आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ पुस महिनाको ३० गते बुधबार तदनुसार इस्वी सम्बत १४ जनावरी २०२६ । दक्षिणायन हेमन्त ऋतु एकादशी तिथि १८:२२ बजे पछि द्वादशी तिथि । अनुराधा नक्षत्र ०३:५६ बजे पछि जेष्ठा नक्षत्र । चन्द्रमा बृश्चिक राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:५८ सूर्यस्त बेलुका १७:२८ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार आजकोदिन राम्रो छैन । आठौं चन्द्रमा सदासर्वदा दुख र कष्टकोकारक बनेर आउने भएकोले सावधानी अपनाउनु पर्ने देखिन्छ । दुख कष्ट निवारणका लागि संकट मोचन हनुमानजीको आराधना गर्दा दिन शुभ रहनेछ ।
बृष:– आफ्नो कार्यक्षेत्र व्यापार व्यवसाय कृषि क्षेत्रमा आबद्ध हुनुहुन्छ भने लगनशिल र दत्तचित्त भइ कार्यकुशलताले जश मिल्ने योग बनेको छ । मान सम्मान प्राप्ति होला आर्थिक पनि निकै उन्नती प्रगति हुने देखिन्छ ।
मिथुन:– समय र भाग्यले साथ दिएकव पाइन्छ । सज्जन महापुरुषहरुको सत्संगत गर्ने अवसर मिल्नुका सथै ज्ञानगुनका कुराहरु सिक्ने र जान्ने अवसर मिल्नेछ । व्यापार व्यवसाय बौद्धिक शैक्षिक र राजनीतिक क्षेत्रमा अब्बल र सफल हुने देखिन्छ ।
कर्कट :– राशी अनुसार आजको दिन उत्तम रहेको छ । आफूले आँटेताकेका कामहरु पनि पुरा हुने देखिन्छ । व्यापार व्यवसायमा पनि राम्रै हुने देखिन्छ । अध्ययन अध्यापनमा पनि राम्रो छ ।
सिंह:– आजको समय राशी अनुसार त्यती राम्रो छैन । चौथो चन्द्रमा सदासर्वता कलह झगडाको कारक बनेर आउने भएको हुनाले सावधानि अपनाउनु होला । गौरीशंकर भगवानको आरधनाले दिन राम्रो हुनेछ ।
कन्या:– समय राम्रो चलेको छ । चन्द्रमा धन सम्पतिको कारक बनेर आउने भएको हुनाले घरमा लक्ष्मीजीको आगमन हुने योग छ । मनमा आनन्दानुभुति प्राप्ति हुनुका साथै हर्षोल्लास बढ्ने देखिन्छ ।
तुला :– ब्यापार व्यवसाय र बौद्धिक शैक्षिक राजनीतिक क्षेत्रमा पनि उल्लेख्य उन्नती प्रगति हुने देखिन्छ । लामो समय देखि रोकिएका कामहरु पनि आजको दिनमा पुरा हुनेछन् ।
बृश्चिक:– श्रीप्राप्तिको योग बनेको देखिन्छ । दिन निकै हर्षोल्लासका साथ बित्नेछ । ब्यापार व्यवसायमा पनि राम्रै उन्नति प्रगति हुने देखिन्छ । बिद्या अध्ययन अध्यापनमा पनि निकै गुणोत्तर बृद्धि हुने देखिन्छ ।
धनु:– राशी अनुसार आजको दिन राम्रो छैन । १२ औ चन्द्रमा सदासर्वदा हानी र नोक्सानीको कारक बनेर आउने भएको हुनाले तद्जन्य निवारणको लागि बिघ्नहर्ता गणेशजीको आराधना गर्नु दिन शुभ रहनेछ ।
मकर:– दिन उत्तम रहेको छ । समय र भाग्यले पनि निकै साथ दिएको पाइन्छ । आफ्ना अधुरा कार्यहरु आजको दिन पुरा हुनेछन् । आफन्त इष्टमिनत्रहरुको पनि साथ सहयोग रहनेछ । व्यापार व्यवासयमा पनि राम्रो हुने योग बनेको छ ।
कुम्भ:– राशी अनुसार दशौं चन्द्रमा मनोइच्छा र आफूले आँटे ताकेका कार्यहरु सफल हुने कारक बनेको हुनाले आजका दिनमा गरेका कार्य र गरिने कार्यहरु सफल हुने योग बनेको छ । व्यापार व्यवासय पनि राम्रो हुने योग बनेको छ ।
मीन:– मन सात्विक विचारको उदय हुनुका साथै धर्मकर्म गर्न तिर मन रमाउने छ । कुने नविन तिर्थस्थल तिर्थाटन गर्ने अवसर मिल्ने देखिन्छ । आँटेताकेका कार्यहरु पनि सफल हुने छन् । व्यापार व्यवसायका क्षेत्रमा पनि राम्रो हुने देखिन्छ ।
