सन्तोष गौतम
म्याग्दी १६ भदौ – म्याग्दीका डाक्टर मिनबहादुर श्रेष्ठलाई सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले म्याग्दीको सिङ्गा घर भएका श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैङ्कको बहालवाला कार्यकारी निर्देशक श्रेष्ठ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रस्तावमा योजना आयोगको उपाध्यक्षमा नियुक्त भएको नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक गोविन्द पौडेलले बताए ।
‘लामो समय बैङ्कीङ क्षेत्रमा काम गरेका श्रेष्ठ योजना आयोगको उपाध्यक्ष हुनु म्याग्दी र यस क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हो’ पौडेलले भने, ‘अहिलेको सरकारले म्याग्दीलाई दिएको अवसर र सम्मान हो ।’
माओवादी निकट श्रेष्ठ साहीत्यीक क्षेत्रमा मिन दन्द्धीको नाममा चिनिन्छन् । म्याग्दीमा माओवादीको संस्थापक मध्यका एक श्रेष्ठ पनि हुन । पाँच वर्षभन्दा लामो समय राष्ट्र बैङ्कको अनुसन्धान विभागको नेतृत्व गरेका श्रेष्ठको यसअघि गर्भनरमा चर्चामा थियो ।
सिङ्गा स्थित धौलागिरी मावि नजिकै जन्मघर भएका श्रेष्ठ हाल काठमाडौमा बसोबास गर्दछन । देशभरका सम्पूर्ण विकास योजना निर्माण र बजेटको सिमाना निर्धारण गर्ने मुख्य निकायमा म्याग्दीको उपस्थितीले जिल्लाको विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
सन १९८८ बाट राष्ट्र बैङ्कमा आवद्ध हुनुभएका श्रेष्ठ आर्थिक अनुसन्धान, तालिम, नतिगित सुझाव तथा रणनिति तर्जुमाका काममा विज्ञ मानिन्छन । उनीसंग २००६ देखि २००९ सम्म साउन ईस्ट एसिया सेन्ट्रल बैक्स रिसर्च एण्ड टे«नीङ सेन्टरको बरिष्ठ अर्थशास्त्रीका रुपमा काम गरेको अनुभव छ ।
सार्वजनिक प्रशासन र राजनितिक शास्त्रमा स्नातकोत्तर, कानुनमा स्नातक गर्नुभएका श्रेष्ठले अस्टे«लीयाको ओलोङगोङ विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारीधी गरेका हुन् । वित्तिय उदारीकरण, मौद्रिक नीति, पँुजी प्रवाह, लगानी, अन्तराष्ट्रिय आप्रवास, गरिवी लगायतका विषयको खोज अनुसन्धानमा संलग्न श्रेष्ठको सात वटा पुस्तकहरु प्रकाशन भैसकेका छन ।
म्याग्दीका श्रेष्ठ योजना आयोगको उपाध्यक्षमा नियुक्त
Previous Articleपौडेल र उपाध्याय चीन र भारतको राजदूत सिफारिस
Next Article ५५ करोडमा बिक्यो सीता एयर