आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ फागुन महिनाको २४ गते मंगलबार तदनुसार इस्वी सम्बत २०२६ अप्रिल ०७ तारिख । उत्तरायण बसन्त ऋतु पञ्चमी तिथि १४:३६ बजे पछि षष्ठी तिथि। जेष्ठा नक्षत्र नक्षत्र। चन्द्रमा बृश्चिक राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:५० सूर्यस्त बेलुका १८:२४ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार आजको दिन राम्रो छैन । कुनै पिन कार्य गर्दा सावधानी अपनाएर गर्नु पर्ने देखिन्छ । दिनदुख पिडा रोग व्याधीले वित्ने देखिन्छ । तद्जन्य निवारणका लागि संकट मोचन हनुमानजीको आराधना गर्नु दिन शुभ रहनेछ ।
बृष:– समय र भागयले साथ दिएको छ । आफूले आँटेताकेका कार्यहरु सफल हुनेछन् । व्यापार व्यवसाय कृषि लगायतका क्षेत्रबाट पनि उल्लेख्य उन्नती प्रगति हुने योग बनेको देखिन्छ ।
मिथुन:– समयले साथ दिएको छ । लामो समय देखि अल्झिएर रहेका काम छन् भने ती कार्यहरु सफल हुने योग बनेको देखिन्छ । व्यापार व्यवसाय कृषि उद्योग कलकारखाना लगायतको क्षेत्रबाट पनि निकै आर्थिक लाभ हुने योग बनेको देखिन्छ ।
कर्कट :– समनमा सात्विक बिचारको उदय हुनुका साथै धर्मकर्म र आध्यात्मिक सामाजिक राजनीतिक क्षेत्रमा पनि आफूलाइ अब्बल र सफल बनाउने योग परेको देखिन्छ ।
सिंह:– राशी अनुसार आजको दिन राम्रो छैन चौथो चन्द्रमा सदासर्वदा कलह झगडाको कारक बनेर आउने भएको हुनाले तद्जन्य निवारणको लागि संकट मोचन हनुमानको आराधनाले दिन शुभ रहनेछ ।
कन्या:– चन्द्रमा अनुसार आजको दिन उत्तम रहेको छ । आफूले आँटेताकेका कार्यहरु सफल हुनुका साथै घरमा धन सम्पत्तिको आगमन हुने देखिन्छ । व्यापार व्यवसायमा पनि राम्रै होला ।
तुला :– श्रीप्राप्ती हुने योग बनेको देखिन्छ । घरमा नविन कार्यको थालनीका साथै मांगलिक कार्यहरु हुन सक्ने छन् । समय हर्षोल्लास साथ बित्ने देखिन्छ । ब्यापार व्यवसाय पनि राम्रै होला ।
बृश्चिक:– समय उत्तम चलेको छ । आफ्नो लगनशिल र दत्तचित्तले गर्दा मनमा आनान्दानुभुति प्राप्ती हुनुका साथै लक्ष्मी प्राप्ती हुने योग बनेको देखिन्छ । आफूले आँटेताकेका कार्यहरु सफल हुने योग बनेको देखिन्छ । ब्यापार ब्यवसायमा राम्रो उन्नति प्रगति हुने देखिन्छ ।
धनु:– राशी अनुसार आजको दिन राम्रो छैन । कुनै नविन कार्य गर्ने बिचारमा हुनुहुन्छ चने सावधानी अपनाउनु होला १२औ चन्द्रमा सदासर्वदा हानिकारक बनेर आउने भएको हुनाले गौरीशंकर भगवानको आराधना गर्नु भयो भने दिन शुभ हुनेछ ।
मकर:– समय र भाग्यले साथ दिएको छ । व्यापार व्यवसाय कृषि उद्योग कलकारखाना पत्रकारिता कलाकारिता लगायतका क्षेत्रबाट शैक्षिक बौद्धिक राजनीतिक क्षेत्रबाट पनि आर्थिक रुपमा सफल हुने योग बनेको देखिन्छ ।
कुम्भ:– दशमे मनइच्छितम भनेको हुनाले दशौं चन्द्रमाले मनका इच्छा आकांक्षाहरु पुरा हुने भएको हुनाले आफूले गरेका कार्यहरु अवश्यमय पुरा हुने योग बनेको छ । कुनै नविन कार्यबाट दिनको शुरुआत गर्ने बिचार गर्नु भएको छ भने कार्य आरम्भ गर्नु सफल भइनेछ ।
मीन:– मनमा सात्विक बिचारको उदय होला आफू भन्दा जेष्ठ र श्रेष्ठ मान्यजन व्यक्तित्वहरुको सत्संगत गर्ने अवसर मिल्नुका सथै ज्ञानगुनका कुराहरु सिक्ने अवसर मिल्नेछ । आर्थिक बौद्धिक र शैक्षिक राजनीतिक क्षेत्रबाट सफल भइनेछ ।
