आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ पुस महिनाको २७ गते आइतबार तदनुसार इस्वी सम्बत ११ जनावरी २०२६ । दक्षिणायन हेमन्त ऋतु अष्टमी तिथि १२:३६ बजे पछि नवमी तिथि । चित्रा नक्षत्र २०:३६ बजे पछि स्वाती नक्षत्र । चन्द्रमा कन्या राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:५८ सूर्यस्त बेलुका १७:२६ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– समय र भाग्यले साथ दिएको छ । आफूले आँटेताकेका कार्यहरु पनि सफल हुनेछ । व्यापार व्यवसाय र आफ्नो कार्यक्षेत्रबाट इमान्दार र कार्यकुशलताले गर्दा मान सम्मान प्राप्ति हुने योग परेको छ । आर्थिक रुपमा पनि निकै लाभ हुने देखिन्छ ।
बृष:– लामो समयदेखि रोकिएर रहेका कामहरु छन् भने आजको दिन पुरा हुने योग परेको देखिन्छ । व्यापार र व्यवसाय तथा शैक्षिक बौद्धिक क्षेत्रबाट निकै उन्नति प्रगति हुने योग परेको छ । आफ्नो उन्नती प्रगति हुने योग परेकोछ आफ्ना मनोकांक्षाहरु पुरा हुनेछन् ।
मिथुन:– सात्विक बिचारको उदय हुनुका साथै मन धर्म र कर्मतिर लाग्ने देखिन्छ । आफू भन्दा जेष्ठ र श्रेष्ठ व्यक्तित्वहरुको सत्संगतले गर्दा सकरात्मक बिचार र शक्तिको बिचकोउदय हुनुका साथै आर्थिक रुपमा पनि लाभ हुने देखिन्छ ।
कर्कट :– राशी अनुसार आजको दिन राम्रो छैन । चौथो चन्द्रमा सदासर्वदा कल झगडा मुद्दामामला पर्ने भएको हुनाले सावधानी अपनाउनु पर्दछ । समस्याहरुका निरुपणका लागि बिघ्नहर्ता गणेशजीलाइ आराधना गर्नु दिन शुभ रहनेछ ।
सिंह:– समय उत्तम रहेको छ । आजको दिन गरेका र गरिने काममा सफलता पाइने योग बनेको देखिन्छ । लक्ष्मीजीको कृपाले घरमा धन सम्पत्ति आगमन हुने देखिन्छ । व्यापार व्यवसायबाट पनि राम्रो हुनेछ ।
कन्या:– आफ्नो कार्यक्षेत्रमा इमान्दार र कार्यहरु गर्दा मनमा शान्ति प्राप्त हुनुका साथै आनान्दानुभुति प्राप्ति होला । ब्यापार व्यवसायमा पनि राम्रै हुने योग परेको देखिन्छ ।
तुला :– श्रीप्राप्ति योग परेको छ । घरमा लक्ष्मीजीको कृपाले घरमा धनसम्मतिको आगमन हुने देखिन्छ । व्यापार व्यवसायका दृष्टिकोणले उत्तम रहेको आफूले आँटेताकेका कार्यहरु पनि पुरा हुने देखिन्छ । आर्थिक रुपमा पनि लाभ हुने देखिन्छ ।
बृश्चिक:– राशी अनुसार १२ औ चन्द्रमा सदासर्वदा हानीकारक भएर आउने भएकोले सावधानी अपनाउनु होला । हानी नोक्सानी निवारणका लागि भगवान गौरीशंकरको आराधना गर्नु होला दिन शुभ हुनेछ ।
धनु:– राशी अनुसार आजको दिन उत्तम रहेको छ । आफूले आँटेताकेका कार्यहरु सफल हुने योग बनेको छ । ब्यापार व्यवासय पनि राम्रै हुने योग परेको छ । आर्थिक रुपमा पनि निकै लाभ हुने देखिन्छ ।
मकर:– आफुले गरेका कार्य र गरिने कार्यबाट पनि सफलता प्राप्ति हुने योग बनेको छ । व्यापार व्यवसायबाट पनि निकै उन्नती प्रगति हुने छ । बौद्धिक शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्ने देखिन्छ ।
कुम्भ:– मनमा सात्विक बिचारको उदय हुनुका साथै धर्मकर्म र बौद्धिक रुपमा ज्ञानको विकास हुनेछ । व्यापार व्यवसायको दृष्टिकोणले पनिउत्तम रहेको छ ।
मीन:– राशी अनुसार आठौ चन्द्रमाराम्रो छैन । दुख कष्ट पर्ने देखिन्छ । सावधानी अपनाउनु होला । व्यापार व्यवसायबाट पनि राम्रो छैन । तद्जन्य निवारणको लागि संकट मोचन हनुमान जिको आराधना गर्न दिन शुभ रहनेछ ।
