आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ माघ महिनाको ०१ गते बिहीबार तदनुसार इस्वी सम्बत १५ जनावरी २०२६ । दक्षिणायन हेमन्त ऋतु द्वादशी तिथि २०:३३ बजे पछि त्रयोदशी तिथि । जेष्ठा नक्षत्र ०६:३० बजे पछि मुल नक्षत्र । चन्द्रमा बृश्चिक राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:५८ सूर्यस्त बेलुका १७:२९ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– समय र भाग्यले निकै साथ दिएको पाइन्छ । कुनै धार्मिक तिर्थस्थलहरुको दर्शन पुजन गर्ने अवसर मिल्नेछ । बौद्धिक शैक्षिक राजनीतिक क्षेत्रबाट पनि उल्लेखनिय प्रगति हुने योग परेको देखिन्छ । साथै आर्थिक लाभ हुनेछ ।
बृष:– राशी अनुसार आजको दिन राम्रो देखिदैन । ब्यापार व्यवसायमा सावधानी अपनाउनु पर्ने देखिन्छ । आठौं चन्द्रमा सदासर्वदा दुख कष्टको कारक बनेर आउने भएको हुनाले तदजन्य निवारणको लागि भगवान गौरीशंकरको आराधनाले दिन शुभ रहनेछ ।
मिथुन:– आफ्नो कार्य क्षेत्रको निरन्तरता र कार्य कुशलताले गर्दा मान सम्मान प्राप्ति हुने योग बनेको देखिन्छ । राजनीतिक प्रशासनिक शैक्षिक क्षेत्रबाट पनि उल्लेख्य उन्नती प्रगति हुने छ । व्यापार व्यवसायमा पनि गुणस्तर बृद्धि हुने देखिन्छ ।
कर्कट :– लामो समयदेखि अल्झिएर रहेका कार्यहरु छन् भने आज दिनमा ति कार्यहरु अवश्यमेव पुरा हुने योग बनेको देखिन्छ । बिद्याक्षेत्रमा पनि राम्रो हुने छ । कुनै मुद्दामामला परेको छ भने पनि आजको दिनमा ति कार्यहरु अवस्य पुरा हुनेछन् । ब्यापार व्यवसायमा पनि राम्रो हुनेछ ।
सिंह:– सात्विक बिचारको उदय हुनुका सथै आफू भने जेष्ठ र श्रेष्ठ व्यक्तिहरुबाट ज्ञानगुनका कुराहरु सिक्ने र बुझ्ने अवसर मिल्ने छ । व्यापार व्यवसायमा पनि राम्रो हुने देखिन्छ ।
कन्या:– राशी अनुसार चौथो चन्द्रमा कलह मुद्दा मामलाको कारक बनेर आउने भएको हुनाले तद्जन्य निवारणका लागि संकट मोचन हनुमान जीको आरधना गर्नु आजको दिन शुभ रहनेछ ।
तुला :– धन सम्पतिको कारक बनेर आएको हुनाले चन्द्रमा घरमा धन सम्पतिको आगमन हुने योग बनेको देखिन्छ । आफूले आँटेताकेका कार्यमा पनि सफलता मिल्नेछ । व्यापार व्यवसायका दृष्टिले पनि राम्रो रहेको छ ।
बृश्चिक:– राशी अनुसार आफूले आँटेताकेका कार्यहरु सफल भएको हुनाले मनमा सन्तोष मिल्नुका साथै आनान्दानुभुति प्राप्ति होला । मनमा रहेका असन्तोष पन पनि हटेर जाने छन् । शैक्षिक क्षेत्रमा पनि गुणोत्तर बृद्धिहुने देखिन्छ ।
धनु:– चन्द्रमा अनुसार श्रीप्राप्ति हुने योग परेको छ । घरमा श्रीलक्ष्मीजीको बास हुने देखिन्छ । ब्यापार व्यवसाय पनि राम्रो हुने देखिन्छ । देश बिदेशमा कुनै पनि कम सफलता मिल्ने छ ।
मकर:– राशी अनुसार १२ औं चन्द्रमा सदा सर्वदा हानी नोक्सानीको कारक बनेर आउने भएको हुनाले आजको दिनमा सावधानी रहनुहोला । हतारमा गरिएको निर्णय पछि पछुताउनु पर्ला । तद्जन्य निबारणको लागि बिघ्नहर्ता गणेशजीको आराधनाले दिन शुभ रहनेछ ।
कुम्भ:– दिन उत्तम रहेको छ । कुनै पनि कार्य गर्दा आजको दिनमा आर्थिक लाभ हुने देखिन्छ । ब्यापार व्यवसाय कृषि लगायतका क्षेत्रबाट पनि राम्रव हुने छ । शैक्षिक धार्मिक सामाजिक क्षेत्रमा मन रमाउनुका साथै हर्षोल्लास बढ्ने देखिन्छ ।
मीन:– राशी अनुसार आजको दि उत्तम रहेको छ । आफले चिताएको कार्य पुरा हुने देखिन्छ । ब्यापार व्यवसायबाट पनि फाइदाजनक लाभ हुने छ । बौद्धिक शैक्षिक राजनीतिक क्षेत्रबाट पनि गुणोत्तर बृद्धि हुने छ । पशुपालन कृषि लगायतका कार्यमा आफूलाइ आर्थिक रुपमा सबल र अब्बल बनाउने छ ।
