बागलुङ,२० भदौ – बागलुङको बलेवा र पर्वतको कुश्मा बजार जोड्ने बञ्जीजम्प पुलको निर्माण शुरु भएको छ । बञ्जीजम्पका लागी पर्यटक आर्कषित गर्ने उदेश्यले इन्टु द वाइल्ड मल्टीप्रपोज प्रा.लि.ले सो पुलको निर्माण गर्न लागेको हो । १२ करोड रुपैयाँको लागतमा कालीगण्डकी नदीमा निर्माण हुन लागेको पुल पाँच सय ३५ मिटर लम्बाई र दुई सय २५ मिटर उचाईको हुने छ ।
अहिलेसम्म पुलको इञ्जिनियरिङ, सम्भाव्यता अध्ययान लगायतका काम सकेर पुलका दुबैतर्फका फाउण्डेशन राख्ने काम भईरहेको निर्माण कम्पनीले जनाएको छ ।
विश्वकै दोस्रो अग्लो बञ्जि पुल हुने भएकाले यो पुलले बाग्लुङ र पर्वतमा प्रशस्त पर्यटकिय सम्भावाना बोकेको निर्माणधिन पुलका संचालक बताउछन । कम्पनीले बन्जी खेल्न आउँने पर्यटकहरुका लागि रिसोर्ट समेत निर्माण सुरु गर्ने जनाएको छ । यसका लागि पर्वतको कुश्मा बजारको छेउमा बन्जी पुल निर्माणका लागि चार आना र रिसोर्ट निर्माणका लागि वागलुङ क्षेत्रको नारायणस्थानमा १६ रोपनी जग्गा खरिद गरिसकेको छ ।
बन्जी खेल विश्वकै साहसिक खेल भएकाले त्यसको प्रवद्र्धनका लागि कालीगण्डकी नदी माथिको भेग अति उत्तम मानिएकोे छ । बन्द रहेको बलेवा एयरपोर्ट नजिकै निर्माण हुन लागेको बञ्जिजम्पका कारण एयरपोट पुनः सञ्चालनमा समेत टेवा पुग्ने बलेवावासीको आशा छ ।
निर्माणधिन मुस्ताङ भैरहवा सम्पर्क स्थापित गर्ने कालिगण्डकी कोरिडोर, बलेवा यन्त्रिक पुल, नेपालकै अग्लो पुल, साथै प्रस्तावित कुश्मा नेपाने मोटरेवल पुलका कारण बञ्जिजम्प व्यवसायलाई समेत टेवा पुग्ने स्थानिय राजु सुवेदीले वताए ।
Previous Articleफास्ट–ट्रयाक भारतलाई दिनु हुँदैनः नेपाल
Next Article समिक्षा एक महिना – सुस्त दाहाल सरकार