बागलुङ, १ असोज – संविधान जारी भएको दिन असोज तीन गतेलाई सरकारले संविधान दिवसको रुपमा मुलुकभर भव्य रुपमा मनाउने निर्णय अनुसार बागलुङ र पर्वतमा पनि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । दुवै जिल्लामा आगामी असोज २, ३ र ४ गतेसम्म बिबिध कार्यक्र गरिने भएको छ ।
पर्वतमा सवैले आ–आफ्नो घर तथा कार्यालयमा दिपावली गर्ने, असोज २ गते कर्मचारी मिलन केन्द्रको आयोजनामा डवल व्याडमिन्टन प्रतियोगिता, सोहि दिन राजनीतिक दल, संघ संस्था र नागरिकबीच प्रवचन तथा अन्तरक्रिया कार्यक्रम, मावि तथा क्याम्पस स्तरिय बक्तृत्वकला प्रतियोगिता संचालन गर्ने निर्णय भएको छ ।
यसैगरी असोज ३ गते विहान प्रभातफेरी तथा प्रवचन कार्यक्रम, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिने भएको छ भने असोज ४ गते कुश्माबजार सरसफाई, लेख रचना तथा विचारहरु प्रकाशन तथा प्रशारण गरिने भएको छ ।
यसैगरी, बागलुङमा जिल्ला शिक्षा कार्याल्यको संयोजनमा बुर्तिबाङ, गलकोट, कुश्मिशेरा, बागलुङ बजार र बरेङ स्रोत केन्द्रमा वत्तृत्वकला प्रतियोगिता, ३ गते बिहान प्रभातफेरी तथा प्रवचन र ४ गते बागलुङ नगरपालिकाको संयोजनमा धौलागिरी अञ्चल अस्पतालका बिरामीहरुलाई फलफुल बितरण, परिसंवाद कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ ।
Previous Articleस्थानियबासीको लगानीमा सौर्य बत्ति
Next Article एमाले बागलुङको पूर्ण बैठक