काठमाडौं, १९ भदौ –अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले पूरक बजेट ल्याउने तयारी गरेको बताएका छन्। एक महिनाको अवधिमा आफूले गरेको कामको जानकारी दिन अाइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले सरकारले पूरक बजेट ल्याउने विषयमा गृहकार्य गरिरहेको जनाएका हुन। उनले सत्तासाझेदार दलसँगको परामर्शपति यस विषमया निर्णय गरिने बताए। चालू आर्थिक वर्षमा एमाले नेतृत्वको सरकारले पूर्ण बजेट ल्याएको थियो।
एमाले नेतृत्वको सरकार परिर्वन भएर माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएपछि सरकारले पूरक बजेट ल्याउने तयारी गरेको हो। बीचमा सरकार परिवर्तन भयो भने सरकारले पूरक बजेट ल्याउने अभ्यास छ।
पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले भूकम्प पीडितलाई एकमुष्ट रकम दिने विषयमा छलफल जारी रहेको जनाए। उनले फास्ट ट्रयाकका विषयमा सबैको चासो भएपनि के गर्ने भन्नेमा सरकार निष्कर्षमा नपुगेकाे जनाए।

NEPAL,KATHMANDU,AUGUST 15, 2016 (Xinhua) -- Nepal's Deputy Prime
Minister and Minister for Finance Krishna Bahadur Mahara speaks during
an exclusive interview with Xinhua prior to his visit to China at
Minister's office,Singhadurbar in Kathmandu,Nepal,August 14,2016. DPM
is heading to China in the capacity of special emissary of Prime
Minister Pushpa Kamal Dahal ?Prachanda'to discuss about various bilateral
issues and mainly about President Xi Jinping's possible upcoming visit to
Nepal.(Xinhua /Sunil Sharma)