Author: Amrit Baskune

ओमप्रसाद घायल साँझ पर्ने क्रमसँगै सडकमा मान्छेहरु पातलिइसकेका छन् । वसपार्कबाट रात्रीबसहरु छुट्नेक्रम चलिरहेको छ । म पनि हातमा टिकट लिएर बसभित्र छिर्न लागिरहेकी छु । आजको रात्रीबस चढेर मलाई काठमाण्डौ जानु छ । ठीक सात बजे काठमाण्डौको लागि बस गुड्ने भएकोले म आफ्ना केही सामानहरुसहित बसभित्र बस्छु र आफ्नो सिट खोज्दै सिटसम्म पुग्छु, सिटनेरै पुग्दा मेरा आँखाको दृष्टिपात एउटा पुरुष मान्छेमा पर्छ, म हतारिन्छु, अनायास । म अतालिन्छु । असह्यताको अनुभूतिले मुटु विझाउँछ । अनिष्ट र महाप्रलयको भूकम्प ……………. । म सिटबाट पछाडि हट्छु । हातगोडा थर्रर काँप्छन् । बस भयानक लाग्छ, यस्तो भयानक बसभित्र बसेर म कसरी काठमाण्डौं…

Read More

सुशील पन्त नयाँदिल्ली,१असोज-नेपाली प्रधानमन्त्रीको भारत भ्रमणमा धेरै भारतीय सञ्चार माध्यमहरूले उसको चासोलाई सम्बोधन गर्दै नेपालले संविधान संशोधन गरोस् र चीनसँगको निकट सम्बन्धलाई घटाओस् भन्ने आशयका खबर सम्प्रेषण गरेका छन् । भारतको ‘जागरण दैनिक’ले शीर्षक नै लेखेको छ –भारतमा चीनको दाल गल्दैन । समाचारको उपशिर्षक छ , ‘प्रधानमन्त्री मोदीसँगको वार्तामा चीनसँगको सम्बन्धको दुरी बढाउन प्रचण्ड सहमत ।’ सोही समाचारको एक ठाउँमा नेपालको सुरक्षा र रक्षासँग जोडिएको चासोलाई भारतले सम्बोभन गर्ने विषयमा समेत प्रचण्ड र मोदीबीच कुराकानी भएको उल्लेख छ । यसरी भारतका धेरैजसो मिडियाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई महत्व दिएपनि उनीहरूको चासो एउटै छ , ‘नेपालले संविधान संशोधन गरोस्…

Read More

बागलुङ, १ असोज-आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरीन्छ । मजदुरहरुलाइ आजका दिन बिदा पनि दिने चलन छ । आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । यही सम्झनामा नेपालका…

Read More

विशाल भट्टराई काठमाडौं, १ असोज-कुराकानीको शुरुवातमै उनले व्यक्तिगत कुराहरू नसोध्न अनुरोध गरे । तर अन्त्यमा भने, ‘साहित्यभन्दा बढी नाम चल्यो कि जस्तो लाग्छ ।’ साहित्यकै कारणले आफू भक्तराज श्रेष्ठबाट सरुभक्त भएको चाहिँ उनले स्वीकारे । नाम नै उनको कथा हो । आस्था हो । जीवन हो । विश्वासको प्रतीक हो । त्यसैले त उनको नामको भित्री रहस्य अहिलेसम्म पनि रहस्यमयी नै छ । धेरैले धेरैखाले लख काट्छन्, त्यो बेग्लै विषय हो । तर उनले अहिलेसम्म पनि आफ्नो नामको सस्पेन्स बाहिर खोलेका छैनन् ।सरुभक्तकै जीवन बाँचेका उनलाई सबैले नामको मर्यादा गरून्, पवित्र मानिदिउन् जस्तो लाग्छ । ‘सरुभक्त मेरो नाम हो, कुनै…

Read More

सन्तोष घिमिरे नयाँदिल्ली, १असोज-ददक्षिण छिमेकी भारतले गत वर्ष जारी भएको नेपालको संविधानलाई पुनःअस्वीकार गरेको छ । संविधान सबै पक्षको बनाउन नेपाल सरकारले गरेको प्रयासको भने भारत सरकारले सराहना गरेको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको एकल र संयुक्त वार्ताहरूपछि हैदराबाद हाउसमा शुक्रबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानबारे खुलेर कुरा गरेनन् । उनले भारतले नेपालमा जारी भएदेखि नै राख्दै आएको पुरानै अडान दोहोर्‍याए । मोदी-दाहाल भेटघाटपछि २५ बुँदे संयुक्त वक्तव्य जारी भएको छ, जसमा संविधान कार्यान्वयनका लागि सरकारले गरेको प्रयासको स्वागत गरिएको छ । दाहाल र मोदीबीच आधा घन्टा एकल वार्ता भएको थियो । ‘म…

Read More

पर्वत टुक्राएको भन्दै जिल्लाबसी आक्रोशित बागलुङ, २८ भदौ लामो समयदेखि सहमति जुट्न नसकी विवादित बन्दै आएको पर्वतको स्थानीय निकाय पुर्नसंरचना कार्य स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले आइतबार मध्यरातमा टुंगो लगाएको छ । राजनीतिक दलहरुका प्रतिनिधिहरुको आ आफ्नै अडानका कारण निचोडमा पुग्न नसकेको पुर्नर्सरचना कार्य आइतबार मध्यरातमा टुंगिएको हो । आइतबार राती १ बजे स्थानीय तह पुर्नर्सरचना प्राविधिक सहयोग समितिका संयोजक एवं स्थानीय विकास अधिकारी युवराज पौडेलसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु कुश्मा बजारको होटल बेञ्जुमा बसेर टुंगोमा पु¥याएका हुन् । यता राजनीतिक दल सहितको टोली बसेर होटलबाट जिल्ला टुक्राएको भन्दै जिल्लाबासीहरु आक्रोशित बनेका छन् । प्राकृतिक सम्पदाहरुको कुनै ख्याल नै नगरी नगरपालिका र गाउँ…

Read More

बागलुङ, २८ भदौ – फ्युचर ब्राईटर उच्च मावि र अमर आदर्श उच्च मावि बागलुङ अमर आदर्श ट्रफी–२०७३ अन्तर उच्च मावि स्तरीय फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेका छन् । सोमबार सम्पन्न सेमिफाईनलका खेलमा फ्युचर ब्राईटररले डिग्नीटी उच्च माविलाई ०–३ गोल अन्तरले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । पहिलो हाल्फ गोलरहित भएको खेलको दोस्रो हाल्फमा फ्युचर डिग्नीटीमाथि हाबी बन्यो । अधिकांस समय आफुनो पक्षमा बल राखेको फ्युचरको जितको लागि कप्तान आषिश केसीले २ र सुमन छन्त्यालले १ गोल गरेका थिए । यस्तै सोमबार नै भएको दोस्रो सेमिफाइनलमा आयोजक अमर आदर्श उच्च माविले भीमसेन उच्च माविलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित समयमा…

Read More

उच्च माध्यामिक शिक्षा परिषदले सोमबार परिक्षाफल प्रकाशित गरेको छ । ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् त्यसो भन्दा ५२ प्रतिशत अनुत्र्तीण भए । उच्च शिक्षा पढ्ने आसा राखेका यतिधेरै विद्यार्थीहरु अनुत्तीर्ण हुनुले युवाहरुलाइ अग्रगामी विकासमा बाधा पुगेको अनुमान छ । यो क्रम हरेक बर्ष बढीरहेको छ । चाहे एसएलसी परिक्षा होस् वा उच्च मावि तहको परिक्षामा अधिकांस विद्यार्थी अनुत्तीर्ण भइरहेपनि हामीले विद्यार्थीलाइ दोष दिएका छौं । उनीहरुलाइ पढाउने शिक्षको क्षमतामा हामीले कहिले पनि प्रश्न उठाएका छैनौं । फेल भएकै कारण उच्च शिक्षा पढ्ने, कुनै जागिरमा लाग्ने सपना चकनाचुर भएर उनीहरु बैदेशिक रोजगारीका लागि होमिन बाध्य छन् । त्यो पनि खाडी राष्ट्रको मजदुरीमा तयार हुन बाध्य छन् । अभिभावकले…

Read More

बागलुङ, २८ भदौ – दुवै मृगौलाले काम नगरेपछि उपचारका लागि याचना गरेका भकुण्डे–७ का भद्रबहादुर थापाको मृत्यु भएपछि सहयोग समितिले संकलित रकम परिवारलाइ हस्तान्तरण गरेको छ । एक महिना अघिदेखि उदित थापाको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन भइ रकम संकलन समेत भैरहेको थियो । उपचारको क्रममा थापाको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएपछि श्रीमती दिलकुमारीलाइ समितिले सोमबार रकम हस्तान्तरण गरेको हो । समितिले संकलन गरेको रकम मध्ये यस अघि एक पटक २६ हजार र अर्को पटक १० हजार हस्तान्तरण भैसकेको थियो । सोमबार आयोजित कार्यक्रममा ३४ हजार ९ सय ९० रुपैयाँ पिडितलाइ हस्तान्तरण गरिएको हो । उक्त रकमलाइ काजक्रिया खर्चमा लगाउन सकिने गरी…

Read More