बागलुङ, १९ भदौ – संघीय संविधानको मर्म अनुसार बागलुुङ जिल्लामा दुई नगरपालिका र ६ गाउँपालिका कामय रहने गरी नयाँ संरचना प्रस्ताव गरिएकोे छ ।
स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समिति बागलुङले विभिन्न राजनीतिक दल, जनसंख्या, भौगोलिक सुगमता लगायतका विषयलाई आधार मानी बागलुङको पुनसंरचना प्रस्ताव आयोगमा पठाइएको छ ।
प्रस्तावित पुनसंरचना अनुसार बागलुङ नगरपालिका, गलकोट नगरपालिका, काठेखोला गाउँपालिका, जैमुनी गाउँपालिका, बरेङ गाउँपालिका, बडिगार्ड गाउँपालिका, ढोरपाटन गाउँपालिका र निशीखोला गाउँपालिका रहेका छन । जिल्ला विकास समिति बागलुङका स्थानीय विकास अधिकारी भारत गौतमका अनुसार बागलुङ नगरपालिकामा हाल कायम रहेका वडा समित नारायणस्थान, पैयुपाटा,अमलाचौर, भकुण्डे, तित्याङ्ग र मालिका गाविस थप गरिएको छ ।
बानपामा ५१ हजार ५ सय ८१ जनसंख्या कामय रहने बताइएको छ । गाविसको संख्या थप भएकाले बानपामा १२ वटा वडा कायम रहने छन । अक्षते सुल्डाडा केन्द्र रहने गरी कामय गरिएको काठेखोला गाउँपालिकामा भीमापोखरा, विहुँ, धम्जा, पाला, रेश, सिगाना, तग्राम र लेखानी गाविस समावेश गरिएको छ । उक्त गाउँपालिकामा ३० हजार जनसंख्या कायम रहने छन् ।
हरिचौर, हटिया, रिघा, पाण्डवखानी, मल्म, काँडेवास, नगरेठाँटी, दुदिलाभाटी, तारा, अर्गल, हिल र अमरभूमी गाविसलाई एकीकृत गरी प्रस्ताव गरिएको गल्कोट नगरपालिकाको केन्द्र हटिया हरिचौरको मध्य भाग मजुवा बजारलाई प्रस्ताव गरिएको छ । जहाँ ४४ हजार ७ सय ६ जना संख्या बसोवास गर्ने छन ।
भीमठिगे, दर्लिङ, रणसिंह किटेनी, सिसाखानी, ग्वालीचौर, दगातुनडाडा समावेश बर्डिगार्ड गाउँपालिकाको ग्वालीचौर खमडाडामा केन्द्र प्रस्ताव गरिएको छ । सो गाउँपालिकामा २० हजार ९ सय ६ जनसंख्या रहने स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समिति बागलुङका सदस्य सचिव इश्वर शाक्यले जानकारी दिए ।
यस्तै, निसी, बोहरागाउँ, देवीस्थान, राजकुत गाविस समावेश निसी गाउँपालिकाको केन्द्र झिँवाखोला तोकिएको छ । सो गाउँपालिकामा २३ हजार २३ जनसंख्या रहने छन । बुर्तिवाङ्ग बजार केन्द्र रहने गरी तयार गरिएको ढोरपाटन गाउँपालिकामा अधिकारीचौर, बोवाङ्ग, बुर्तिवाङ्ग, तमान, खुङ्गा, खुङखानी बोङ्गगादोभान गाविस रहेका छन । सो गाउँपालिकामा ३६ हजार ८ सय ७६ जनसंख्या रहने छन् ।
कुश्मीसेरा बजारमा केन्द्र रहने गरी तयार गरिएको जैमुनी गाउँपालिकामा रायडाडा, दमेक, कुश्मीसेरा, सर्कुवा, विनामारे, अर्जेवा, छिस्ती र जैदी गाविस समावेश गरिएको छ । सो गाउँपालिकाको जनसंख्या २७ हजार २८ रहने बताइएको छ ।
सुखौरा, बाटाकाचौर, हुग्दीशिर, बरेङ्ग, धुल्लुबाँस्कोट, पैयुथन्थाप र राङखानी गाविसलाई एकीकृत गरी प्रस्ताव गरिएको बरेङ्ग गाउँपालिकाको केन्द्र बरेङ्ग बजार रहने छ । सो गाउँपालिकमा २१ हजार ८ सय ७९ जनसंख्या कामय रहने छन् ।
प्रस्तावित पुनसंरचना निर्माणको गर्दा जनसंख्या, पूर्वधार विकास, पहुँच र पाही, स्थानीयको सुझाव, राजनीतिक दलको सुझाव तथा राय अनुसार पुनसंरचना प्रस्ताव गरिएको सदस्य सचिव शाक्यको भनाई रहेको छ । नयाँ प्रस्तावमा नेपाली काग्रेस, नेकपा माओवादी क्रान्तिकारी र संघीय समाजवादी पार्टीले केही फरक मत जाहेर गरेका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत अन्य राजनीतिक दलहरुले भने प्रस्ताव स्वीकार गरेका छन् । नेपाली काग्रेसले हाल कामय रहेका १३ इलाकालाई गाउँपालिका निर्माण गर्न प्रस्ताव गरेको छ ।
सिगाना गाविसलाई बागलुङ नगरपालिकामा समावेश गर्न माग
संघिय संरचनामा जाँदा बागलुङको सिगाना गाविस बागलुङ नगरपालिकामा समावेश हुन माग गरेको छ । जिल्लामा गठित स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले बागलुङलाई दुई नगरपालिका र ६ गाउँ पालिका बनाउँने प्रस्ताव स्थानीय तह पुर्नसंरचना आयोगलाई बुझाए पछि सिगाना गाविसमा विवाद सुरु भएको थियो ।
शनिबार गाविसमा क्रियाशिल सम्पुर्ण राजनैतिक दलहरुको बैठकले जुनसुकै हालतमा पनि बागलुङ नगरपालिकामा समावेश हुनु पर्ने साझा धारण सार्वजनिक गरेका हुन् ।
तिन प्रमुख राजनैतिक दलका प्रमुखहरुद्वारा हस्ताक्षरीत विज्ञप्तीमा सिगाना गाविसलाइ सेवा सुबिधा र पायकको हिसाबले बागलुङ नगरपालिकामा जानु उपयुतm भएको विज्ञप्ती मा उल्लेख गरिएको छ । नेपालि कागं्रेसका गाविस सभापति छमबहादुर कार्काी, नेकपा एमालेका गाउँ कमिटी अध्यक्ष सुरेश मल्ल, नेकपा माओवादी केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाद्वारा हस्ताक्षरीत विज्ञप्तीमा काँठेखोला गाउपालिकामा समावेश हुँदा संघियताको मर्मनै मेटीने र स्थानीयलाइ कुनै सहजता नआउने उल्लेख गरिएको छ ।
विज्ञपतिमा जिल्लाका सबै सरोकारवाल र स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले बागलुङलाइ प्रस्ताव सच्याउन माग गरिएको छ । यता स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी भरत गौतमले अहिले पेश गरिएको प्रस्ताव माथी फेरी पनि स्थानीयको सुझाव अनुसार परीमार्जन गर्न सकिने बताए । बागलुङ जिल्लमा सिगाना, पैयुन्थन्थाप र रांखानीमा केही विवाद देखिएकाले स्थानीयको जनचाहना अनुसार नै परीमार्जन गर्न प्रयत्न गरिने बताए ।