Author: Amrit Baskune

काठमाडौं, २० भदौ  – नेकपा एमाले अध्यक्ष केपी ओली कसैको दबाबमा संविधान संशोधन नहुने बताएका छन् । थाइल्यान्डको बैंककमा स्वास्थ्य जाँच तथा उपचार गराएर सोमबार काठमाडौं फर्किएका ओलीले विमानस्थलमा पत्रकारहरुसँग भने, ‘कसैले गर भन्दैमा संविधान संशोधन हुने होइन । लहड र वहकावमा संविधानमा फेरबदल हुँदैन ।’ उनले संविधान संशोधनको आवश्यकता, औचित्य र कारणबारे सरकार नै स्पष्ट नरहेको बताउँदै भने, ‘पहिले सरकारले संशोधन गर्नुपर्ने औचित्य र कारण स्पष्ट पार्नुपर्यो । अनि बल्ल त्यसमा छलफल चलाउन सकिन्छ ।’ उनले तत्काल संविधान संशोधन गर्नपर्छ भन्ने पक्षमा एमाले नरहेको पनि स्पष्ट पारे। सरकारले मधेसको माग सम्बोधन गर्न भदौंभित्रै संविधान संशोधन विधेयक संसद्‌मा पेस गर्ने तयारी गरिरहेको छ।…

Read More

काठमाडौं, २० भदौ – तीज पर्वलाई हिन्दु नारीहरुले पवित्र पर्वको रुपमा लिन्छन् । मनका पीडा वेदना समेटिएको गीत गाउदै रातो साडी लगाएर मादलको तालमा छमछमी नाँचेर रमाइलो गर्ने परम्परा वर्षौदेखि कायम छ । नेपाली चेलीले यसैगरी ०७३ सालको तीज मनाएका छन् । तर, पछिल्लो समय कतिपय तीजका गीत (भाका, शब्द र भिडियो) ट्रयाकभन्दा बाहिर छन् । त्यति मात्रै हैन, केही तीजको भिडियो स-परिवार बसेर हेर्नसम्म सकिँदैन । ढोका थुनेर एक्लै हेर्नुपर्ने भिडियो कस्तो रहेछ त ? एकपटक नजर लाउने कि ? बेग रानाको शब्द संगीत रहेको ‘चिन्ता लाग्यो’ बोलको तीजको भिडियो परिवारका सदस्य एकै ठाउँमा बसेर हेर्नेखालको छैन । गीतले…

Read More

बालकृष्ण अधिकारी काठमाडौं, २० भदौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएको एक महिना बित्दासमेत सत्तारुढ गठबन्धनले न्यूनतम साझा कार्यक्रम बाहिर ल्याउन सकेको छैन। संविधानप्रति असन्तुष्ट दललाई सहमतिमा ल्याउँदै संविधान कार्यान्वयन गर्ने मूल उद्देश्यसहित साउन २० गते गठन भएको दाहाल नेतृत्वको सरकार सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नसमेत असफल भएको हो। प्रदेश सीमांकनसहितका विषयमा असन्तुष्टि जनाउँदै आएका तराई/मधेसका दललाई संविधानको मूलधारमा ल्याउने र संविधान कार्यान्वयनलाई अघि बढाउने विषयमा सरकारले एक महिनाबीचमा ठोस प्रक्रिया अघि बढाउन सकेन। मन्त्रिपरिषद् विस्तारका साथै सामान्य नीतिगत निर्णय र निर्देशनमै सरकारले एक महिना गुजारेको छ। कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले दाहाल…

Read More

बागलुङ,२० भदौ – बागलुङको बलेवा र पर्वतको कुश्मा बजार जोड्ने बञ्जीजम्प पुलको निर्माण शुरु भएको छ । बञ्जीजम्पका लागी पर्यटक आर्कषित गर्ने उदेश्यले इन्टु द वाइल्ड मल्टीप्रपोज प्रा.लि.ले सो पुलको निर्माण गर्न लागेको हो । १२ करोड रुपैयाँको लागतमा कालीगण्डकी नदीमा निर्माण हुन लागेको पुल पाँच सय ३५ मिटर लम्बाई र दुई सय २५ मिटर उचाईको हुने छ । अहिलेसम्म पुलको इञ्जिनियरिङ, सम्भाव्यता अध्ययान लगायतका काम सकेर पुलका दुबैतर्फका फाउण्डेशन राख्ने काम भईरहेको निर्माण कम्पनीले जनाएको छ । विश्वकै दोस्रो अग्लो बञ्जि पुल हुने भएकाले यो पुलले बाग्लुङ र पर्वतमा प्रशस्त पर्यटकिय सम्भावाना बोकेको निर्माणधिन पुलका संचालक बताउछन । कम्पनीले…

Read More

काठमाडौ, २० भदौ-पूर्वप्रधानमनत्री एवम् एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्माणाधिन फाष्ट–ट्रयाक नेपाल आफैले बनाउनु पर्ने बताएका छन् । उनले नेपाल बाहेक अरुलाई दिदा त्यसले देशको हित नगर्ने भएकोले स्वदेश्ी पूँजी मा नै यो निर्माण गर्नुपर्नेमा जोड दिए । नेपाल निवास कोटेश्वरमा कुराकानी गर्दै उनले यो निर्माणमा विदेशीलाई दिन ठूलो चलखेल भएको बताए । नेपालले यो निर्माण गर्ने जिम्मा विदेशी कम्पनीलाई दिनमा नेपाली कांग्रेस र केही कर्मचारी (ब्युरोक्रेसी) लागेको समेत आरोप लगाए। ‘फाष्ट–ट्रयाक बनाउने निर्णय, शिलान्यास गर्ने काम म प्रधानमनत्री भएको बेला गरेको हुँ।  त्यहि बेला यसको अन्तराष्ट्रिय टेण्डर दिएर यसको डिपिआर तयार गर्ने काम थालियो । तर, सरकार परिवर्तन भएपछि यो…

Read More

छोरी जन्मेकामा चिन्ता गर्ने पुरानो सोच भएकाहरूलाई झापड हान्ने एउटा समाचार आएको छ । छोरीले पनि छोराले जस्तै ठूलठूला उपलब्धि हासिल गर्न सक्छन् भन्ने कुरा यो समाचारले प्रमाणित गरिदिएको छ । भारतको मध्य प्रदेशको रीवा जिल्लामा रहेको एकै परिवारका तीनजना छोरीले अनौठो उपलब्धि हासिल गरेका छन् । तीनैजनाले एक साथ पिएचडी सिध्याएर विश्व कीर्तिमान कायम गरेका छन् । अवधेश प्रताप सिंह विश्वविद्यालयबाट एकै दिन पिएचडीको उपाधि लिएर यी तीनजना दिदीबहिनीले लिम्का बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका हुन् । रीवाको सानो गाउँ रकारियामा बस्ने यी तीन दिदीबहिनीले यही भदौ ११ गते पिएचडीको उपाधि लिएका हुन् । लिम्काले…

Read More

ईश्वर पोखरेल (तीज मनाइरहनुभएका दिदी वहिनीहरूका लागि) तिमी आज उपवास वस्यौ.. भोकै बस्यौ – प्यासै बस्यौ , आफ्नो जीवन साथीका लागि .. आफ्नो दाम्पत्य जीवनको सफलताका लागि उल्लास छरेर बस्यौ ….! समर्पण भावको हिउँचूली बनेर … जीवनको सबैभन्दा खुशीको क्षण मानेर ….! हाँसो र खुशी छरेर बस्यौ , भोक, प्यास र थकानलाई कुल्चदै, हाँसो छरेर बस्यौ, खुशी बाँढेर बस्यौ ..! पटक..पटक तिमीले विश्वास र समर्पणको परीक्षा दिदै आएकीछौ , र, प्रत्येक परीक्षामा उत्तीर्ण हुँदै पनि आयौ… तर परीक्षा दिइरहने- उत्तीर्ण भइरहने, तिम्रो संकल्प भने जारी छ ..! तिम्रो संकल्पको निरन्तरतालाई हृदयदेखि सम्मान चढाउँछु .. र, श्रद्धापूर्वक हात उठाएर सलाम गर्दछु…

Read More

काठमाडौं, १९ भदौ –अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले पूरक बजेट ल्याउने तयारी गरेको बताएका छन्। एक महिनाको अवधिमा आफूले गरेको कामको जानकारी दिन अाइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले सरकारले पूरक बजेट ल्याउने विषयमा गृहकार्य गरिरहेको जनाएका हुन।  उनले सत्तासाझेदार दलसँगको परामर्शपति यस विषमया निर्णय गरिने बताए। चालू आर्थिक वर्षमा एमाले नेतृत्वको सरकारले पूर्ण बजेट ल्याएको थियो। एमाले नेतृत्वको सरकार परिर्वन भएर माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएपछि सरकारले पूरक बजेट ल्याउने तयारी गरेको हो। बीचमा सरकार परिवर्तन भयो भने सरकारले पूरक बजेट ल्याउने अभ्यास छ। पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले भूकम्प पीडितलाई एकमुष्ट रकम दिने विषयमा छलफल जारी रहेको…

Read More

कृष्णराज शर्मा आजकल हाम्रो बागलुङमा सुन पसलको विज्ञापन खुब देख्न पाईन्छ । स्थानीय धौलागिरी टिभीमा स्थानीय समाचार हेर्दा सुनका गहना हेरेपछि मात्र समाचार  हेर्न पाईन्छ । एफएम रेडियोहरूमा पनि सुनलाई सुनेपछि समाचार सुन्न पाईन्छ । सञ्चार माध्यमको टिक्ने आधार भनेकै विज्ञापन भएकाले टिभीले विज्ञापन बजाउनु अनौठो पनि भएन । सुनको विज्ञापन पछि तीजको मेलालाग्दै गरेका र लाग्ने विज्ञापन पनि संगसंगै बज्छन् । त्याहाँपनि महिलाहरू सुनले ढाकिएर नृत्य गरिरहेको देख्छौं । यो पनि अर्कोखाले सुनको विज्ञापन हो । हाम्रा चाडपर्व यसरी भौंतारिए की सुन र फेशन बिना ती चाडपर्व हुनै सक्दैनन् । हाम्रो सँस्कृति नै सुनमा दौडिंदै छ । हिंजोका दिनमा…

Read More

बागलुङ, १९ भदौ – संघीय संविधानको मर्म अनुसार बागलुुङ जिल्लामा दुई नगरपालिका र ६ गाउँपालिका कामय रहने गरी नयाँ संरचना प्रस्ताव गरिएकोे छ । स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समिति बागलुङले विभिन्न राजनीतिक दल, जनसंख्या, भौगोलिक सुगमता लगायतका विषयलाई आधार मानी बागलुङको पुनसंरचना प्रस्ताव आयोगमा पठाइएको छ । प्रस्तावित पुनसंरचना अनुसार बागलुङ नगरपालिका, गलकोट नगरपालिका, काठेखोला गाउँपालिका, जैमुनी गाउँपालिका, बरेङ गाउँपालिका, बडिगार्ड गाउँपालिका, ढोरपाटन गाउँपालिका र निशीखोला गाउँपालिका रहेका छन । जिल्ला विकास समिति बागलुङका स्थानीय विकास अधिकारी भारत गौतमका अनुसार बागलुङ नगरपालिकामा हाल कायम रहेका वडा समित नारायणस्थान, पैयुपाटा,अमलाचौर, भकुण्डे, तित्याङ्ग र मालिका गाविस थप गरिएको छ । बानपामा ५१ हजार ५ सय…

Read More