आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल फाल्गुन ३ गते । आइतबार । इस्वी सन् २०२६ फेब्रुअरी १५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन कृष्णपक्ष । तिथि–त्रयोदशी, २५ घडी २० पला, बेलुकी ४ बजेर ५२ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–उत्तराषाढा, ३२ घडी ५८ पला, बेलुकी ७ बजेर ५५ मिनेट उप्रान्त श्रवण । योग–व्यातिपात, ५१ घडी ११ पला, रातको ३ बजेर १२ मिनेट उप्रान्त वरियान । करण–वणिज, बेलुकी ४ बजेर ५२ मिनेट उप्रान्त भद्रा, रातको ५ बजेर १७ मिनेट उप्रान्त बव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मकर ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५३ मिनेट । दिनमान २७ घडी ५६ पला ।
- बिहान ६ बजेर ४४ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ६ बजेर ४५ मिनेटदेखि बिहान ८ बजेर ७ मिनेटसम्म चर बेला ।
- बिहान ८ बजेर ८ मिनेटदेखि बिहान ९ बजेर ३१ मिनेटसम्म लाभ बेला ।
- बिहान ९ बजेर ३२ मिनेटदेखि बिहान १० बजेर ५५ मिनेटसम्म अमृत बेला ।
- बिहान १० बजेर ५६ मिनेटदेखि बिहान १२ बजेर १९ मिनेटसम्म काल बेला ।
- दिउँसो १२ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ४२ मिनेटसम्म शुभ बेला ।
- दिउँसो १ बजेर ४३ मिनेटदेखि दिउँसो ३ बजेर ६ मिनेटसम्म रोग बेला ।
- दिउँसो ३ बजेर ७ मिनेटदेखि बेलुकी ४ बजेर ३० मिनेटसम्म उद्वेग बेला ।
- बेलुकी ४ बजेर ३१ मिनेटदेखि बेलुकी ७ बजेर ३० मिनेटसम्म शुभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
बेलुकी ४ बजेर ३० मिनेटदेखि बेलुकी ५ बजेर ५३ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।
ब्रहा मुहूर्त
बिहान ५ बजेर ८ मिनेटदेखि बिहान ५ बजेर ५६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । पारिवारिक माहौलमा मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरू समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जाँगर बढेर आउनेछ । सहयोगीहरूबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । तपाईँको चुम्बकीय ब्यत्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा लगानी वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । तर पनि धार्मिक यात्राको योग रहेको छ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । निर्माण सामाग्री तथा खाद्यान्नको व्यापार फस्टाएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ । लामो दुरीको यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । घुमफिर तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । नजिकैको मन्दिर तथा धार्मिक प्रतिष्ठानको यात्रा हुनेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रियजन भेट हुनुको साथै आतिथ्यपूर्ण सम्मान पाइनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागी यात्राको तय गर्न सकिनेछ । वादविवाद तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । योग,ध्यान तथा धर्ममा मान जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धर्म तथा धार्मिक कार्यमा मन जानेछ । छोटा दुरीको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाँठो सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । राज्यको नजिक भएर काम गर्नेहरूले पद पाउने योग रहेको छ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) चुनौतीका बाबजुद पनि राजनीति तथा समाजसेवामा राम्रा काम गरेर देखाउन सकिनेछ । विशेष तथा गोप्य योजनाहरू केही दिन पछि मात्र सार्वजनिक गर्नुहोला । आफन्त तथा अग्रजसँग सैद्धान्तिक विषयमा राय बाझिनेछ । घर जग्गा तथा सवारी साधनको कारोबार तथा प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा अविश्वास बढ्ने योग रहेको छ । तर पनि धार्मिक सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । छोटो दुरीको धार्मिक यात्रा हुनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) तपाईँले सुरु गरेको काममा आफन्त तथा दाजुभाइहरूको सहयोग तथा समर्थन पाइनेछ । व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यकताहरू पुरा गर्न सकिनेछ । विवादित विषयहरू तपाई आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेको छ भने लामो समयदेखि भेट नभएका मित्रहरू भेटिने हुँदा मन प्रसन्न रहनेछ । बिहानीपख धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खाद्यान्न तथा होटल रेष्टुरेन्टको लगानीबाट मनग्गे आम्दानी हुनेछ । निर्माण सामाग्री, गरगहना तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ भने रमाइलो स्थानको यात्रा गर्ने अवसर जुर्नेछ । मनोरञ्जन तथा पारिवारिक यात्रामा समय खर्च हुनेछ । बिहानीपख धार्मिक यात्राको योग रहेको छ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मिष्ठान्न भोजन, उत्तम वस्त्र तथा उपहार हात लाग्ने योग रहेको छ । व्यापारमा लगानी गरी आम्दानीका स्रोतहरू फेला पर्नेछन् । बोलीको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईँको कामदेखेर सबै जना प्रसन्न हुनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्नी बिच एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । पढाइ लेखाइमा मन नजाँदा अरू भन्दा पछि परिनेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । तर पनि लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ । बिहानीपख मन्दिर तथा धार्मिक प्रतिष्ठान तिरको यात्रा हुनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पैतृक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका इच्छा आकाङ्क्षाहरू पुरा गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । बिहानीपख धार्मिक तथा शैक्षिक यात्राको योग रहेको छ ।
तपाईँको दिन शुभ रहोस् ।
