ईश्वर पोखरेल
(तीज मनाइरहनुभएका दिदी वहिनीहरूका लागि)
तिमी आज उपवास वस्यौ..
भोकै बस्यौ – प्यासै बस्यौ ,
आफ्नो जीवन साथीका लागि ..
आफ्नो दाम्पत्य जीवनको सफलताका लागि
उल्लास छरेर बस्यौ ….!
समर्पण भावको हिउँचूली बनेर …
जीवनको सबैभन्दा खुशीको
क्षण मानेर ….!
हाँसो र खुशी छरेर बस्यौ ,
भोक, प्यास र थकानलाई कुल्चदै,
हाँसो छरेर बस्यौ, खुशी बाँढेर बस्यौ ..!
पटक..पटक तिमीले
विश्वास र समर्पणको
परीक्षा दिदै आएकीछौ ,
र, प्रत्येक परीक्षामा उत्तीर्ण हुँदै पनि आयौ…
तर परीक्षा दिइरहने- उत्तीर्ण भइरहने,
तिम्रो संकल्प भने जारी छ ..!
तिम्रो संकल्पको निरन्तरतालाई
हृदयदेखि सम्मान चढाउँछु ..
र, श्रद्धापूर्वक हात उठाएर सलाम गर्दछु …!