आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ फागुन महिनाको २० गते शुक्रबार तदनुसार इस्वी सम्बत २०२६ अप्रिल ०३ तारिख । उत्तरायण बसन्त ऋतु प्रतिपदा तिथि ०७:४५ बजे पछि द्वितिया तिथि। चित्रा नक्षत्र १८:३८ पछि स्वाती नक्षत्र। चन्द्रमा तुला राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:५५ सूर्यस्त बेलुका १८:२२ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार आजको दिन उत्तम रहेको छ । आजको दिनमा गरिने कार्यमा सफलता प्राप्ति हुनुका साथै मान सम्मान मिल्ने योग बनेको देखिन्छ । नविन कार्य गर्ने सोचमा हुनुहुन्छ भने कार्य आरम्भ गर्नु सफल हुनेछ ।
बृष:– समय र भाग्यले साथ दिएको छ । आफन्त इष्टमित्र साथीभाइहरुबाट पनि साथ सहयोग रहने योग बनेको देखिन्छ । लामो समय देखि अल्झिएर रहेका कामहरु पुरा हुनेछन् । आर्थिक रुपमा लाभ हुने देखिन्छ ।
मिथुन:– विद्वानजन साधु सज्जन महापुरुषहरुको सत्संगत गर्ने अवसर मिल्नुका साथै ज्ञानगुनका कुराहरु सिक्ने अवसर मिल्ने छ । अध्ययन अध्यापनको क्षत्रमा गुणोत्तर बृद्धि हुने देखिन्छ ।
कर्कट :– राशी अनुसार आजको दिन राम्रो छैन । व्यर्थमा कलह झगडाको कारक बनेर चन्द्रमा आएको हुनाले सावधानी अपनाउनु होला । भगवान गौरीशंकरको आराधना गर्नु दिन उत्तम रहने छ ।
सिंह:– समयको गति अनुसार दिन उत्तम रहेको छ । अचानक धन सम्पत्ति प्राप्ति हुने योग बनेको देखिन्छ । आफूले आँटेताकेका कार्यहरु सफल हुनेछन् ।
कन्या:– आफुले गरेका कार्यमा सफलता मिल्नुका साथै मनमा आनान्दानुभुति प्राप्ति होला । आफ्नो कार्यक्षेत्रमा निरन्तरता दिनाले मान सम्मान प्राप्ति हुने योग बनेको छ ।
तुला :– घरमा लक्ष्मीजीको कृपा हुने योग बनेको देखिन्छ । धनको आगमन र आफूले आटेताकेका कार्यमा सफलता मिल्ने देखिन्छ । ब्यापार व्यवसायमा पनि राम्रो हुनेछ ।
बृश्चिक:– राशी अनुसार १२ औं चन्द्रमा सदासर्वदता हानी नोक्सानीको कारक बनेर आउने भएको हुनाले सावधानी अपनाउनु होला । तद्जन्य निवारणका लागि संकट मोचन हनुमानजीको आराधना गर्नु दिन शुभ रहनेछ ।
धनु:– राशी अनुसार आजको दिन उत्तम रहेको छ । सामाजिक सेवा परोपकार तिर मन रमाउने देखिन्छ । धर्मकर्म तिर्थाटन गर्ने अवसर मिल्नुका साथै आर्थिक लाभ हुने योग बनेको छ ।
मकर:– मनका इच्छा आकांक्षाहरु क्रमश: पुरा हुँदै जानेछन् । मन धार्मिक सामाजिक सेवामा रमाउने देखिन्छ । व्यापार व्यवसायमा पनि उल्लेख्य उन्नती प्रगति हुने योग बनेको छ ।
कुम्भ:– मनमा सात्विक बिचारको उदय हुनुका साथै आफू भन्दा श्रेष्ठ र जेष्ठजनक सँग सत्संगत गर्ने अवसर मिल्नुका साथै व्यापार व्यवासाय कृषि लगायतको क्षेत्रमा उल्लेख्य उन्नती प्रगति होला ।
मीन:– राशी अनुसार आजको दिन राम्रो छैन । ८ औं चन्द्रमा दुख कष्टको कारक बनेर आउने भएको हुनाले तद्जन्य निवारणका लागि माता कालिकाको आराधना गर्नु दिन शुभ रहनेछ ।
