आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ फागुन महिनाको १८ गते सोमबार तदनुसार इस्वी सम्बत २०२६ मार्च २ तारिख । दक्षिणायन शिशिर ऋतु चतुर्दशी तिथि १७:४६ बजे पछि पुर्णीमा तिथि। अश्लेषा नक्षत्र ०७:५५ पछि मघा। चन्द्रमा कर्कट राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:३० सूर्यस्त बेलुका १८:०४ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– समय र भाग्यले साथ दिएको छ । आफूले आँटेताकेका कार्यहरुमा सफलता मिल्नेछ । नयाँ कुराहरु सिक्ने अवसर मिल्नुका साथै असल व्यक्तिहरुको सत्संगतले आफ्नो जिवनम नयाँ परिवर्तन भएको महशुष हुने देखिन्छ । व्यापार व्यवसायका दृष्टिकोणले पनि निकै उन्नति प्रगति हुने योग बनेको छ ।
बृष:– राशी अनुसार आजको दिन राम्रो छैन । सावधानी अपनाउनु होला । व्यर्तमा कलह झगडा मुद्दामामला पर्न सक्नेछ । खराब साथीभाइहरुको सत्संगतले गलत मार्गमा लागन् सक्ने सम्भावना देखिन्छ । आर्थिक रुपमा लाभ भन्दा पनि खर्च बढी हुने देखिन्छ । भगवान गौरीशंकरको आराधना गर्नु दिन शुभ रहनेछ ।
मिथुन:– राशी अनुसार चन्द्रमा धन र सम्मपत्तिको कारक बनेर आएको हुनाले गरेका कार्यमा र गरिने कार्यमा पनि सफलता मिल्ने योग बनेको देखिन्छ । व्यापार व्यवसाय कृषि लगायतका क्षेत्रबाट पनि उल्लेख्य उन्नति प्रगति हुने देखिन्छ ।
कर्कट :– समय उत्तम रहेको छ । आफूले गरेका कार्यक्षेत्रमा लगनशिल दत्तचित्त र इमान्दारिता भएर लाग्नाले मनमा सन्तोष एवम् आनान्दानुभुती प्राप्ति होला । व्यापार व्यवसायमा पनि उल्लेखनिय उन्नति प्रगति हुने योग बनेको छ ।
सिंह:– राशी अनुसार आजको दिन उत्तम रहेको छ । श्रीप्राप्तीको योग बनेको हुनाले घरमा लक्ष्मीजीको कृपाले धन सम्पत्ति हुने देखिन्छ । व्यापार व्यवसायमा पनि राम्रै उन्नती प्रगति हुने देखिन्छ । आफूले आँटेताकेका कार्यहरु पनि पुरा हुनेछन् । आर्थिक रुपमा पनि निकै उन्नति प्रगति हुनेछ ।
कन्या:– आजको दिन त्यति राम्रो छैन सावधानी अपनाउनु होला । १२ औ चन्द्रमा सदासर्वददा हानी नोक्सानीको कारक बनेर आउने भएको हुनाले हानी नोक्सनी निवारणका लागि संकट मोचन हनुमान जीको आराधना गर्नु दिन शुभ रहने छ ।
तुला :– समय र भागयले साथ दिएक आजको दिनमा जुन सुकै क्षेत्रबाट पनि उन्नती प्रगति हुने योग बनेको छ । सामाजिक धार्मिक राजनीतिक बौद्धिक शैक्षिक व्यापार व्यवसाय लगायतका क्षेत्रबाट आर्थिक रुपमा निकै फड्को मार्ने देखिन्छ ।
बृश्चिक:– आफ्नो कार्यक्षेत्रबाट मनका इच्छा आकांक्षाहरु पुरा हुने योग बनेको छ । ब्यापार व्यवसाय रोजगार सरकारी जागिर कुने पनि पेशामा आफूलाइ अब्बल सफल हुने देखिन्छ ।
धनु:– राशी अनुसार आजको दिन उत्तम रहेको छ । कुनै धार्मिक क्षेत्र तिर्थाटन गर्ने अवसर मिल्ने छ । मन धार्मिक र सामाजिक सेवामा रमाउने देखिन्छ । साथीभाइ इष्टमित्रहरुको पनि साथ सहयोग रहनेछ । आफ्नो कार्यक्षेत्रबाट पनि उल्लेख्य उन्नती प्रगति हुने देखिन्छ ।
मकर:– राशी अनुसार आजको दिन राम्रो छैन । आठौं चन्द्रमा सदासर्वदा दुख कष्टको कारक बनेर आउने भएको हुनाले सावधानी अपनाउनु होला । कुनै कार्य थालनी गर्ने सोचमा हुनुहुन्छ भने बिचार गरेर मात्रअगाडी बढ्नु होला । बिघ्नहर्तता गणेशजीको आराधनाले दिन शुभ रहनेछ ।
कुम्भ:– आजको दिनमा समय र भाग्यले निकै साथ दिएको छ । आफूले गरेका र गरिने कार्यमा सफलता मिल्ने देखिन्छ । व्यापार व्यवसाय राजनीतिक प्रशासनिक क्षेत्रबाट पनि आर्थिक लाभ हुनुका साथै मान सम्मान प्राप्ति हुने योग बनेको छ ।
मीन:– आजको दिन उत्तम रहेको छ । लामो समयदेखि अल्झीएर रहेका अधुरा कार्यहरु छन् भने आजको दिन ति काम अवश्यमेव पुरा हुनेछ । साथीभाइ इष्टमित्रहरुको पनि साथ सहयोग रहनेछ । ब्यापार व्यवसायमा पनि राम्रो हुने योग बनेको छ ।
