बागलुङ, २० भदौ – जिल्लाको ग्रामीण भेगमा भिमगिठे गाविसका युवाहरु एम्बुलेन्स किन्ने अभियानमा सक्रिय भएका छन् । भिमगिठेका युवाको अभियानमा प्रवासी नेपालीहरुले समेत साथ दिन थालेका छन् ।
ग्रामीण स्तरमा आपतकालिन अबस्थामा तत्काल सवारी साधानहरु उपलब्ध नहुँदा यस क्षेत्रका जनताले भोग्नु परेको दुःखलाई मध्यजनर गर्दै भीमगिठेबाट रोजगारीका लागी बिभिन्न मुलुकमा रहेका युवाहरु एम्बुलेन्स किन्न बिभिन्न सामाजिक संजालमा अभियानै सञ्चालन गरेका छन् । एम्बुलेन्स अभियान सञ्चालन गरी अहिलेसम्म १७ लाख ३७ हजार ५ सय ६२ रुपैयाँ संकलन गरेको छ ।
प्रभु बैंकमा युवराज पाण्डे र सुर्या थापाको नाममा खाता खोलेको र आफु बोलेको रकम त्यस खातामा आफु बोलेको रकम जम्मा गर्न सबैलाई अनुरोध गरेका छन ।
रकम उठाउने अभियान अन्र्तगत अहिलेसम्म ३ लाख ६३ हजार ३ सय ८३ रुपैयाँ संकलन भएको अभियानका कोषाध्क्षय सुर्या थापाले जानकारी दिए । एम्बुलेन्स खरिद तथा ब्यबस्थापनको लागि आबस्यक पर्ने रकम पुरा भए पछि लगत्तै खरिद संचालन प्रक्रियामा जाने योजना रहेको संस्थाले जनाएको छ ।
एम्बुलेन्स खरिद अभियान जारी रहेको र सहयोग गर्ने चाहनेहरुले संस्थामा सम्र्पक गर्ने अनुरोध गरेको छ । एम्बुलेन्स खरिद पछि संचालक समितिबाट वा स्वास्थ्य चौकीमार्फत चलाउने निर्णय हुुन बाँकी रहेको बताएको छ । एम्बुलेन्स खरिदपछि यस क्षेत्रका बासिन्दा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
Previous Articleक्षेत्रिय शिक्षा पुरस्कार बागलुङको गणेश माविलाई
Next Article कृषिबाट आम्दानी