बागलुङ, १ असोज – नेकपा एमाले जिल्ला पार्टी कमिटीका सदस्यहरुले राज्य पुर्नसंरचना आयोगमा प्रस्तावित बागलुङ जिल्लाको स्थानीय निकाय पुर्नसंरचना खाकामा पुर्नविचार गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी बागलुङको शुक्रबारदेखि सुरु भएको पूर्ण बैठकमा बोल्ने जिल्ला कमिटी सदस्यहरु तथा भुगोल प्रतिनिधिहरुले प्रस्तावित खाकामा केही गाविसहरुलाई अत्यन्तै अपाई र असहज हुने गरी केन्द्र निर्धाण गरिएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा बोल्ने क्षेत्र नम्बर ३ का सदस्यहरुले पाण्डखानी र रिघा गाविसलाई गल्कोट नगरपालिकामा गाब्ने प्रस्ताव अत्यान्त अव्यवहारिक र अपाई पर्ने भन्दै खर्वाङ्ग केन्द्रमा समावेश गर्न सुझाव दिएका थिए भने केही सदस्यहरुले बर्डिगार्ड गाउँपालिकाको सेन्टर ग्लाीचौरको खमडाडामा भन्दा खर्वाङ्ग उपयुक्त हुने सुझाव दिएको एमाले जिल्ला कमिटी अध्यक्ष श्रीप्रसाद शर्माले जानकारी दिए ।
यता क्षेत्र नम्बर एकबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले पाला र सिगाना गाविसलाई काठेखोला गाउँपालिकाबाट हटाएर बागलुङ नगरपालिकामा समावेश गर्नुपर्ने बताएका छन्भने, क्षेत्र नम्बर ३ का प्रतिनिधिहरु राङखानी र पैयुथन्थाप गाविसलाई बरेङ्ग गाउँपालिकाबाट हटाएर कुश्मीसेरा केन्द्र रहने जैमुनी गाउँपालिकामामा समावेश गर्नुपर्ने माग गरेका छन् ।
बैठकमा बोल्दै नेकपा एमाले बैकल्पीक केन्द्रीय सदस्य गोविन्द नेपालीले राज्यको पुर्नसंरचना जनताको भावना र आवश्यकता हुनुपर्नेमा एमाले ढृढ रहेको बताउँदै जनहित अनुसार राज्य पुर्नसंरचनामा सहभागी हुन जिल्ला पार्टी कमिटीलाई निर्देशन दिएका थिए । शनिबारसम्म संचालन हुने बैठकले यसअघि असोज ८ गतेको लागि तोकिएको जिल्ला अधिवेशन तथा समासामयिक विषयमा छलफल हुने अध्यक्ष शर्माको भनाई छ ।
Previous Articleसंविधान दिवस तीन दिनसम्म मनाईने
Next Article पत्रकार महासंघद्वारा आन्दोलनको घोषणा