आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार आज मिति बिक्रम सम्बत २०८२ पुस २१ गते तदनुसार इस्बिम सम्बत २०२६ जनवरी ५ तारिख साेमवार, माघ कृष्णपक्ष द्वितीया तिथि, १२ः४६ बजेपछि तृतीया। तिष्य नक्षत्र, १६ः४० बजेपछि अश्लेषा। चन्द्रमा कर्कट राशिमा । सुर्योदय बिहान ६:५७ सूर्यस्त बेलुका १७:२१ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार चौथो चन्द्रमा सदासर्वदा कलह झगडा मुद्दा मामलाका कारक बनेर आउने भएको हुनाले सावधानी अपनाएर कार्यको थालनी गर्नु पर्ने देखिन्छ । बिचार पुर्याउनु होला । सत्रुहरु बढ्न सक्नेछन् भगवान गौरीशंकरको आराधना गर्नु दिन शुभ रहने छ ।
बृष:– धन र सम्पत्तिको कारक बनेर आएको हुनाले चन्द्रमा घरमा धन सम्पत्तिको आगमन हुनुका साथै केही खुशीका खबरहरु सुन्न पाइनेछ । साथीभाइ इष्टमित्रहरुको पनि साथ सहयोग रहनेछ । व्यापार व्यवसाय कृषि लगायतका क्षेत्रबाट पनि आर्थिक लाभहुने योग बनेको छ ।
मिथुन:– आफूले गरेको कार्यबाट सफलता प्राप्ति हुने भएकोले मनमा सन्तोष एवम् आनान्दानुभूति प्राप्ती होला । बैदेशिक रोजगार सरकारी जागिर कृषि व्यवसाय राजनीति एवम् कुटनीतिक क्षेत्रबाट पनि उल्लेख्य उन्नती प्रगति हुने योग परेको देखिन्छ ।
कर्कट :– आजको दिन उत्तम रहेको छ । घरमा श्रीलक्ष्मीजीको कृपाले धन सम्पत्तिको आगमन हुने योग परेको छ । व्यापार व्यवसाय कलाकारिता पत्रकारिता लगायतका क्षेत्रबाट पनि उल्लेख्य उन्नती प्रगति हुने योग बनेको छ । आर्थिक रुपमा पनि लाभ हुने देखिन्छ ।
सिंह:– राशी अनुसार १२ औ चन्द्रमा सदासर्वदा हानी नोक्सानीको कारक बनेर आउने भएको हुनाले सावधानी अपनाउनु होला । हतारमा कार्य गर्दा हानी नोक्सानी हुन सक्ने छ । हानी निवारणका लागि बिघ्नहर्ता गणेशजीको आराधना गर्नु दिन शुभ रहनेछ ।
कन्या:– राशी अनुसार आजको दिन उत्तम रहेको छ । ब्यापार व्यवसाय नोकरी राजनीति कृषि कार्य होटल व्यवसाय आदि लगायतका क्षेत्रबाट पनि उल्लेखनिय उन्नती प्रगति हुने देखिन्छ । लक्ष्मीजीको कृपाले घरमा धन सम्मती भित्रने योग परेको छ ।
तुला :– मनोवाच्छित फल प्राप्ती हुने योग परेको देखिन्छ । गरेका र गरिने कार्यबाट पनि इच्छा अनुसारको सुमधुर फल प्राप्ति होला । आफूले आँटे ताकेका कार्यहरु पनि सफल होलान् । बौद्धिक शैक्षिक क्षेत्रबाट पनि गुणस्तर बृद्धि हुने योग बनेको छ ।
बृश्चिक:– सात्विक बिचारको उदय हुनुका साथै मन धर्म र कर्म गर्न तिर लाग्ने देखिन्छ । परोपकार सामाजिक सेवामा मन रमाउने छ । व्यापार व्यवसाय रोजगारका क्षेत्रबाट पनि सन्तोष मिल्ने देखिन्छ ।
धनु:– राशी अनुसार आजको दिन राम्रो छैन । आठौं चन्द्रमा सदासर्वदा क्लेश र दुख कष्टको कारक बनेर आउने भएको हुनाले सावधानि अपनाउनु होला । दुख कष्ट निवारणका लागि संकट मोचन हनुमानजीको आराधना गर्नु भयो भने दिन शुभ रहने छ ।
मकर:– आफ्नो कार्यक्षेत्रमा लगनशील दत्तचित्त इमान्दार भइ कार्य गर्नाले मान प्रतिष्ठा राजसम्मान पदोन्नती आदी लगायतका कार्यले आफूलाइ हौसला बढाउने छ । व्यापार व्यवसायबाट पनि राम्रो हुने देखिन्छ ।
कुम्भ:– लामो समय देखि अल्झीएर रहेका कामहरु छन् भने आजको दिनमा ती कार्यहरु अवस्यमेव पुरा हुने छन् । शैक्षिक बौद्धिक राजनीतिक प्रशासनिक क्षेत्रबाट पनि आफूलाइ लाभ हुने देखिन्छ । ब्यापार व्यवसायमा पनि गुणस्तर बृद्धि हुने छ ।
मीन:– सज्जन महापुरुषहरुको सत्संगत गर्ने अवसर मिल्न सक्नेछ । आफू भन्दा जेष्ठ र श्रेष्ठ व्यक्तित्वहरुबाट ज्ञानगुनका कुराहरु सिक्न पाइनेछ । व्यापार व्यवसायबाट पनि आर्थिक रुपमा निकै उन्नती प्रगति हुनेछ ।
