमा १ सय ६ रन खर्चेका थिए । उनले त्यतिबेला पहिलो ओभर मेडन गर्दा गर्दै पनि बाँकीको ९ ओभरमा १ सय ६ रन खर्चिनु परेको थियो । पाकिस्तानविरूद्धको खेलमा इङ्ल्यान्डले बिस्फोटक ब्याटिङ गरेको थियो, जसका कारण घरेलु टोलीले कीर्तिमानी ४ सय ४४…

Read More

काठमाडौं, १७ भदाै- कुशेऔंसीका दिन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका प्रधानमन्त्री पुष्पकमल दाहालले भने, ‘मेरा लागि आमा पनि तपाईं, बुवा पनि तपाईं, आजको दिन तपाईंको मुख हेरिहालें, अब पुग्यो ।’ शीतल निवासमा मुलुकुको विद्यमान परिस्थितिबारे राष्ट्रपति भण्डारीलाई नियमित जानकारी दिने उद्देश्यसाथ बिहानै पुगेका प्रधानमन्त्री दाहालसँग भण्डारीले सोधिन्, ‘आज कुसेआंैसी, पिताको मुख हेर्ने दिन, तपाईंले मनाउनुभयो कि भएन ? ‘ प्रत्युत्तरमा दाहालले भने, ‘राष्ट्रपति मुलुकको अभिभावक भएको र कुशेऔंसी, मातातीर्थ औंसीको उद्देश्य अभिभावकको सम्मान भएकाले मैले तपाईंको मुख हेरेर मनाएँ ।’ दाहालको कूटनीतिक जबाफपछि राष्ट्रपति मुस्काइन् । प्रधानमन्त्री दाहालले राष्ट्रपति भण्डारीसँग कूटनीतिक व्यवहार प्रदर्शन गर्दै आफ्ना लागि राष्ट्रपतिभन्दा ठूलो अभिभावक अरू…

Read More

काठमाडौं, १७ भदाै-आन्तरिक उडानको वायुसेवा कम्पनी सीता एयर बिक्री भएको छ । विराटनगरका व्यापारी सुरेश राठीसहितको समूहले यो वायुसेवाको पूर्ण स्वामित्व खरिद गरेको छ । यो वायुसेवा खरिद बिक्री सम्बन्धमा दुई महिना अगाडिनै सीता एयर र राठी समूहबीच सम्झौता भए पनि औपचारिक रुपमा स्वामित्व परिवर्तन गर्न अझै केही समय लाग्ने भएको छ । राठीले अर्का एक व्यवसायीसँगको सहकार्यमा सीता एयर खरिद गर्न लागिएको जानकारी दिए । निजी लगानीको सीता एयर ५५ करोडमा आफूले खरिद गरेको राठीले बताए । एयरमा आफूले लगानी गरेको भए पनि साइलेन्ट पार्टनरका रुपमा बस्न चाहेको र हवाई क्षेत्रकै एक जना यो वायुसेवामा हुने भएकाले कुनै हल्ला नगरिएको…

Read More

सन्तोष गौतम म्याग्दी १६ भदौ – म्याग्दीका डाक्टर मिनबहादुर श्रेष्ठलाई सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले म्याग्दीको सिङ्गा घर भएका श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैङ्कको बहालवाला कार्यकारी निर्देशक श्रेष्ठ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रस्तावमा योजना आयोगको उपाध्यक्षमा नियुक्त भएको नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक गोविन्द पौडेलले बताए । ‘लामो समय बैङ्कीङ क्षेत्रमा काम गरेका श्रेष्ठ योजना आयोगको उपाध्यक्ष हुनु म्याग्दी र यस क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हो’ पौडेलले भने, ‘अहिलेको सरकारले म्याग्दीलाई दिएको अवसर र सम्मान हो ।’ माओवादी निकट श्रेष्ठ साहीत्यीक क्षेत्रमा मिन दन्द्धीको नाममा चिनिन्छन् । म्याग्दीमा माओवादीको…

Read More

काठमाडौं, १६ भदौ – सरकारले दुई छिमेकी मुलुक चीन र भारतका लागि राजदूतको सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि पूर्व मूख्यसचिव लीलामणि पौडेललाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए। भारतका लागि राजदूत सिफारिस भएका उपाध्याय पूर्व राजदूत हुन्। उनलाई अघिल्लो सरकारले राजदूतबाट फिर्ता बोलाएको थियो। बैठकले डा. मिनबहादुर श्रेष्ठलाइ योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको कार्कीले बताए। मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा. ऋषि अधिकारी र आर्थिक सल्लाहकारमा डा. श्रीराम पौडेललाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए।

Read More

एकराज पाठक नेपाल पत्रकार महासंघको अघिल्लो कार्यकालको एउटा साधारणसभा भएको थियो पोखरामा । प्रमुख अतिथि हुनुहुन्थ्यो तत्कालीन कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा । उहाँले कार्यक्रमको उद्घाटन भाषणमा भन्नुभएको थियो, सबैले पत्रकारलाई राज्यको चौथो अंग भन्छन् तर मत भन्छु यो पहिलो अंग हो । त्यस बखत त्यहाँ उपस्थित भएका हामी सबै पत्रकार हाँस्यौँ र कति त हामी खुसीले गद्गद् पनि भयौँ । किनभने त्यो उपमा हामीलाई अरुले नभएर मुलुकका प्रधानन्यायाधीशले दिइरहेका थिए । मुलुकको प्रधानन्यायाधीशले दिएको त्यो उपमा कुनै अवैधानिक थिएन र कुनै चुनावी भाषणका क्रममा नेताले दिएको जस्तो नक्कली आश्वासन पनि थिएन । तर त्यसको केही समयमात्र पछि मुलुकको कार्यकारीणी र न्यायपालिकाको प्रमुख एउटै व्यक्ति हुनुहुन्न भनी…

Read More

प्रकटकुमार शिशिर नवलपरासीको सुस्तादेखि उपल्लो मुस्ताङको कोरला नाकासम्म २१ हजार वर्ग किलोमिटर फैलिएको प्रस्तावित प्रदेश नं. ४ मा अनेकन सम्भावनाहरु रहेका छन् । हिमालबाट बगेर तराईतिर जाने पानी कै कारण झन यो प्रदेश भविष्यका लागि ‘सुपर प्रदेश’ हुने देखिन्छ । अहिले नै बगिरहेको पानीबाट देशलाई अन्धकार हुनबाट जोगाउन यहि प्रदेशले सबैभन्दा बढि जलविद्युत उत्पादन गरेर आपूर्ति गरिरहेको छ । गोरखा, मनाङ, लमजुङ, तनहुँ, कास्की, मुस्ताङ, पर्वत, स्याङजा, म्याग्दी, बाग्लुङ र नवलपरासी को हिमाल र पहाडका ११ जिल्ला समेटिएको प्रदेश नं ४ मा जलविद्युतको भण्डार नै रहेको छ । यसमा अहिले ३० वटा जलविद्युत आयोजनाहरु रहेका छन् । अहिले नै जलविद्युतमा आत्मनिर्भर रहेको यो प्रदेशमा मुलुकमै…

Read More