आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ माघ महिनाको १८ गते आइतबार तदनुसार इस्वी सम्बत १ फेब्रुअरी २०२६ । दक्षिणायन शिशिर ऋतु पूर्णीमा तिथि । तिष्य नक्षत्र । चन्द्रमा कर्कट राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:५३ सूर्यस्त बेलुका १७:४३ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार आजको दिन त्यती राम्रो देखिदैन । चौथो चन्द्रमा कलह मुद्दा मामलाको कारक बनेर आउने भएको हुनाले सावधानी अपनाउनु पर्ने देखिन्छ । तदजन्य निवारणका लागि गौरीशंकर भगवानको आराधना गर्नु दिन शुभ हुनेछ।
बृष:– चन्द्रमा अनुसार आजकोदिन उत्तम रहेको देखिन्छ । कुनै नविन कार्यको थालनी योजना गराउनु भएको छ भने कार्यको थालनी गर्नु । त्यो कार्य अवस्य पुरा हुने देखिन्छ । साथै घरमा धन सम्पत्तिको आगमनले मनमा प्रशन्नता हुनेछ ।
मिथुन:– आफुले गरेका कार्यमा सफलता मिल्नुका साथै मान सम्मान प्राप्ति हुने योग बनेको छ । ब्यापार व्यवसाय कृषि लगायतका क्षेत्रबाट पनि आर्थिक लाभ हुने देखिन्छ ।
कर्कट :– राशी अनुसार घरमा लक्ष्मीजीको कृपाले धन सम्पत्तीको आगमनले मनमा आनन्दानुभूति प्राप्ति होला । आफूले आँटे ताकेका कार्यमा सफलता मिल्नुका साथै आर्थिक लाभ हुने देखिन्छ ।
सिंह:– राशी अनुसार १२ औं चन्द्रमा त्यती राम्रो देखिदैन । आफ्नो ब्यापार व्यवसायमा हानी नोक्सानीको कारक बनेर आउने भएको हुनाले सावधानी अपनाउनु होला । तद्जन्य निवारणका लागि संकटमोचन हनुमान जीको आराधना गर्नु दिन शुभ रहनेछ ।
कन्या:– आजको दिन उत्तम रहेको छ । कुनै पनि कार्यक्षेत्रमा आफू अब्बल सबल बनाउने छ । व्यापार व्यवसाय कृषि लगायतका क्षेत्रमा पनि गुणोत्तर बृद्धि हुने देखिन्छ । साथीभाइ इष्टमित्रहरुबाट पनि साथ सहयोग रहनेछ ।
तुला :– मनका इच्छा आकांक्षाहरु क्रमश पुरा हुँदै जानेछन् । आर्थिक सामाजिक राजनैतिक क्षेत्रबाट पनि आफूले सोचे जस्तो कार्य बन्ने योग बनेको देखिन्छ । मान सम्मान प्राप्ति होला ।
बृश्चिक:– मनमा सात्विक बिचारको उदय हुनुका साथै आफू भन्दा जेष्ठ र श्रेष्ठ व्यक्तित्वहरुबाट ज्ञानगुनका कुराहरु सिक्ने अवसर मिल्नेछ । व्यापार व्यवसायबाट पनि आर्थिक लाभ हुने देखिन्छ ।
धनु:– राशी अनुसार आजको दिन राम्रो छैन । आठौं चन्द्रमा सदासर्वदा अनिष्टकारक बनेर आउने भएको हुनाले सावधानी अपनाउनु होलाल । हिड्दा डुल्दा होसियार हुनुका साथै बिघ्नहर्ता गणेशजीको आराधना गर्नु दिन शुभ रहनेछ ।
मकर:– समयर भाग्यले साथ दिएको छ । आफ्नो कार्यक्षेत्रमा लगनशिलताले गर्दा मान सम्मान प्राप्ती हुने योग बनेको देखिन्छ । ब्यापार व्यवासयबाट पनि उल्लेख्य उन्नति प्रगति हुने छ ।
कुम्भ:– लामो समयदेखि अल्झिएर रहेका कामहरु छन् भने आजको दिनमा ती कार्यहरु अवश्य पुरा हुने देखिन्छ । आफूले आँटेताकेका कार्यहरु सफल हुनुका साथै आर्थिक रुपमा पनि उल्लेख्य उन्नती प्रगति हुने योग बनेको छ ।
मीन:– सात्विक बिचारको उदय हुनुका साथै साधु सज्जन महापुरुषहरुको सात्संगत गर्ने अवसर मिल्नुका साथै ब्यापार व्यवसाय शैक्षिक बौद्धिक राजनीतिक क्षेत्रबाट पनि उत्साहजनक फाइदा हुने योग बनेको छ ।
