Author: Amrit Baskune

बागलुङ, २० भदौ – जिल्लाको हटिया गाविस–३ का गुमानसिँह खत्रीले कृषि पेसाबाटै लाखौ आम्दानी गर्न सफल भएका छन् । २०५२ सालदेखि कुखुरापालन सुरु गरेका खत्रीले २०६३ सालदेखि कुखुरासँगै गोलभेडा खेती समेत गर्दै आएका छन् । गलकोट दुदिलाभाटी–५ टोड्केमा जन्मिएका खत्रीले २०५२ देखि २०५७ सालसम्म गाउँकै गाजा प्राथमिक बिद्यालयमा अध्यापन गराएका थिए । सुरुमा कुखुरापालन पेसाबाट सोचेजस्तो आम्दानी नभएपछि २०६२ सालमा खत्रीले बिदेश जाने सोच बनाएको बताए । बिदेश जाने भिसा नलागेपछि खत्रीले गाउँमा कुखुरापालन ब्यवसाय र तरकारी खेती हटियामा सुरु गरेका थिए । प्लाष्टिक टनेल भित्रको गोलभेडा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि बिदेशको मोह कम हुदै गएको खत्रीले बताए । १० बर्षदेखि तरकारी खेती गर्दै आएका खत्रीले…

Read More

बागलुङ, २० भदौ – जिल्लाको ग्रामीण भेगमा भिमगिठे गाविसका युवाहरु एम्बुलेन्स किन्ने अभियानमा सक्रिय भएका छन् । भिमगिठेका युवाको अभियानमा प्रवासी नेपालीहरुले समेत साथ दिन थालेका छन् । ग्रामीण स्तरमा आपतकालिन अबस्थामा तत्काल सवारी साधानहरु उपलब्ध नहुँदा यस क्षेत्रका जनताले भोग्नु परेको दुःखलाई मध्यजनर गर्दै भीमगिठेबाट रोजगारीका लागी बिभिन्न मुलुकमा रहेका युवाहरु एम्बुलेन्स किन्न बिभिन्न सामाजिक संजालमा अभियानै सञ्चालन गरेका छन् । एम्बुलेन्स अभियान सञ्चालन गरी अहिलेसम्म १७ लाख ३७ हजार ५ सय ६२ रुपैयाँ संकलन गरेको छ । प्रभु बैंकमा युवराज पाण्डे र सुर्या थापाको नाममा खाता खोलेको र आफु बोलेको रकम त्यस खातामा आफु बोलेको रकम जम्मा गर्न सबैलाई अनुरोध गरेका छन ।…

Read More

बागलुङ, २१ भदौ  –  सरकारले प्रदान गर्ने यस बर्षको क्षेत्रिय शिक्षा पुरस्कार बागलुङको गणेश माविले पाउने भएको छ । पुरस्कारको राशी राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र रु एक लाख रहेको छ । मंगलवार सरकारले यस वर्षको ३७ औँ राष्ट्रिय शिक्षा दिवसमा पुरस्कृत हुने निजी तथा सामुदायिक विद्यालयको सूची सार्वजनिक गरेको छ । शिक्षा मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार सामुदायिक विद्यालयतर्फ कास्कीको शितलादेवी सामुदायिक विद्यालयले राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र रु दुई लाखको पुरस्कार पाउने भएको छ । दिवस यही भदौ २३ गते मनाइनेछ । त्यसैगरी क्षेत्रीयस्तरमा राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र रु एक लाखसहित प्रत्येक विकास क्षेत्रबाट एक/एक वटा सामुदायिक विद्यालय पुरस्कृत हुनेछन् । तिनमा पूर्वाञ्चलबाट…

Read More

काठमाडौं, २१ भदौ – वेल्सले मोल्डोभामाथि शहज जित हात पार्दै २०१८ विश्वकपको छनौट यात्रा थालेको छ । सोमबार राति भएको खेलमा वेल्सले मोल्डोभामाथि ४-० को जित निकालेको छ । युरोकपमा सेमिफाइनलसम्म पुगेको वेल्सले दुबै हाफमा दुई दुई गोल गरेको थियो । ३८ औं मिनेटमा भोक्सको गोलबाट अग्रता लिएको उसका लागि ४४ औं मिनेटमा एलेनले गोल गरे । दोस्रो हाफको दुबै गोल भने ग्यारेथ बलको नाममा रहृयो । ५० औं मिनेटमा गोल गरेका बेलले खेलको अन्तिम मिनेटमा पेनाल्टी पनि चुकाएनन् । र, वेल्स ४-० ले विजयी भएको छ । वेल्सको तुलनामा मोल्डोभा कमजोर टिम नै हो । उसले खेलेका पछिल्लो २० मध्ये १४ खेलमा…

Read More

भैरहवा, २१ भदौ – चन्द्रमामा पहिलो पाइला टेकेका जीवित अन्तरिक्षयात्री एवं नासाका चारजना वैज्ञानिकहरुले सोमवार संयुक्त रुपमा विश्वशान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्विनीको भ्रमण गरेका छन्। चन्द्रमामा मानवको पहिलो पाइला टेक्ने जीवित अन्तरिक्ष यात्री ८७ वर्षीय बज अल्ड्रिनको नेतृत्वको ६ जनाको टोलीले लुम्विनीको स्थलगत अवलोकन गरेको कोषका प्रशासन एवं लेखा प्रमुख भिम वस्नेतले जानकारी दिए। काठमाडाैंबाट बिहान बुद्ध एयर ८५१ नम्बरको उडानबाट गौतमबुद्ध विमानस्थल भैरहवा आएका वैज्ञानिकहरु सुटुक्क लुम्बिनी पुगेका छन्। मंगल ग्रहमा बस्ती बसाउने योजनाका अध्यक्षसमेत रहेका अल्ड्रिनका छोरा डा. एन्ड्रयु अल्डिभ, नासाका अध्यक्ष एलिजावेथ लेवल्याङ र वरिष्ठ वैज्ञानिक जोसेफ लेवल्याङले संयुक्त रुपमा लुम्विनी अवलोकन गरे। कोषका पूर्व वरिष्ठ…

Read More

म्याग्दी,२१ भदौ – बिहीबार राति परेको भिषण बर्षापछि बेगखोलामा आएको बाढीले मोटरेवल र झोलुङ्गे पुलसमेत बगाएपछि अवरुद्ध भएको बेनी–जोमसोम सडकमा पैदल यात्रा खुलेको छ । बर्षा रोकिएपछि ठडो खहरे बेगखोलामा रेडक्रसकर्मीहरु तथा पदयात्रीको सहकार्यमा साँघु बनेपछि चार दिनपछि पैदल मार्ग खुलेको हो । पहिरोले मोटरमाटो क्षतविक्षत भएकोले यातायात संञ्चालन भने अझै केही दिन लाग्ने भएको हो । खोलामा पानीको सतह घटेपछि २७ बढी रेडक्रसकर्मीहरु बाँस, काठ र ढुङ्गाहरु राखेर साँघु बनाएका हुन । गेगरसहितको खहरे बेगखोलामा साँघु वनाउन आफुलाई अमेरिकी सेनाको स्पेशल फोर्समा कार्यरत सैनिक बताउने १० जना पर्यटकहरु,  नेदरल्याण्ड, स्वीडेन र इग्ल्याण्डका पर्यटहरुले पनि श्रमदान गरेका थिए । अन्नपूर्ण…

Read More

काठमाडौँ, २१ भदौ – अमेरिकी अन्तरीक्ष संस्था नासाले सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतीका नयाँ तस्वीर सार्वजनिक गरेको छ । जूनो नामक भूउपग्रहबाट खिचिएका नयाँ तस्वीरहरु नासाले जारी गरेको हो । यी तस्वीरहरुमा वृहस्पतीको दुबै ध्रुवमा ग्यासका ठूला ठूला बादलहरु घुमिरहेको देखिने नासाले जनाएको छ । यसअघि वृहस्पती ग्रहका कुनैपनि तस्वीरमा यस्ता बादल देखिएका थिएनन् । गत जुलाई ५ मा वृहस्पतीको कक्षमा स्थापित भएसँगै जूनो नाम स्याटेलाइट पहिलोचोटी बृहस्पतीको नजिक नजिक पुगेर उक्त ग्रहका विभिन्न खाले तस्वीर तथा अनय जानकारीहरु संकलन गरेको छ । बृहस्पतीको उत्पत्ति तथा विकाशका साथै सौर्यमण्डलको रहस्य पत्ता लगाउनका लागि नासाले जूनो नामक भुउपग्रह प्रक्षेपण गरेको थियो । बृहस्पतीको…

Read More

काठमाडौँ, २१ भदौ – मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतले नेपाली साहित्यका प्रेरणादायी व्यक्तित्व झमक घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा सोमबार राजधानीमा आयोजित दीक्षान्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका तर्फबाट साहित्यकार घिमिरेलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरे ।  विश्वविद्यालयले जेठ २६ गते घिमिरेलाई मानार्थ विद्यावारिधि प्रदान गर्ने निर्णय गरेको थियो ।  तत्कालीन प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न विश्वविद्यालयको पाँचौँ सभाले विद्यावारिधिको उपाधि दिने प्रस्ताव पारित गरेको थियो । उपाधि प्रदान गर्दै राष्ट्रपति भण्डारीले साहित्यकार घिमिरेलाई एक सङ्घर्षशील र स्वाभिमानी नारी स्रष्टाको संज्ञा दिइन । उनले जीवनका दुःख र पीडालाई…

Read More

काठमाडौँ, २१ भदौ – भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व आज सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीले मनाउँदैछन् । आज बिहानै उठेर नारीहरु नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् । रजस्वलाका समयमा छाइछुइ लगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको प्रथम दिन चण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसै कारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी…

Read More

तुफान न्यौपाने, खोज पत्रकारिता केन्द्रका लागि प्रधानन्यायाधीशको रोलक्रममा रहेका सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीले सेवा प्रवेशताका भन्दा फरक विवरण उल्लेख भएको नागरिकताको प्रतिलिपि न्यायपरिषद्मा पेश गरेका छन् । ५८ दिन प्रधानन्यायाधीश हुने पराजुली यो प्रतिलिपिले मान्यता पाए थप ८ महीना २७ दिन सो पदमा बस्नेछन् । सर्वोच्च अदालतको वेबसाइट www.supremecourt.gov.np को ‘नेभिगेसन बार’ मा रहेका ‘क्याटेगोरी’ मध्ये ‘न्यायाधीश’ मा क्लिक गरेपछि खुल्ने पेजमा प्रधानन्यायाधीशसहित २० न्यायाधीशको तस्वीर र नाम देखिन्छ । तीमध्ये वरियताक्रममा तेस्रो नम्बरमा रहेका न्यायाधीश गोपाल पराजुलीको तस्वीरमाथि क्लिक गरेमा उनको सीभी (वैयक्तिक विवरण) सहितको नयाँ पेज  supremecourt.gov.np/pages/cv_justices/cv_GopalParajuli.html  खुल्छ । जसको पहिलो लाइनमै न्यायाधीश पराजुलीले आफ्नो जन्ममिति लेखेका…

Read More