आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार आज मिति बिक्रम सम्बत २०८२ पौष २२ गते (६ जनवरी २०२६) मंगलवार, माघ कृष्णपक्ष तृतीया तिथि, ११ः३३ बजेपछि चतुर्थी। अश्लेषा नक्षत्र, १६ः०९ बजेपछि मघा। चन्द्रराशि कर्कट, १६ः०९ बजेपछि सिंह । सुर्योदय बिहान ६:५७ सूर्यस्त बेलुका १७:२२ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार चौथो चन्द्रमा सदासर्वदा कलह झगडा मुद्दा मामलाका कारक बनेर आउने भएको हुनाले सावधानी अपनाएर कार्यको थालनी गर्नु पर्ने देखिन्छ । बिचार पुर्याउनु होला । सत्रुहरु बढ्न सक्नेछन् भगवान गौरीशंकरको आराधना गर्नु दिन शुभ रहने छ ।
बृष:– धन र सम्पत्तिको कारक बनेर आएको हुनाले चन्द्रमा घरमा धन सम्पत्तिको आगमन हुनुका साथै केही खुशीका खबरहरु सुन्न पाइनेछ । साथीभाइ इष्टमित्रहरुको पनि साथ सहयोग रहनेछ । व्यापार व्यवसाय कृषि लगायतका क्षेत्रबाट पनि आर्थिक लाभहुने योग बनेको छ ।
मिथुन:– आफूले गरेको कार्यबाट सफलता प्राप्ति हुने भएकोले मनमा सन्तोष एवम् आनान्दानुभूति प्राप्ती होला । बैदेशिक रोजगार सरकारी जागिर कृषि व्यवसाय राजनीति एवम् कुटनीतिक क्षेत्रबाट पनि उल्लेख्य उन्नती प्रगति हुने योग परेको देखिन्छ ।
कर्कट :– आजको दिन उत्तम रहेको छ । घरमा श्रीलक्ष्मीजीको कृपाले धन सम्पत्तिको आगमन हुने योग परेको छ । व्यापार व्यवसाय कलाकारिता पत्रकारिता लगायतका क्षेत्रबाट पनि उल्लेख्य उन्नती प्रगति हुने योग बनेको छ । आर्थिक रुपमा पनि लाभ हुने देखिन्छ ।
सिंह:– राशी अनुसार १२ औ चन्द्रमा सदासर्वदा हानी नोक्सानीको कारक बनेर आउने भएको हुनाले सावधानी अपनाउनु होला । हतारमा कार्य गर्दा हानी नोक्सानी हुन सक्ने छ । हानी निवारणका लागि बिघ्नहर्ता गणेशजीको आराधना गर्नु दिन शुभ रहनेछ ।
कन्या:– राशी अनुसार आजको दिन उत्तम रहेको छ । ब्यापार व्यवसाय नोकरी राजनीति कृषि कार्य होटल व्यवसाय आदि लगायतका क्षेत्रबाट पनि उल्लेखनिय उन्नती प्रगति हुने देखिन्छ । लक्ष्मीजीको कृपाले घरमा धन सम्मती भित्रने योग परेको छ ।
तुला :– मनोवाच्छित फल प्राप्ती हुने योग परेको देखिन्छ । गरेका र गरिने कार्यबाट पनि इच्छा अनुसारको सुमधुर फल प्राप्ति होला । आफूले आँटे ताकेका कार्यहरु पनि सफल होलान् । बौद्धिक शैक्षिक क्षेत्रबाट पनि गुणस्तर बृद्धि हुने योग बनेको छ ।
बृश्चिक:– सात्विक बिचारको उदय हुनुका साथै मन धर्म र कर्म गर्न तिर लाग्ने देखिन्छ । परोपकार सामाजिक सेवामा मन रमाउने छ । व्यापार व्यवसाय रोजगारका क्षेत्रबाट पनि सन्तोष मिल्ने देखिन्छ ।
धनु:– राशी अनुसार आजको दिन राम्रो छैन । आठौं चन्द्रमा सदासर्वदा क्लेश र दुख कष्टको कारक बनेर आउने भएको हुनाले सावधानि अपनाउनु होला । दुख कष्ट निवारणका लागि संकट मोचन हनुमानजीको आराधना गर्नु भयो भने दिन शुभ रहने छ ।
मकर:– आफ्नो कार्यक्षेत्रमा लगनशील दत्तचित्त इमान्दार भइ कार्य गर्नाले मान प्रतिष्ठा राजसम्मान पदोन्नती आदी लगायतका कार्यले आफूलाइ हौसला बढाउने छ । व्यापार व्यवसायबाट पनि राम्रो हुने देखिन्छ ।
कुम्भ:– लामो समय देखि अल्झीएर रहेका कामहरु छन् भने आजको दिनमा ती कार्यहरु अवस्यमेव पुरा हुने छन् । शैक्षिक बौद्धिक राजनीतिक प्रशासनिक क्षेत्रबाट पनि आफूलाइ लाभ हुने देखिन्छ । ब्यापार व्यवसायमा पनि गुणस्तर बृद्धि हुने छ ।
मीन:– सज्जन महापुरुषहरुको सत्संगत गर्ने अवसर मिल्न सक्नेछ । आफू भन्दा जेष्ठ र श्रेष्ठ व्यक्तित्वहरुबाट ज्ञानगुनका कुराहरु सिक्न पाइनेछ । व्यापार व्यवसायबाट पनि आर्थिक रुपमा निकै उन्नती प्रगति हुनेछ ।
