राजेशचन्द्र राजभण्डारी यतिवेला मुलुक सँघियता कार्यान्वयनको कसरतमा छ । अहिले धमाधम जिल्लामा रहेको गाबिस र नगरपालिकालाई के कसरी मिलाउने भन्ने बारेमै छलफल र बहस जारीे छ । प्रदेश नम्बर ४ को बागलुङ जिल्लामा पनि नगरपालिका र गाउँ पालिकाको मोटामोटी खाका तयार भएर बाहिर आएको अबस्था छ । साच्चै नेपालमा सँघियता के को लागि चाहियो भनेर अहिले पनि बहस जारि नभएको भने होईन, राजमो, मजदुर किसान पार्टी, राप्रपा नेपाल यसको बिरोधमै छन् । तर त्यो स्वर भने मसिनो भै सकेको देखिन्छ । नेपालको संविधान २०७२ जारी भई कार्यान्वयको प्रक्रियामा छ । अब यसको पूर्ण कार्यन्वन गर्न जरुरी छ । वि.सं. २०७४ माघ ८ गते भित्र ३ वटा निर्वाचन…
Author: Amrit Baskune
बागलुङ, २४ भदौ – बागलुङको भीमापोखरा स्थित जनकल्याण उच्च माविमा स्थापित विभिन्न स्मृतिकोषबाट बिहिबार छात्रवृति वितरण गरिएको छ । ३७ औ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरपारी विद्यालयमा अध्ययरत गरिव, जहेन्दार र तथा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । सो अवसरमा स्वर्गीय कुलप्रसाद निउरे स्मृतिकोष र जगबहादुर केसी स्मृतिकोष मार्फत निमावि तहमा अध्ययरत गरिव तथा जेृहेन्दरा ५ जना विद्यार्थी कक्षा ६ का आशिस पौडले, सपना किसान, मनिका किसान, कक्षा ७ का अमलु थापा र कक्षा ८ दिपीका थापालाई जनही ४ सय ५० रुपैया छात्रवृति प्रदान गरिएको शिक्षक विक्रम शर्माले जानकारी दिए । स्वर्गीय देवीदक्त रेग्मी र जमुनादेवी रेग्मी कोषबाट प्रति व्यक्ति…
बागलुङ, २४ भदौ – बासमृद्द राष्ट्र निर्माणका लागि जीवन उपयोगी शिक्षा भन्ने नाराका साथ विहिवार राष्ट्रिय शिक्षा दिवश सम्पन्न भएको छ । हरेक बर्ष सेप्टेम्बर ८ गतेलाइ अन्तराष्ट्रिय साक्षरता दिवश मनाइने गरिन्छ । सोही अवसर पारेर नेपालले पनि राष्ट्रिय शिक्षा दिवश समेत मनाउने गरेको हो । नेपालमा अझै पनि शतप्रतिशत नागरिक साक्षर बन्न नसकेकोले शिक्षा दिवशलाइ साक्षरताको ढोका खोल्ने पर्वको रुपमा मनाउने गरिएको छ । दिवशको अवसरमा सरोकारवालाले नेपालको शिक्षालाइ जीवनउपयोगी बनाउनुपर्ने धारणा राखेका थिए । साथै उनीहरुले व्यवहारिक, प्राविधिक ज्ञान दिन सकेमा मात्र नेपालीले रोजगारी खोज्दै विदेशीको भूमिमा जानुनपर्ने बताए । कार्यक्रममा सांसद ज्ञानकुमारी छन्त्यालले सबै नागरिकलाइ शिक्षा दिन नसके देश विकास समेत संभव नहुने बताइन् ।…
ज्यो. सूर्य पौडेल २०७३ भाद्र २४ शुक्रबार, अष्टमी ९ सेप्टेम्बर २०१६ तपाईको आज मेष– आँटेका कार्य अधुरै रहने । वृष– आशातीत ठाउँबाटै असहयोग । मिथुन– नयाँ कार्यक्षेत्रको लागनीले फाइदा भित्र्याउने । कर्कट– आर्थिक कारोबारमा नोक्सानी व्यहोर्नुपर्ने । सिंह– अनावश्यक ठाउँमा धननाश हुने । कन्या– शुभ समाचारको प्राप्तिले मन प्रसन्न । तुला– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने । वृश्चिक– मनमा अशान्तिको कालो बादल मडारिने । धनु– मनमा प्रसन्नताको बहार छाउने । मकर– यत्रतत्र यश कीर्ति फैलने । कुम्भ– घरपरिवारको सहयोगले काममा सफलता । मीन– वादविवादबाट टाढै रहनु उचित ।
२४ भदौ २०७३, ढोरपाटन दैनिक 24-bhadra-2073-dhorpatan-daily
२३ भदौ २०७३, ढोरपाटन दैनिक 23-bhadra-2073-dhorpatan-daily
२२ भदौ २०७३, ढोरपाटन दैनिक 22-bhadra-2073-dhorpatan-daily
काठमाडौँ, २४ भदौ – अवैध रुपमा अमेरिका लैजाने तथा मानव ओसारपसार तथा बेचबिखन गर्ने गिरोहमा संलग्न दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम, मग्मा गाविस घर भई हाल ललितपुर महालक्ष्मी स्थान बस्ने ३२ वर्षे ‘नवीन’ भनिने नवराज खत्री र बाग्लुङ रिघा गाविस घर भई हाल लैनचौर बस्ने ३७ वर्षे सागर शिरीषलाई प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले भदौ १७ गते पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । उनीहरुले सङ्गठित रुपमा अन्तर्राष्ट्रियस्तरको सञ्जाल बनाएको अनुसन्धानका क्रममा खुल्न आएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो । अभियुक्तले नवलपरासी, रुपौलियाका प्रेमनारायण महतोलगायत व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हँुदै विभिन्न देश ‘ट्रान्जिट’…
काठमाडौँ, २४ भदौ – चर्चित हास्यकलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाको टोलीले बनाएको नेपाली चलचित्र ‘छक्कापन्जा’ आजवाट (शुक्रबार) देशभर प्रदर्शन हुँदैछ। निरौलाले पहिलो पटक निर्देशन गरेको यो बहुप्रतीक्षित चलचित्रमा निर्देशनमा नाम नआए पनि गिरीको बुद्धि र अनुभव उत्तिकै मिसिएको जानकार बताउँछन् । सफल हास्य टेलिशृङ्खला ‘तितो सत्य’का निर्देशक गिरी अहिलेसम्मको अग्रिम बिक्री र दर्शकको उत्साह हेर्दा चलचित्र सफल हुने विश्वास व्यक्त गर्छन् । उनले भने, ‘भोलि (शुक्रबार)का लागि करिब ६० प्रतिशत टिकट आजै बिक्री भइसक्यो ।’ उनका अनुसार चलचित्रले वैदेशिक रोजगारीको मार्मिक कथालाई हास्यरससहित सामान्य नेपालीले बुझ्ने गरी प्रस्तुत गरेको छ । यसको ‘पूर्वपश्चिम रेल’ बोलको गीत चलचित्र प्रदर्शनअघि नै बहुचर्चित…
काठमाडौँ, २४ भदौ – नेपाली क्रिकेटलाई माथि उठाउन महत्वपूर्ण योगदान दिएका नेपाली क्रिकेट टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायके अमेरिकी क्रिकेट टिमको प्रशिक्षक बनेका छन् । चार वर्षे कार्यकाल र थप एक वर्ष गरेर पाँच वर्षसम्म नेपाली क्रिकेट टिमको प्रशिक्षक बनेर महत्वपूर्ण उपलब्धि दिलाएका पुबुदु अमेरिकी प्रशिक्षक भएका हुन् । बिहीबार मात्र उनी अमेरिकी प्रशिक्षकमा नियुक्त भएका छन् । सन् २०११ देखि २०१५ सम्म नेपाली क्रिकेट टिमको प्रशिक्षक बनेर नेपाली क्रिकेटमा महत्वपूर्ण उपलब्धि सिर्जना गर्न सफल भएका पुबुदु श्रीलंकाका पूर्वविकेटर किपर ब्याट्सम्यान हुन् । अमेरिकी क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएपछि उनले अमेरिकी क्रिकेटको भविष्य राम्रो हुने आशा व्यक्त गरेका छन् । उनले…