आजको पञ्चाङ्ग
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ३८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५८ मिनेट । दिनमान २८ घडी १९ पला ।
- बिहान ६ बजेर ३८ मिनेटसम्म काल बेला ।
- बिहान ६ बजेर ३९ मिनेटदेखि बिहान ८ बजेर ३ मिनेटसम्म शुभ बेला ।
- बिहान ८ बजेर ४ मिनेटदेखि बिहान ९ बजेर २८ मिनेटसम्म रोग बेला ।
- बिहान ९ बजेर २९ मिनेटदेखि बिहान १० बजेर ५३ मिनेटसम्म उद्वेग बेला ।
- बिहान १० बजेर ५४ मिनेटदेखि बिहान १२ बजेर १८ मिनेटसम्म चर बेला ।
- दिउँसो १२ बजेर १९ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म लाभ बेला ।
- दिउँसो १ बजेर ४४ मिनेटदेखि दिउँसो ३ बजेर ८ मिनेटसम्म अमृत बेला ।
- दिउँसो ३ बजेर ९ मिनेटदेखि बेलुकी ४ बजेर ३३ मिनेटसम्म काल बेला ।
- बेलुकी ४ बजेर ३४ मिनेटदेखि बेलुकी ७ बजेर ३३ मिनेटसम्म लाभ बेला ।
नोट :शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
बिहान ९ बजेर २८ मिनेटदेखि बिहान १० बजेर ५३ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।
ब्रहा मुहूर्त
बिहान ५ बजेर २ मिनेटदेखि बिहान ५ बजेर ५० मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आम्दानी भन्दा खर्च बढ्नाले दैनिकी असहज हुनसक्छ ध्यान दिनुहोला । लगानी बढाए पनि आम्दानी कम नै हुनेछ । माया प्रेममा एक अर्कालाई आशङ्का गर्नाले टाढिनु पर्ने बाध्यता आउनेछ । तर पनि पढाइ लेखाइमा सोचेजस्तो नतिजा ल्याउन सकिनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूका लागी समय राम्रो रहेको छ । राजनीतिमा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पैतृक धन तथा सम्पत्ति को प्रयाग तथा परिचालन मार्फत मनग्गे धन सम्पत्ति जोड्न सकिनेछ । विद्यार्थीहरूका लागी समय राम्रो रहेकोले नतिजा हात पार्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा मन प्रसन्न रहनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कार्यक्षेत्रमा तारिफ योग्य काम गरी लोकप्रियता कमाउन सकिनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । व्यापार तथा उत्पादनमुखी व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बौद्धिक, प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा विशेष रुचि बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार तथा उद्योगमा आज गरिने लगानीबाट आम्दानी गर्न सकिनेछ । दाम्पत्य सुख, प्रेम सम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा अग्रजहरूको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो आम्दानी हुनेछ भने दैनिकी सहज रूपमा व्यातित हुनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथीको सहयोगले अगाडी बढ्न हौसला मिल्नेछ । नसोचेको धन सम्पत्ति प्राप्त हुने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्तसँग रमाइलो यात्रा हुनेछ भने यात्राका क्रममा भरपुर मनोरञ्जन लिन सकिनेछ । एकल तथा साझेदारी व्यापार व्यवसाय फस्टाएर जानेछ । पारिवारिक माहौलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान आकर्षित गर्न सकिनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलाप सहभागी हुने वा हेर्ने अवसर प्राप्त हुनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रतिस्पर्धामा विजयको योग रहेको छ भने तपाईँको कुरा काट्ने तथा ईर्ष्या गर्नेहरू हार खानेछन् । पुराना ऋण तथा रोगहरूलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । व्यापार व्यवसायमा आज गरिने लगानीबाट भविष्यमा नाफा कमाउन सकिनेछ ।
- वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब बढ्नेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरे पनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रतिस्पर्धामा सहभागी हुनु परे पनि प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । पराक्रमी क्रियाकलाप भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । लेखन, कला तथा साहित्यमा रुचि बढ्नेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । दाजुभाइ तथा आफन्तको सहयोगले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवारिक माहौलमा दिन बित्नेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा शङ्का उपशङ्काहरू हट्दै जानेछ । निर्माण सामाग्री तथा खानेकुराको सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आर्थिक पक्ष मजबुत रहनेछ भने आर्थिक वृद्धिका लागी नयाँ अवसरहरू प्राप्त हुनेछन् । विद्यार्थीहरूका लागी आजको समय उत्तम रहेकोले नतिजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा परिवारका साथ रमाइलो यात्रा गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रणय सम्बन्धमा सुधारको सङ्केत देखिनेछ । दैनिक समस्याहरू सुल्झाउँदै बढ्न सकिनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
