नेकपा (एमाले) बागलुङ नगर कमिटीका अध्यक्ष रामकृष्ण शर्माले पदबाट राजिनामा दिएका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफ्नो नगरपालिकामा पार्टीको पक्षमा कमजोर मत प्राप्त भएपछि अध्यक्षको जिम्मेवारीमा नैतिकता देखाउदै आफ्नो पदबाट राजिनामा दिएका हुन् ।
निर्वाचनमा बागलुङ नगरपालिकाभित्र एमालेले प्राप्त गरेको मतका आधारमा तेस्रो भएको छ । प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले बागलुङ नगरपालिकामा १२१७६ मत प्राप्त गरेर पहिलो भएको छ । नेपाली काँग्रेसले ४४३३ मत प्राप्त गरेर दोस्रो भएको छ भने एमालेले ३९१४ मत प्राप्त गरेर तेस्रो भएको छ ।
शर्माले अब पार्टीलाई पुर्नगठन गरेर अगाडि बढ्नु पर्ने आवश्यक रहेकाले सुरुवात आफूबाट गरेको बताए । ‘पदमा बसेर पार्टी सुध्रन नसक्ने भन्दै जिम्मेबारीबाट अलग भएको हुँ’, शर्माले भने । निर्वाचनमा बागलुङ क्षेत्र नं. १ बाट एमालेले हिराबहादुर केसीलाई उम्मेदवार बनाएको थियो । ढोरपाटनबाट साभार
