दोलखा, १ असोज-प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । एमाले प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले माओवादी पूर्वलडाकुलाई दिएको बजेट अख्तियारले छानविन थालेकोमा समर्थन जनाउँदै प्रधानमन्त्री दाहालले नैतिक रुपमा राजीनामा दिनुपर्ने बताए । एमालेको भातृ संगठन नेपाल खेलकूद संघको ३ नम्बर प्रदेशस्तरीय भेला चरिकोटमा उद्घाटन गर्दै भट्टराईले भने, ‘राज्यको पैसा लिएर हिसाव नबुझाउने व्यक्ति अहिले नेपालका प्रधानमन्त्री छन् । यदि नैतिकता भएका प्रधानमन्त्री हुन् भने पदबाट राजीनामा दिएर छानबिनलाई सहज बनाउनुपर्छ ।’ ‘हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै लडाकुका सर्वोच्च कमाण्डर भएका नाताले उक्त रकम बुझ्ने र खर्च गर्ने प्रमुख जिम्मेवार हुन्,’…
Author: Amrit Baskune
https://www.youtube.com/watch?v=ozGFSZPa5xA TOL TOLMA Singer – Nisha Sunar Music/Lyrics – Arjun Kausal Arranger – Aashish Aviral Artist – Nisha & Razor Editor – Tekendra Shah Camera – Sudip Baral Director – Shankar B.C
श्रमजिवी पत्रकार ऐन र न्युनतम पारिश्रमिक कार्यान्वयन गराउन पाल्पा, १ असोज -नेपाल पत्रकार महासंघको पाल्पामा सम्पन्न राष्ट्रिय भेलाबाट संशोधित विधान जारी भएको छ । गत वैशाखमा चितवनमा आयोजित केन्द्रीय साधारणसभामा प्रस्तुत भएको विधान संशोधन प्रस्तावमा प्राप्त सुझावहरुलाई समावेशी गरी विधान संशोधन समितिका संयोजक एवं महासंघका पूर्वसभापति डा. सुरेश आचार्यले महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलाई हस्तान्तरण गरेलगत्तै महासंघका जिल्ला एवं प्रतिष्ठान शाखा तथा एशोसियट अध्यक्षहरूको राष्ट्रिय भेलाबाट संशोधित विधान जारी गरिएको हो । महासंघ अध्यक्ष डा. विष्टका अनुसार, राष्ट्रिय निर्देशन ऐनबमोजिम प्रक्रिया पुरा गरी तत्कालदेखि संशोधित विधान लागू हुनेछ । विधानको नयाँ व्यवस्था बमोजिम महासंघमा अव केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहको संगठनात्मक…
बागलुङ, १ असोज – नेकपा एमाले जिल्ला पार्टी कमिटीका सदस्यहरुले राज्य पुर्नसंरचना आयोगमा प्रस्तावित बागलुङ जिल्लाको स्थानीय निकाय पुर्नसंरचना खाकामा पुर्नविचार गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । नेकपा एमाले जिल्ला कमिटी बागलुङको शुक्रबारदेखि सुरु भएको पूर्ण बैठकमा बोल्ने जिल्ला कमिटी सदस्यहरु तथा भुगोल प्रतिनिधिहरुले प्रस्तावित खाकामा केही गाविसहरुलाई अत्यन्तै अपाई र असहज हुने गरी केन्द्र निर्धाण गरिएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । बैठकमा बोल्ने क्षेत्र नम्बर ३ का सदस्यहरुले पाण्डखानी र रिघा गाविसलाई गल्कोट नगरपालिकामा गाब्ने प्रस्ताव अत्यान्त अव्यवहारिक र अपाई पर्ने भन्दै खर्वाङ्ग केन्द्रमा समावेश गर्न सुझाव दिएका थिए भने केही सदस्यहरुले बर्डिगार्ड गाउँपालिकाको सेन्टर ग्लाीचौरको खमडाडामा भन्दा खर्वाङ्ग…
बागलुङ, १ असोज – संविधान जारी भएको दिन असोज तीन गतेलाई सरकारले संविधान दिवसको रुपमा मुलुकभर भव्य रुपमा मनाउने निर्णय अनुसार बागलुङ र पर्वतमा पनि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । दुवै जिल्लामा आगामी असोज २, ३ र ४ गतेसम्म बिबिध कार्यक्र गरिने भएको छ । पर्वतमा सवैले आ–आफ्नो घर तथा कार्यालयमा दिपावली गर्ने, असोज २ गते कर्मचारी मिलन केन्द्रको आयोजनामा डवल व्याडमिन्टन प्रतियोगिता, सोहि दिन राजनीतिक दल, संघ संस्था र नागरिकबीच प्रवचन तथा अन्तरक्रिया कार्यक्रम, मावि तथा क्याम्पस स्तरिय बक्तृत्वकला प्रतियोगिता संचालन गर्ने निर्णय भएको छ । यसैगरी असोज ३ गते विहान प्रभातफेरी तथा प्रवचन कार्यक्रम, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई…
पर्वत, १ असोज – सदरमुकाम कुश्माबजारमा बढ्दै गएको चोरी डकैती, लुटपाट र दुर्घटना न्यूनीकरण गर्नका लागि सौर्य बत्ती जडान गरिएको छ । बजारवासीको सहकार्यमा बजारका चोकचोकमा सौर्य बत्ती जडान गरिएको हो । विद्युत्भार कटौतीका बेला पनि सडकमा पैदलयात्रा गर्नेलाई सहज र चोरी डकैतीका घटना नहोउन् भन्ने उद्देश्यले कुश्मा नगरपालिकाको कार्यालय र कुश्मा बजारका बासिन्दाको संयुक्त लगानीमा सडक वत्ती जडान गरिएको छ । सौर्य बत्ती जडान भएपछि विद्युत्भार कटौतीका बेला पनि उज्यालो हुने भएको छ । बजारवासीको १५ प्रतिशत र नगरपालिकाको ८५ प्रतिशतको लागतमा पहिलो चरणमा बजारका २० स्थानमा बत्ती जडान गरिएको हो । एक स्थानमा सौर्य बत्ती जडान गर्नका लागि रु. एक लाख लागत लागेको…
३१ भदौ २०७३, ढोरपाटन दैनिक 31-bhadra-2073-dhorpatan-daily
३० भदौ २०७३, ढोरपाटन दैनिक
२९ भदौ २०७३, ढोरपाटन दैनिक 29-bhadra-2073-dhorpatan-daily
प्रकाश आस्था एक दशकअघि टेलिभिजन स्क्रिनमा प्रवेश गरेपछि आम दर्शकमाझ चिनिएकी राजनीतिशास्त्रमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत २९ वर्षीय निशा अधिकारी यतिखेरकी जल्दोबल्दो नायिका हुन् । उनी आम नायिकाभन्दा यसकारण फरक छिन् कि उनी चलेको विषयभन्दा फरक विषयमा चलचित्र खेल्न रुचाउँछिन् । आफूलाई ‘अहिले सिङ्गल’ बताउने कुनै बेलाकी चकलेटी ‘घरबेटीबाकी प्यारी’ निशाले निर्धक्क आफ्ना कुरा खोलिन् । यात्रा मिस इन्टरनेसनलबाट म त्यतिखेर भर्खर ‘ए लेबल’ सकेर बसेको थिएँ । मेरो बाबाले मलाई एउटा तहको परीक्षा सकेपछि केही समय ब्रेक लिएर बसेको राम्रो हुन्छ भन्नुभयो । त्यतिनैखेर मैले ‘मिस इन्टरनेसनल नेपाल ब्युटी पेजेन्ट’का बारेमा थाहा पाएँ । यसलाई एउटा अवसर मानेर भाग…